Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानीबारे अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल (सफल)ले मंगलबार काठमाडौँ प्रहरी प्रमुख (एसएसपी) दान बहादुर कार्कीलाई भेटेर उजुरी दिएका हुन् । खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै लामिछानेलाई राहदानी ऐन अनुसार कारबाही गर्न पौडेलले माग गरेका छन् । तर, प्रहरीले उनको जाहेरी दर्ता गरेको छैन । नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएको हुनाले जाहेरी दर्ता नगरिएको काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताए । पौडेलले अध्यागमन विभागमा पनि उजुरी दिएका छन् । लामिछानेले २०७० साल (सन् २०१४)मा अमेरिकी नागरिकता लिएपछि उनको नागरिकता…

Read More

काठमाडौं: नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गर्दै समाजवादी पार्टीले २० बुँदे ज्ञापनपत्र बुझाएको हो । प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी समस्यामा परेको बताएका छन् । आर्थिक समस्याले बाँच्न धौधौ हुँदा दैनिक आत्महत्या बढेको ठहर समाजवादी पार्टीको छ । ‘देशको आर्थिक संकट समाधानका लागि आवश्यक व्यवस्था गरोस्’, अध्यक्ष नेपालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा लेखिएको छ । आर्थिक संकट समाधानका लागि प्रधानमन्त्री प्रचण्डलाई विभिन्न २० बुँदामा…

Read More

काठमाडौँ: राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र महतलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । नियुक्त हुनेमा ज्ञवाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पूर्व सीईओ हुन् भने शाक्य पूर्व राजदूत हुन् । बैठकले परराष्ट्र मन्त्रालय अन्तरगत नेपाल–बहराइन परामर्श संयन्त्रसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यसैगरी ऊर्जा मन्त्रालय अन्तरगत अमरपुर ढुंडगेसाँगु आयोजनाका बनाउन जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाउने, श्रीलंकाको राष्ट्रिय स्वतन्त्रता दिवसमा परराष्ट्र मन्त्री जाने लगायतका निर्णय पनि भएको शर्माले जानकारी दिइन् ।

Read More

काठमाडौँ: अर्थ मन्त्रालयले तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयमा आज बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै २०८० साल वैशाख १६ भित्रमा लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन् । राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३-७४ देखि लेखा परीक्षण हुन बाँकी छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले लेखा परीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिएका छन् । बैठकमा अर्थ मन्त्रालय राजस्व सचिव डा रामप्रसाद घिमिरे, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घले गहुँको आयात खुलाउन र स्टार्टअप कार्यविधि स्वीकृत गर्न माग गरेको छ । महासङ्घको प्रतिनिधिमण्डलले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटी सो माग राखेको हो । महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र उद्योगमन्त्रीबीच भएको भेटवार्तामा उद्योग व्यवसाय प्रवद्र्धनका लागि सहजीकरण, अस्थिर ब्याजदरमा नियन्त्रण, भारतले रोकेको गहुँको आयात खुलाउनुपर्ने र स्टार्टअप कार्यविधि स्वीकृत गर्नका लागि सरकार पहल गर्नुपर्ने लगायतका विषयमा छलफल भएको थियो । अस्थिर ब्याजदरका कारण साना व्यवसायी पीडामा परेकाले यसको समाधानका लागि पहल गर्न उद्योगमन्त्रीमार्फत सरकारलाई आग्रह गरिएको भेटवार्तापछि महासङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘इन्धनको मूल्य समायोजन हुन…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद दिवसका अवसरमा आज लैनचौरस्थित शहीद स्मारकमा पुगेर सम्मान अर्पण गर्नुभएको छ । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइदैछ । सोही क्रममा प्रधानमन्त्री दाहालले स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान प्रकट गर्नुभयो । शहीद दिवसका अवसरमा शान्ति वाटिकादेखि लैनचौरसम्म प्रभातफेरीको आयोजना गरिएको थियो । त्यस अवसरमा प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदको त्याग र बलिदानबाटै सम्भव रहेको बताउनुभएको थियो । यस्तै, प्रधानमन्त्रीले आजै गोकर्णस्थित जगडोलमा निर्माण गरिएको शहीदपार्कको उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

Read More

बाँके: बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको आज विहान मृत्यु भएको छ । घटनामा श्रीमती ३० वर्षीया गंगा विक गम्भीर घाइते भएकी छन् । आइतबार साँझ कोहलपुर-१ शान्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त विकले घरायसी झगडामा श्रीमती र २ वर्षे छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए । बुवाले लगाएको आगोले जलेर प्रिन्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । जलेर गम्भीर घाइते भएका दुई वर्षीय बच्चा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । गंगा विकको घाँटी र ढाड जलेको छ । उनको नेपालगन्जस्थित भेरी…

Read More

काठमाडौँ: प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा…

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा पुन: रवि लामिछाने चुनिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनस् प्राप्ति गरेसँगै लामिछानेलाई आइतबार पार्टीको केन्द्रीय समिति बैठकले सभापति चयन गरेको हो । लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनस् प्राप्त नगरेको कारण सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि पार्टी सभापतिबाट हट्नु परेको थियो ।

Read More

काठमाडौँ: अर्थ मन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुमगन मूल्यांकन सुचक उल्लेख छ । नीति तथा कार्यक्रमलाई कार्यान्वयनका लागि राजस्व संकलनमा प्रभावकारिता ल्याउने, राजस्व प्रणालीलाई थप प्रगतिशिल बनाउने, राजस्वको दरहरु हेरफेर गर्दा व्यवसायिक तटस्थता कायम गर्ने, राजस्व चुहावटलाई नियन्त्रण गर्ने उल्लेख छ । यस्तै देशको आर्थिक वृद्धि र आर्थिक स्थायित्व कायम हुने गरी वित्त नीति र मौद्रिक नीति तर्जुमा गर्ने, खर्च कटौती सम्बन्धी आवश्यक निर्णय गर्ने, अत्यावशक बाहेकका संरचना निर्माणका लागि संगठन र व्यवस्थापन सर्वेक्षणमा सहमति प्रदान गर्ने उल्लेख छ । अधुरा…

Read More