Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: गृह मन्त्रालयले चाडपर्वको बेला बिदा नबस्न देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र जिल्लाका सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको छ। अत्यावश्यक काम र गृह मन्त्रालयको अनुमतिबिना चाडपर्वमा बिदा नबस्न गृहले ७७ वटै जिल्लाका सिडिओ, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरुलाई परिपत्र गरेको हो। गृह मन्त्रालयको यो निर्देशनसँगै अब प्रजिअसहित सुरक्षा प्रमुखहरुले दसैँतिहार जस्ता चाडपर्वमा जिल्ला छोडेर बाहिर जान नपाउने भएका छन्। यसैगरी चाडपर्वको समयमा कुनै समस्या परे सर्वसाधारणलाई २४ सै घन्टा ठाडो निवेदन दर्ता र गुनासो गर्न मिल्ने व्यवस्था मिलाउन पनि गृहले प्रजिअहरुलाई निर्देशन दिएको छ। त्यसैगरी जिल्लाको अवस्था अनुसार पर्व सुरक्षा योजना बनाएर लागू गर्न पनि निर्देशन गरिएको गृह…

Read More

काठमाडौँ: सरकारले फलामे छडमा लाग्दै आएको अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन संघले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट भएसँगै मूल्य घट्ने जनाएको हो । संघले आज एक विज्ञप्ति जारी गर्दै संघमा आवद्ध उद्योगलाई प्रतिकिलो रु चार मूल्य घटाउन निर्देशन दिएको हो । बजेटमा नै भन्सारसँगै अन्तशुल्कमा छुट भएपछि सरकारलाई बुझाउनुपर्ने राजस्व रकम उपभोक्तालाई छुट दिने तयारी भएको संघका अध्यक्ष साहिल अग्रवालले जानकारी दिए । ‘नेपाल सरकारले २५ भदौ २०७८ मा ल्याएको बजेटबाट स्पंज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तशुल्क नलाग्ने व्यवस्थाको यस संघ स्वागत गर्दछ । सो…

Read More

काठमाडौँ: फ्रेन्च लिग वान फुटबल पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सिजनको पहिलो हार व्यहोरेको छ । पहिलो रोजाइका स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पेलाई सुरुवाती रोजाइमा उतारेको पीएसजी रेनससँग पराजित भएको हो । तीन ठूला स्टारबीचको तालमेल अभावमा पीएसजीले हारेको हो । आइतबार भएको खेलमा पीएसजी रेनससँग २-० गोलले पराजित भएको हो । रेनसको जितमा गेटन लाबोर्डे र फ्लाभिन टइटले एक एक गोल गरे । जितसँगै रेनसले ९ खेलमा १२ अंक जोडेको छ । रेनस आठौं स्थानमा रहेको छ । पीएसजी हारका बाजुद शीर्ष स्थानमा छ ।

Read More

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले आफ्नो विद्युतीय संरचना प्रयोग गरेका, तर त्यसबापत भाडा नबुझाएका सेवा प्रदायकको तार काटे पनि फेरि जोडिसकेको जानकारी दिएको छ । प्राधिकरणले भाडा नबुझाएका इन्टरनेट, टेलिफोन र केवल टेलिभिजन सेवा प्रदायकको तार काट्न थालेको थियो । उल्लेखित सेवा प्रदायकहरूले सरकारी समितिको सिफारिस अनुसार नै लागू गरिएको भाडा तिर्न पनि आनाकानी गरेको र अनावश्यक टीकाटिप्पणी गरेको भन्दै प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही सेवा प्रदायकले नियमअनुसार सम्झौता नै नगरी विद्युतीय संरचना प्रयोग गरिरहेको, माग भएबमोजिम जीपीएस कोअर्डिनेट नक्सा तथा दूरी खुल्ने कागजात पेश गरी नवीकरण नगरेको, परिमार्जित भाडादर भुक्तानी गर्न आनाकानी गरेको पाइएपछि पटक–पटक सार्वजनिक सूचनामार्फत…

Read More

काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम व्याजदर घटाउन लघुवित्त संस्थाहरुलाई आग्रह गर्नुभएको छ । लघु वित्त संस्थाहरुले १० देखि १५ प्रतिशतसम्म व्याजदरमा ऋण लगानी गर्दै आएका छन् । आइतवार माइक्रो फाइनान्स एशोशियशन अफ नेपालको मागपत्र बुझ्दै मन्त्री शर्माले गाँउ गाँउसम्म पहुँच रहेका लघु वित्त संस्थाहरुले व्याजदर नघटाएसम्म गरिब जनताको जीवनस्तरमा परिवर्तन नआउने धारणा राख्नुभयो । लघु वित्त संस्थाहरुले तय गरेको व्याजदर घटाउनको लागि सरकारको तर्फबाट गर्नुपर्ने सहयोगको लागि आफू तयार रहेको जानकारी गराउदै मन्त्री शर्माले यसको लागि कार्ययोजना प्रस्ताव बनाएर ल्याउन लघु वित्त संघका प्रतिनिहरुलाई आग्रह गर्नुभयो । प्रतिनिधिमण्डलले बाणिज्य बैंकहरुबाट ऋण लिएर लघुवित्त संचालन हुने गरेकोले त्यसमा…

