Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाली बजारमा आज सुनको मूल्य ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौँ: मिटर व्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाले संशोधन सहित पारित गरेको विधेयक टेबल भएको थियो । प्रतिनिधि सभाले संसाधनसहित पारित गरी राष्ट्रिय सभामा पठाएको सो विधेयक पुन पारित गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सभामा प्रस्तुत गरेका थिए । त्यसअघि सभाले प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार गरेको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयकमाथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो । विधेयक…
काठमाडौं: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीयबासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि ५ वटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्ने भएको छ ।औद्योगिक विस्तारको प्रचुर सम्भावना रहेको परासी क्षेत्रमा बुटवल, सुनवल, गण्डक तथा हकुई १३२ केभी र नयाँ बुटवल २२० केभी सबस्टेसन जोडी विद्युत् आपूर्तिका लागि प्रसारण लाइनको रिङ बनाइने छ ।नेपाल विद्युत प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता बृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल–हकुई १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढाएको छ ।…
काठमाडौँ: प्रतिनिधिसभाबाट पारित मिटरब्याजीलाई कारबाही गर्न कानुनी व्यवस्था गरिएको विधेयक आज (बिहीबार) राष्ट्रियसभामा टेबुल गरिने भएको छ। प्रतिनिधिसभाबाट सर्वसम्मत पारित ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ आज राष्ट्रियसभा टेबुल गरिने भएको हो। त्यसका लागि आज बिहान ११ बजेर १ मिनेटमा राष्ट्रियसभाको बैठक सुरु हुने संसद् सचिवालयले जनाएको छ।
काठमाडौं: एक क्विन्टल सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । बुधबार विभागको टोलीले काठमाडौं महानगरपालिका-१६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मारेको हो । गोदामबाट ठूलो परिमाणमा ‘ब्रेक शु’ बरामद भएको छ । ती वस्तुमा सुन छ कि छैन भन्ने यकिन भइसकेको छैन । ‘२ साउन अघि विभिन्न मितिमा उक्त कम्पनीले आयात गरेको ठूलो परिमाणको ‘ब्रेक शु’ बरामद भएको छ,’ विभाग स्रोतले भन्यो ।
काठमाडौँ: चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा अर्थमन्त्री डा. प्रकाशशरण महत साउनको सुरुदेखि नै आक्रामक देखिनुभएको छ। देशका विभिन्न भन्सार र राजश्व कार्यालयको अवस्था बुझेर फर्किनुभएका अर्थमन्त्री महतले साउन १५ देखि नै समयसीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिनका लागि सबै मन्त्रालयका सचिवलाई अर्थ मन्त्रालयमा सामूहिक छलफल गर्नुभएको छ । छलफलमा मन्त्री डा. महतले डिपिआर भइसकेका आयोजनाको मात्रै ठेक्का प्रकृयामा जाने गरी काम गर्न मन्त्री डा. महतले सचिवलाई निर्देशन दिनुभयो । उहाँले डिपिआरको मात्र बजेट माग्ने अथवा प्राथमिकताको आयोजना हो भने डिपिआर गरेर कार्तिकसम्म ठेक्का लगाउन सकिन्छ भने मात्र आयोजना अगाडि बढाउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘कार्तिकभित्र ठेक्का लगाउनैपर्छ ।’ ‘कतिपय…
काठमाडौँ: राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीसहित पाँच जनालाई नियमविपरीत १२ जना कर्मचारी भर्ना गरेको भन्दै कारबाही गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । गत साता सतर्कता केन्द्रले मन्त्रालयलाई पत्र पठाउँदै कार्यकारी अध्यक्ष सुवेदीसहित नियुक्ति दिने प्रक्रियामा संलग्न कर्मचारी प्रशासन शाखाका वरिष्ठ सहायक रुपचन्द्र भट्ट, वरिष्ठ प्रशासन अधिकृत विमला खड्का, शाखा प्रमुख विक्रमबाबु राई र प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाललाई प्रचलित नियमअनुसार कारबाही गर्न निर्देशन दिएको हो । कार्यकारी अध्यक्ष सुवेदीसहितले आफ्नो कार्यकालमा गोरखापत्र संस्थानका विभिन्न पदमा १२ जना कर्मचारीलाई संस्थानको विनियमावली विपरीत टिप्पणी आदेशको भरमा नियुक्त गरेको पाइएको केन्द्रले पठाएको पत्रमा उल्लेख…
काठमाडौँ: मुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि आगामी साउन १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले एमालेले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेपछि बैठक स्थगित गरेका हुन् । एमालेले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीबारे अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गरेको हो ।
काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । सुन तस्करी प्रकरणमा सरकारकै संरक्षणमा भएको भन्दै त्यसका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै एमालेका सांसदहरुले वेल घेराउ गरेका हुन् । ‘पछिल्ले २-३ महिनाको अवधिमा २२ क्विन्टलभन्दा बढी सुन गृहमन्त्री, अर्थमन्त्रीको संरक्षण र सेटिङमा भित्रिएको छ । यो सामान्य विषय होइन,’ एमालेका प्रमुख सचेतक पदम गिरीले भने, ‘पछिल्लो समयमा भेटिएको सुन सेटिङ बिग्रँदा पक्राउ परेको हो । ‘ उनले ३३ पटक सुन भन्सार हुँदै भित्र्याइएको बताए । ‘मन्त्रीदेखि को-को संलग्न छन् त्यसमा छानबिन हुनुपर्छ,’ उनले भने । गिरीको…
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक र बस ठक्कर खाँदा ११ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजेतिर भरतपुर महानगरपालिका-२९ चौधकिलो पुल नजिकै नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आँउदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक ठोक्किएका हुन् । घाइतेहरुलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । घाइते सबैको अवस्था सामान्य रहेको पण्डितले बताए । बस चालकको खुट्टा च्यापिएको निकाल्न केही समस्या भएको पण्डितले जानकारी दिए । ठोक्किएका दुवै सवारी साधानलाई क्रेनको सहायताले सडक छेउमा राखेर सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
