Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्यायको व्यवस्थापनमा राष्ट्रिय सहमति र एकता आवश्यक रहेको बताएका छन् । शीतल निवासमा सांसदहरुका लागि आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । संक्रमणकालीन न्यायको व्यवस्थापनका साथै आर्थिक क्षेत्रमा देखिएको असर, राजनितक उपलब्धिको रक्षा र जलवायु परिवर्तनले देखा पर्न थालेका असरहरूको व्यवस्थापनमा पनि राष्ट्रिय सहमति आवश्यक रहेको बताए । मुलुकमा अहिले चुनौती रहेको बताउँदै उनले राजनैतिक उपलब्धिलाई सदुपयोग गरेर तीव्र आर्थिक, सामाजिक रूपान्तरणमा ध्यान दिन नसकेमा अन्ततः प्राप्त उपलब्धिमाथि नै प्रहार हुन सक्नेतर्फ गम्भीर हुनपर्ने बताए ।उनले लोकतान्त्रिक संस्थाहरु बलिया र कानुनसम्मत भएनन् भने त्यस्ता संस्थाप्रति नागरिकका विश्वास धर्मराउने र व्यवस्थाप्रति…
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म सहिद भएकाको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले जानकारी दिए । जनयुद्धका सहिदहरूले राष्ट्रिय सहिदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको…
काठमाडौँ: युएईलाई हराउँदै जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रूपैयाँसहित सम्मान गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजयी नेपाली क्रिकेट टोलीलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटार बोलाएर टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप सरकारले ३-३ लाख रुपैयाँ दिने घोषणा गर्दै आगामी यात्राका लागि शुभकामना दिएका छन्। विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई सम्माननीय प्रधानमन्त्री प्रचण्डले बधाइ ज्ञापन गर्नुहुँदै जनही रू. ३ लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ।
काठमाडौँ: हाल देशका केही स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका केही स्थानमा हल्का वर्षा भइरहेको हो। अहिले बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको छ। महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार आज दिनभरि नै मौसममा बदली हुनेछ। उनले आज दिनभरजस्तो बादल लाग्ने भन्दै कतै कतै सामान्य घाम लागे पनि केही बेरमै बादलले छोप्ने जानकारी दिइन्। मौसमविद् कँडेलका अनुसार आज काठमाडौंमा दिउँसो १-२ बजेपछि हल्का वर्षाको सम्भावना छ। तर, लामो समयसम्म र ठूलो पानी नपर्ने उनले जानकारी दिइन्। अबका एक-दुई दिन देशभर मौसममा बदली हुने उनले जानकारी दिइन्। देशका केही स्थानमा दिउँसोको समयमा पानी पर्ने सम्भावना बढी हुने उनले…
काठमाडौँ: उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदैछ । उपराष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने मतदानमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ । उपराष्ट्रपति निर्वाचनमा संघीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ। मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अंकित कोठामा…
काठमाडौँ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले डीएलएस पद्धतिमा यूएईलाई ९ रनले हरायो । बिहीबार त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा २६९ रन बनाउँदा ९ रनले आफ्नो पक्षमा जित निकाल्न सफल भयो । यूएईले ४० ओभर पछि बलिङको रफ्तार सुस्त बनाउँदा उनलाई धक्का लाग्न पुग्यो । उक्त स्लोओभर नै नेपालका लागि बरदान सावित भयो । यूएईले गरेको ४२ औँ स्लोओभरको बलिङमा नेपालका लागि गुलशन झाले २० रन बनाए । त्यसपछि नेपाल डीएलएस पद्धतिमा अघि रह्यो । त्रिवि क्रिकेट मैदानमा उज्यालो कम हुँदा एम्पाएरले खेल रद्द भएको र नेपालले…
काठमाडौँ: जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएका छन्। बिहीबार यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा पुगेको टोलीलाई प्रचण्डले शुक्रबार बिहान बालुवाटार बोलाएका हुन्। प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमल्सिनाका अनुसार क्रिकेट टोलीका सदस्यहरुका लागि भोलि नै पुरस्कार रकम घोषणा हुन सक्नेछ। ‘प्रधानमन्त्रीले विश्वकप छनोटमा पुगेका नेपाली टिमका सदस्य, प्रशिक्षक र अफिसियलहरुलाई भोलि बालुवाटार बोलाउनु भएको छ’, उनले नेपालखबरसँग भने, ‘सम्मान रकमबारे भोलि नै घोषणा हुनेछ।’ बिहीबार खेलअघि पनि प्रचण्ड त्रिवि क्रिकेट मैदान पुगेका थिए। त्यहाँ पुगेर उनले खेलाडीहरुसँग संवाद गरेका थिए। यसअघि खेलपछि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्डसहितका अन्य नेताहरुले नेपाली टोलीलाई बधाई दिएका…
काठमाडौँ:नेपाली क्रिकेट टोली विश्वकप क्रिकेट छनोटमा पुगेपछि राष्ट्रपति र प्रधानमन्त्रीले बधाई दिएका छन्। नेपाली टोलीले डीएल मेथोडका आधारमा यूएईलाई ९ रनले हराउँदे जिम्बाब्वेको यात्रा तय गरेपछि दुवैले बधाई दिएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित खेल मैदानमा आइसीसी क्रिकेट विश्वकप लिग– २ अन्तरगतको खेलमा नेपाल विजयी भएकोमा बधाई दिएका हुन्। उनले खेलाडीहरुलाई बधाई पनि दिएका छन्। नेपालले पनि एकदिवसीय विश्वकप छनौट खेल खेल्न पाउने अवसर प्राप्त गरेकोमा पौडेलले खुशी व्यक्त गरेको उनको सचिवालयले जनाएको छ। त्यसैगरी राम्रो खेल प्रर्दशन गरेकोमा यूएईको क्रिकेट टोलीको पनि उनले प्रशंसा गरेका छन्। नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि खुसी व्यक्त…
काठमाडौँ:आईसीसी लिग २ अन्तर्गत निर्णायक खेलमा युएईले दिएको कीर्तिमानी लक्ष्य पूरा गर्दै नेपाल सिधै विश्वकप छनोटमा पुगेको छ। यूएईले नेपाललाई अहिलेसम्मकै सर्वाधिक ३११ रनको लक्ष्य प्रस्तुत गरेको थियो। विशाल लक्ष्य पछ्याएको नेपालले सुरुका दुई ओभरमै दुई विकेट गुमाउँदै खराब सुरुवात गरेको थियो। १ रन बनाउँदा ओपनर आसिफ शेखलाई गुमाएको नेपालले ६ रन बनाउँदा कुशल मल्ल आउट भए। दबाबकाबीच आएको कप्तान रोहित पौडेलले पनि नेपालको इनिङ सम्हाल्न सकेनन्। नेपालको ३७ रन हुँदा रोहित पनि १६ रनमै क्याचआउट भए। त्यसपछि कुशल भुर्तेल र भीम सार्कीले इनिङ सम्हाले। ३५ बलमा ५० रन बनाएर कुशल पनि आउट भए। तर नेपालले त्यसपछि पनि लय छाडेन।…
काठमाडौँ, २ चैत:उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सर्नुभएको छ । उहाँ आज अपराह्न १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित निजी निवासमा सर्नुभएको हो ।