Read More

काठमाडौँ: नेकपा एमालेले पार्टीका पदमा ७० वर्षको उमेर हद कायम गरेको छ । महाधिवेशनमा ७० वर्ष उमेर पूरा नभएको व्यक्ति उम्मेदवार हुन पाउनेछ र एक कार्यकाल पूरा गर्न पाउनेछ । यसअनुसार ७० वर्ष पूरा हुनुअघि निर्वाचित भएको पदाधिकारी करिब ७५ वर्षसम्म पदीय जिम्मेवारीमा रहनेछ । ७० वर्ष पूरा भएको व्यक्ति भने कुनै पनि तहमा कुनै पनि पदमा उम्मेदवार हुन पाउने छैन । अध्यक्ष केपी शर्मा ओली आगामी मंसिरमा हुने भनिएको राष्ट्रिय महाधिवेशनमा अर्को एक कार्यकालका लागि उम्मेदवार हुन पाउनेछन् । केन्द्रीय कमिटी २२५ सदस्यीय हुनेछ । अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष सहित ५ जना उपाध्यक्ष, एक जना महासचिव, उपमहासचिव एक…

Read More

काठमाडौँ: नेकपा एमालेले आफ्नाे आधिकारिक लाेगाे फेरेकाे छ । ललितपुरकाे गाेदावरीमा जारी प्रथम विधान महाधिवेशनले नयाँ लाेगाे पारित गरेकाे हाे । उपमहासचिव विष्णुप्रसाद पाैडेलले विधान संसाेधन प्रस्तावमाथि जवाफ दिने क्रममा एमालेकाे नयाँ लाेगाे प्रस्ताव गरेका हुन् । एमालेकाे अवकाे लाेगाे सूर्यभित्र राताे पृष्ठभूमिमा सुनाैलाे हँसिया हथौडा रहनेछ । महाधिवेशनका प्रतिनिधिहरूले साे लाेगाे ताली बजाएर पारित गरेका छन् ।

Read More

काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आज नेप्से परिसूचक ५५.९३ अङ्कले घटेर दुई हजार ५७७.४९ मा ओर्लिएको छ । नेप्से ओरालो लागेसँगै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ११.०७ अङ्कले घटेर ४८५.९८ मा झरेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम समेत घटेको छ । कूल २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर रु चार अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ मूल्यमा कारोबार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको…

Read More

काठमाडौँ: नेकपा एमालेले केन्द्रीय कमिटीबाहेक मातहतका अन्य कमिटीमा रहने सदस्यहरूको मापदण्ड तोकेको छ । पार्टी कमिटीहरु ठूला र भद्दा भएकाले संगठन व्यवस्थापनमा समस्या हुने भएकाले विधान महाधिवेशनबाट सदस्यको मापदण्ड तोकिएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिए । पौडेलले विधान महाधिवेशनको अन्तिम दिन परिमार्जित प्रस्ताव पेश गर्दै सबै कमिटीको आधार संख्या ५० हुने बताए । ‘प्रदेश कमिटीमा ५० सदस्य आधार रहने र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका आधारमा एक क्षेत्र बराबर ५ जनाको दरले थपिन्छ’, पौडेलले जानकारी दिए । उदाहरणका लागि उनले कर्णाली प्रदेशमा आधार संख्या ५० हुने र १२ निर्वाचन क्षेत्रबाट पाँच–पाँच जनालाई थपेर ११० जनाको कमिटी बन्नेछ । जिल्ला कमिटीमा पनि…

Read More

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५१ प्रतिशत नेपाली एमालेको पक्षमा पुर्‍याउने बताएका छन् । आइतबार विधान महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई कमजोर पार्न खोजिए पनि एमालेप्रतिको आकर्षण बढेको बढ्यै रहेकाले अव ५१ प्रतिशत नेपाली एमालेको पक्षमा पुर्‍याउन प्रयास गर्न निर्देशन दिए । ‘झन् भ्रममा पार्न खोज्छन् एमालेमा ओइरो लाग्छ । कम्तीमा ५१ प्रतिशत नेपाली एमालेको पक्षमा पार्न सम्भव छ’, अध्यक्ष ओलीको भनाइ छ । उनले माधव नेपालप्रति लक्षित गर्दै यो पार्टी काम लाग्दैन भनेर केही मान्छेले निर्वाचन आयोगमा गएर दर्ता गरिखेलेको बताए । उनले एमालेलाई कमजोर बनाउन खोजे पनि त्यो सम्भव नहुने बताए । निर्वाचनमा…

Read More