Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले पदबाट राजीनामा दिएका छन् । शंकर पोखरेल नेतृत्वको सरकारमा पार्टी नीति विपरित गएका मन्त्री पाण्डेयले मंगलबार राजीनामा दिएका हुन् । गत वैशाख ६ गते जसपाबाट मन्त्री बनेका पाण्डेयलगायत तीन जनालाई पार्टीले कारवाही गर्दै सांसद पदबाट हटाएको थियो । त्यसका विरुद्ध तिनै जना अदालत गएपनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । अदालतको निर्णयसँगै पाण्डेयले नैतिक कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । अदालतबाट अन्तरिम आदेश नआएपछि आज आफूले नैतिकताको आधार राजीनामा दिएको पाण्डेले रातोपाटीलाई बताए । जसपाको तर्फबाट मन्त्री बनेका अन्य दुई जना विजय बहादुर यादव र कल्पना…
काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कमब्याक भएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । एक मन्त्रीका अनुसार ऊर्जा मन्त्रालयले घिसिङलाई फोन गरेर उनको नियुक्तिबारे जानकारी दिइसकेको छ । वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको ती मन्त्रीले रातोपाटीलाई जानकारी दिए । आयोगमा विशिष्ट श्रेणी पद सिर्जना गरेर शाक्यलाई सरुवा गरिएको हो । शाक्यले अहिले खाइपाइ आएको सुविधा नघट्ने गरी आयोगमा लगिने भएको छ । शाक्यले पनि यसअघि आफूलाई अन्याय नहुने गरी अन्य जिम्मेवारी दिए जाने बताएका थिए ।
काठमाडौँ: पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकार चलाउन सफल नभए पनि विपक्षी नेताका रुपमा चाहिँ निकै शक्तिशाली पात्र हुन् भन्ने मंगलबार प्रतिनिधिसभामा उनको सवा घण्टा लामो भाषणले फेरि एकचोटि पुष्टि गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि उभिएर एमाले अध्यक्ष ओलीले आफू कमजोर प्रतिपक्ष होइन भन्ने सावित गराएका छन् । देउवा सरकारको आयु १५ महिना मात्रै रहेको बताउँदै ओलीले त्यसपछि फेरि चुनाव आउने चेतावनी दिए । विपक्षी दलका नेताको हैसियतमा संसदमा मन्तव्य दिन उभिएका ओलीले सत्तारुढ गठबन्धनले अघि सारेको साझा न्यूनतम कार्यक्रमको बुँदा–बुँदा केलाएर धज्जी उडाए । एमाले अध्यक्ष ओलीले अमेरिकी सहयोग एमसीसी पारित गरेर देखाउन देउवालाई चुनौती दिए । लाल…
काठमाडौँ: नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरूलाई चुनौती दिएर अघि बढ्ने बताएका छन् । सामुदायिक विद्यालयबाट पढेर एमबीबीएस प्रवेश परीक्षामा प्रथम भएका आशिक झालाई सम्मान गर्न अनेरास्ववियुले मंगलबार आयोजना गरेको कार्यक्रममा नेता नेपालले शिर निहुर्याउने काम आफूबाट नहुने बताए । पार्टीभित्रको विवादको समयमा नेता नेपालको यस्तो अभिव्यक्ति आएको हो । उनले कर्णाली प्रदेश सभाका सदस्यहरूको पद खारेज भएमा उपनिर्वाचनमा जिताएर ल्याउने पनि प्रतिबद्धता व्यक्त गरे । ‘हामी अगाडि बढ्छौं, दृढताका साथ अघि बढ्छौं । शिर निहुराउने छैनौं । कसैको टाङमुनी छिर्ने छैनौं । अँध्यारो सुरुङमा जानेवाला छेनौं,’ उनले भने, ‘दम्भी, अहंकारी र…
काठमाडौँ: सरकारले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा तत्काल चार वटा यान्त्रिक पुल निर्माण गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार अपरान्ह सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रको जनजीवनलाई सहज बनाउने गरी बाढी ग्रस्त मेलम्ची क्षेत्रमा तत्काल ४ वटा यान्त्रिक पुल निर्माण गर्ने निर्णय गरेको हो । त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने जिम्मेवारी प्राधिकरणलाई दिइएको छ भने सो पुलको निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई दिइएको प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले जानकारी दिए । उनले भने, ‘हजारौ हजार बिस्तापित मेलम्ची क्षेत्रको जनताको जनजीवनलाई सहज बनाउनका लागि चार वटा यान्त्रिक पुल तत्काल निर्माण…
