Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सरकारले जनयुद्ध र जनआन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको, संचार तथा सूचना प्रविधिमन्त्रीका प्रेस संयोजक नरेन्द्र केसीले जानकारी दिए।
काठमाडौँ: सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिएको छ। लामिछानेको मुद्दामा आइतवारदेखि जारी सुनुवाइ सकिएसँगै सर्वोच्चले थुनामा फर्काउनु नपर्ने ठहरसहित विदेश जाने अनुमति दिएको हो। सन्दीपले विदेश जान लागेको प्रतिबन्ध हटाउन मागसहित दिएको निवेदन र पीडितको पक्षबाट सरकारी वकिलको कार्यालयले उनलाई थुनामै राख्न माग गरेको निवेदनमा एकसाथ सुनुवाइ भएको थियो। त्यसपछि न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासबाट सन्दीपलाई राहत दिने गरी आदेश आएको हो। सोमबार सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरे, रोशनी पौडेल र रामेश्वर न्यौपानेले बहस गरेका थिए।
काठमाडौँ: नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
काठमाडौँ: नेकपा एमलेको सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय च्यासलमा केहीबेरअघि बैठक सुरु भएको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने छ । यस्तै सरकारबाट बाहिरिने या के गर्ने भन्नेबारे पनि छलफल र आवश्यक निर्णय हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेको विषयमा पनि छलफल हुने छ । पुस १० मा सरकार बन्दा एमालेले राष्ट्रपति पाउने सहमति भएपनि राष्ट्रपति निर्वाचनमा समीकरण फेरिएको छ । सत्तासीन माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेको छ । पौडेललाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपला, नागरिक उन्मुक्ति पार्टी…
काठमाडौँ: संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा भाग लिन आइतवार साँझ जेनेभा जान लागेकी परराष्ट्रमन्त्री डा. विमला राई पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकिदिएका छन्। परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्री पौडेल त्यसतर्फ प्रस्थान गर्न लागेको जानकारी दिएको थियो। तर अपरान्ह जेनेभातर्फ जान लागेकी पौड्याललाई प्रधानमन्त्रीले रोकिदिएका हुन्। पछिल्लो राजनीतिक घटनाक्रमका कारण आफ्नो भ्रमण रोकेको हुन सक्ने परराष्ट्रमन्त्री पौडेल बताएकी छन्। उनी जेनेभा जाने कार्यक्रम परराष्ट्रमन्त्रालयमा आइतवार सार्वजनिक गरेर अपरान्ह त्रिभुवन विमानस्थलतिर हिँड्न तयार थिइन्। तर प्रधानमन्त्री प्रचण्डले मुख्य सचिव शंकरदास वैरागीमार्फत पौड्याललाई त्यसतर्फ नजान निर्देशन दिएका थिए। मुख्यसचिव वैरागीले प्रधानमन्त्रीको निर्देशन सुनाउँदै उनलाई त्यसतर्फ नजान भनेका थिए।…
काठमाडौँ: राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले वर्षा गराएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो एक घन्टामा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको छ । अहिले काठमाडौँमा कीर्तिपुर, सिनामङ्गल, रत्नपार्क, माइतीघरलगायत क्षेत्रमा हल्का वर्षा भइरहेको छ । भक्तपुरमा ८ दशमलव ४ र कीर्तिपुरमा ७ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् अधिकारीले उल्लेख गर्नुभयो । काठमाडौँ उपत्यकाका केही स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको छ । सबैभन्दा बढी धादिङको धुनिबेँसीमा १२ मिलिमिटर वर्षा भएको छ । सुदूरपश्चिम…
काठमाडौँ: क्रिकेटर सन्दीप लामिछानेको मुद्धामा आइतबार हुने भनिएको अन्तिम सुनुवाई भोलि सोमबारलाई सारिएको छ उनको मुद्धा आज समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो । उनको मुद्धा आज न्यायाधिश सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको थियो।
काठमाडौँ:नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान सन्दीप लामिछानेले खेल्न पाउनुपर्ने बताएका छन्। क्यानको आइतवारदेखि सुरु वार्षिक साधारणसभामा बोल्ने क्रममा उनले यसबारे अदालतले गरेको निर्णय आफूहरूले मान्ने पनि बताएका छन्। बलात्कार आरोप लागेर केन्द्रीय कारागार सुन्धारामा तीन महिनाभन्दा धेरै थुनिएका सन्दीप उच्च अदालत पाटनको आदेशमा गत पुस २९ गते रिहा भएका थिए। उनलाई त्यसपछि क्यानले माघ १७ गते निलम्बन फुकुवा गर्दै क्यानले राष्ट्रिय टिममा बोलाएको थियो। राष्ट्रिय टिममा फर्किएपछि उनले आइसीसी लिग डिभिजन २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सहभागी त्रिदेशी सिरिजमा सर्वाधिक १३ विकेट लिएका थिए। सन्दीपले अहिले युएईमा हुने अर्को सिरिजमा जान पाउनुपर्ने मागसहित सर्वोच्चमा…
काठमाडौं: सेयर बजारमा तीव्र उतारचढावकाबीच एकल अंकको सामान्य वृद्धि भएर आइतबारको पहिलो दिनको कारोबार अन्त्य भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई अनियन्त्रित कर्जा लगानीमा कडाइ गरेपछि गत बिहीबार अधिकांश लघुवित्तको सेयरमूल्यमा गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द भएको थियो भने सेयर बजार परिसूचक नेप्से ५७ अंकले घटेको थियो । आइतबार सुरुवाती समयमा ६१ अंकको उच्च गिरावट भएको सेयर बजारमा तीव्र उताचढावबीच अन्तिम समयमा सामान्य बढेर बन्द भएको छ । आइतबार नेप्से ४.५५ अंक (०.२२ प्रतिशत) ले वृद्धि भएर २०२७.१९ अंकमा बन्द भएको छ । बैंकिङ, जीवन बीमा, उत्पादनमूलक र व्यापार उपसूचकमा गिरावट हुँदा लघुवित्त उपसूचक भने करिब ३ प्रतिशतले…
काठमाडौँ: प्रधानमन्त्रीमा नियुक्त भएपछि पुष्पकमल दाहाल प्रचण्डले पहिलो विदेश भ्रमण कतारबाट गर्ने भएका छन्। उनी आफ्नो तेस्रो कार्यकालको पहिलो विदेश यात्रामा यही शुक्रबार कतार जान लागेका हुन्। उनी अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन कतार जाने निर्णय भएको प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार बुद्धि जिसीले बताए। प्रधानमन्त्री दोहामा हुने दुई दिने सम्मलेनमा सहभागी भएर फागुन २२ गते स्वदेश फर्किने उनले बताए। यही फागुन २५ गते नेपालमा राष्ट्रपतिको निर्वाचन हुँदैछ। राष्ट्रपतिको निर्वाचनबीच पनि प्रधानमन्त्री कतार जाने कार्यक्रम तय भएको हो। त्यस सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसँग पराराष्ट्रमन्त्री डा. विमला राई पौड्याल पनि जाने बताइएको छ। यसबारे परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गरेर…