Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको छ । यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरुपमा नियमित हुन केही समय लाग्ने विभागका निर्देशक दुरपदा सापकोटाले जानकारी दिनुभयो । अर्को सूचना जारी नहुँदासम्म आजदेखि राहदानी लिन नआउन विभागले आग्रह गरेको छ । राहदानी सेवा अवरुद्ध भएपछि विभागले सेवाग्राहीसँग क्षमा मागेको छ । नियमित रुपमा रहदानी आवेदनका लागि ‘एपोइन्टमेन्ट’ मिति बुक गरेका सेवाग्राहीले तोकिएको मितिमा विभागमा उपस्थित हुन आग्रह गरेको छ ।

Read More

काठमाडौं: विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदै छ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ । पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए भने ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाएका थिए । उनको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । सो अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई सान्तोस क्लबको रंगशालामा लगिएको थियो । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुको लामो लाइन लागेको छ । उनका प्रशंसकहरु दुई घण्टा भन्दा बढी समयसम्म लाइनमा बसेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । फिफाका अध्यक्ष…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारबाही प्रभावकारी बनाउने सम्बन्धमा आज (मंगलबार) निर्देशनात्मक सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारबाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उनले सोमबार छलफल गरेका हुन्। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले सचिवका कार्यविवरण सुनिसकेपछि आज आवश्यक निर्देशन दिने भएका हुन्। यही पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डल सुशासन र नागरिकलाई सरल र सहज रूपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए। पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए। विशेषगरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने…

Read More

काठमाडौँ: उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी चुस्त बनाउन निर्देशन दिनुभएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसहितका पदाधिकारीको भर्चुअल बैठकलाई आज गृह मन्त्रालयबाट सम्बोधन गर्दै उहाँले जनताबाट गुनासो नआउने गरी सेवा प्रवाह गर्न तथा शीतलहरलगायत विपद्जन्य घटनाबाट नागरिकको सुरक्षा गर्न निर्देशन दिनुभएको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गृह प्रशासनको सेवा प्रवाह चुस्त पार्न, जाडो बढेसँगै शीतलहर तथा अन्य प्राकृतिक विपद्जन्य घटनाबाट नागरिकको जीउ ज्यान जोगाउने गरी काम गर्न निर्देशन प्राप्त भएको जानकारी दिनुभयो । गृहमन्त्री लामिछानेले शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम राख्न तथा अपराध नियन्त्रणमा कुनै सम्झौता नगर्न पनि…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २६ गते विश्वासको मत लिनुहुने भएको छ । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गर्नुभएको थियो । विभिन्न सात राजनीतिक दलसहित कूल एक सय ६९ सांसदको समर्थनमा तेस्रो पटक सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री बन्नुभएका दाहालले एक पत्रमार्फत पुस २६ गते विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्रीले सङ्घीय संसद् सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्राप्त गर्ने व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले पत्राचार गरेर नै कार्यसूचीमा…

Read More

काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देश र नागरिकको हितलाई केन्द्रमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताउनुभएको छ । आजदेखि काठमाडाँैमा सुरु भएको पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा बोल्नुहुँदै अध्यक्ष नेपालले देशको पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गरेर आफूहरु अघि बढ्ने बताउनुभयो । उहाँले आरोपप्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “हामी देशको हितलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौँ । नेपाली नागरिकको भावनालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौँ । हामीले ठिक गरेका छौँ । दृढताका साथ उभिएका छौँ । हामी सबै कुराको वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढ्न तयार छौँ ।” अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी…

Read More

काठमाडौँ: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म ६३ हजार तीन सय ६२ क्वीन्टल धान खरिद गरेको छ । यसवर्ष ३० हजार मेट्रिक टन धान खरिदको लक्ष्य राखेको खाद्य व्यवस्था कम्पनीले पुस १७ गतेसम्म ६३ हजार तीन सय क्विन्टल बराबर मात्रै धान खरिद गरेको हो । खाद्य व्यवस्था कम्पनीले देशका विभिन्न १० कार्यालयबाट धान खरिद गर्दै आएको छ । जसमध्ये हालसम्म बिर्तामोड, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर कार्यालयबाट धान खरिद सुरु भइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिनुभयो । उहाँकाअनुसार लहान, जनकपुर र भैरहवामा भने अझै खरिद कार्य सुरु भइसकेको छैन । “खाद्य व्यवस्था कम्पनीका सात कार्यालयबाट…

Read More

बझाङ: खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो । कालुखेतीबाट पैदल हिँड्दा साढे दुई घण्टा लाग्ने तमैलमा जीप जाँदा आधा घण्टा समय लाग्छ । त्यो दूरीमा जीप व्यवसायीले भने रु तीन सय ५० असुल गर्दै आएका छन् । “सानोतिनो सामान ल्याउन तमैल बजार पुग्नैपर्छ”, उहाँले भन्नुभयो, “तमैल पुग्न बाटोमै झण्डै रु हजार सकिन्छ । हामीजस्तो सानो व्यवसायीलाई छोटो बाटोमै बढी खर्च भए पनि केको व्यवसाय गर्नु ?” खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाका कुलप्रसाद जोशी पनि सदरमुकामबाट घर जान भाडाकै चिन्ता लाग्ने बताउनुहुन्छ । “घरतिर हरेक हप्ता जानुपर्छ…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन्। मन्त्रीविहीन मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिन उनले बिहान ११ बजे सिंहदरबारमा सचिवहरुको बैठक बोलाएका हुन्। ७ मन्त्री तोके पनि तीन बाहेकका मन्त्रालय प्रधानमन्त्रीसँगै रहेका छन्। एकातीर मन्त्री जिम्मेवारविहीन अर्कोतिर मन्त्रालय मन्त्रीविहीनताका अवस्था रहेको छ। आजको बैठकमा सचिवहरुलाई नै प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी तयारी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। गत सोमबार प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका प्रचण्डले एक सातापछि पहिलो पटक सचिवहरुसँग छलफल गर्न लागेका हुन्।

Read More

काठमाडौँ: संघीय संसद् सचिवालयले पुस २२ गते सर्वदलीय बैठक आह्वान गरेको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सर्वदलीय बैठक बोलाएका हुन्। सभामुखको भूमिकामा रहेका राणाले प्रतिनिधि सभाको बैठक सञ्चालन, बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँड लागयतका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्। हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व भएको छ भने पाँचजना स्वतन्त्र सांसद विजयी भएका छन्। सातवटा दलले राष्ट्रिय पार्टीको मान्यता पाएका छन्।

Read More