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नँया अन्तराष्ट्रिय भवनतर्फको नयाँ पार्किङ एरियाबाट प्रहरीले तीन थान सुनको बालासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं कुमारीगाल बौद्ध बस्ने रामेछाप घर भएका २५ वर्षीय सन्तोष बस्नेत रहेका छन्। अवैध रुपमा संकलन गरी लैजान लागेको करिब १ सय ५० ग्राम बराबरको ३ थान सुनको बालासहित मंगलबार बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जजिरा एयरको उडानद्वारा साउदीबाट नेपाल आएका बस्नेतले विभिन्न यात्रीहरुलाई भन्सार छली गरी ल्याउन लगाई अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा उनलाई उक्त धातुसहित प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौँ: कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई भदौ ८ गतेसम्म थप भएको छ । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले १० दिन निषेधाज्ञा थप गर्दै केही प्राबधानहरुमा कडाइ गर्ने निर्णय गरेको छ । निषेध गरिएका गतिविधिहरु सबै प्रकारकार सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार नाचघर, क्लब लगायत धेरै मानिस भिडभाड हुने क्षेत्र खोल्न नपाइने । खुला स्थानमा मानिसहरु भेला भई भिडभाड गर्न,जुलुस, जात्रा महत्सव भोज भतेर लगायतका क्रियाकलाप गर्न नपाइने । पुजारीबाट हुने नृत्य पूजा बाहेकका अन्या धार्मिक तथा साँस्कृतिक गतिविकिहरु सञ्चालन गर्न नपाउने । शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गराउन…
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ सम्बन्धी लिखतलाई ‘सडकमा वितरण गरेको कागज’ भन्दै उपहासपूर्ण टिप्पणी गरेका छन् । सरकारमा संलग्न दलका नेताहरूले यही साउन २४ गते आइतबार ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेका थिए । ओलीले यस्तो कार्यक्रम संसदमा प्रस्तुत हुनुपर्नेमा बाहिर भएको भन्दै ‘सडकमा भेटिएको’ भन्ने टिप्पणी गरेका हुन् । उनले संसद छलेर न्यूनतम साझा कार्यक्रम नामको एउटा ‘कागज’ प्रस्तुत भएको गरेको आरोप लगाए । ओलीले गठबन्धनका नेताहरूको फोटो देखाउन संसद छलेको भन्दै कटाक्ष गरे । साझा कार्यक्रम भनिएकोमा पनि आलोचना गर्दै उनले ‘साझा’ भन्नुको औचित्यमाथि प्रश्न उठाए ।…
काठमाडौँ: सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका हुन् । वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरु के कस्तो अवस्थामा रहेका छन भन्ने विषयमा तथ्याङ्कीय झलक प्रस्तुत गरिएको छ । अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी दिए । “सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड–१९ महामारीको कारण सिर्जित चुनौती समेतको सम्बोधन हुने गरी सुधार गर्न छिट्टै नै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नेछु ।” उनले भने । कोभिड १९ महामारी…
काठमाडौं: काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञालाई थप कडाई बनाइएको छ । मंगलबार बसेको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञालाई कडाई गर्दै साँझ ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । आजको तीन जिल्लाका सीडीओको संयुक्त बैठकले निषेधाज्ञालाई थप कडाई गर्दै उक्त निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । यस्तै उपत्यकामा १५ दिन निषेधाज्ञा थप गरिएको छ । थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहनेछ । यसअघि घोषित निषेधाज्ञाको…
