Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । राष्ट्रपतिका लागि उम्मेदवार तय भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा गर्ने चुनौती पाएको बताएका छन । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय भएलगत्तै राष्ट्रपतिका उम्मेदवार पौडेलले सो प्रतिक्रिया दिएका हुन् । ‘अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा अभूतपुर्व अधिकार दिएको छ । त्यसको रक्षा गर्ने चुनौती मलाई आउन लागेको छ,’ उनले बैठकपछि भने, ‘सबै पार्टीका सबै साथीहरुको अपार स्नेह र माया पाएको छु ।’ यसैगरी कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको विजय सुनिश्चित रहेको बताएका छन् । पौडेललाई उम्मेदवार बनाउन पार्टीले सर्वसम्मत निर्णय गरेको बताउँदै सिटौलाले पार्टीभित्र र बाहिरबाट कांग्रेसको उम्मेदवारलाई ऐतिहासिक…

Read More

काठमाडाैँ: प्रचण्ड सरकारमा पहिलो पटक सामेल भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बैठकले आफ्ना मन्त्रीहरु पनि फिर्ता बोलाउने निर्णयसमेत गरेको छ। शनिबार बिहान बसेको पार्टीको कार्यसम्पादन बैठकले उक्त निर्णय गरेको पार्टीले जनाएको छ। उक्त पार्टीको प्रचण्डको सरकारमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्ग्डेनसहित तीन जना मन्त्री छन्। लिङ्ग्डेन उपप्रधानसहित उर्जा मन्त्री रहेका छन्।

Read More

काठमाडाैँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेका छन् । कार्यसम्पादन समितिको बैठक अघि पार्टी कार्यालयमा शनिबार बिहान बसेको अनौपचारिक बैठकले पौडेलको नाम प्रस्ताव गरेको हो ।यससँगै सो नाम अनुमोदनको लागि कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । सो बैठकमा देउवाले औचारिक रुपमा पौडेलको नाम प्रस्ताव गरेका छन् ।

Read More

काठमाडौं: सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका दलले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णयसँगै १० पुसमा बनेको सत्ता गठबन्धन भत्किएको छ र, ८ दलको नयाँ गठबन्धन बनेको छ । शुक्रबार बिहान कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीको बैठक राखेका प्रधानमन्त्री प्रचण्डले दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका थिए । साँझ ५ बजे सुरुमा बिहान बसेका चार दलको बैठक बस्ने र ६ बजे अरु चार दल थपिएर ८ दल हुने तय भएको थियो । तर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले अध्यक्ष ओलीलाई भेट्न गएका कारण ढिला आए । चार दलको बैठक…

Read More

काठमाडौं: नेकपा (एमाले)को सचिवालयको बैठक बस्दैछ। सहमति तोडेर नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलिपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो। एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार सचिवालय बैठकबाट गठबन्धनको भविष्यको बारेमा नयाँ निर्णय लिइनेछ। बैठक बिहान ९ बजेका लागि बोलाइएको छ।

Read More

काठमाडौं : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। उता राती भने प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी…

Read More

काठमाडौं: मुलकको चौंथो राष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजे भित्र राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन हुने कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मनोनयन गर्ने स्थल तोकिएको छ । शुक्रबार साँझ आठ दल बिच भएको सहमति अनुसार नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमति भए पनि उम्मेदवार भने अझै चयन भएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन कायम गरे पछि राजनीतिक परिस्थिति बदलिएपछि नेकपा एमालेले भने राष्ट्रपति निर्वाचनमा के गर्छ ? भन्ने अझै अन्यौल कायम छ । यद्धपी एमालेले सचिवालय बैठक बोलाएर…

Read More

काठमाडौं । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन । साथै धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदनलाई समेत साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ । क्रिकेटर लामिछानेविरुद्ध नाबालिग बलात्कारको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ । त्यो मुद्दामा जिल्ला अदालतले सन्दीपले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर त्यसविरुद्ध लामिछानेले गरेको निवेदनमा उच्च अदालत, पाटनले २८ पुसमा उपत्यका छाड्न नपाइने, विदेश जान नपाइने जस्ता शर्तसहित २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटीमा छुटेपछि क्रिकेट संघले उनको निलम्बन हटाएर राष्ट्रिय टिममा राख्यो । उनले लिग टू अन्तरगत काठमाडौंमा भएको स्कटल्याण्ड र…

Read More

काठमाडौँ: चार दलबीच प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा सम्भावित सत्ता समीकरण र पावर सेयरिङका बारेमा छलफल भएको छ । बैठकमा नेताहरुबीच चुनावअघिको पाँचदलीय गठबन्धन ब्यूँउताउनेदेखि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका बारेमा विषय प्रवेश भएर छलफल भएको हो । स्रोतका अनुसार बैठकमा नेपाली कांग्रेसका नेताहरुले पावर सेयरिङ बारेमा सामान्य खाका पेस गरेका थिए । जसमा राष्ट्रपति कांग्रेसले लिने, प्रधानमन्त्रीमा माओवादी र समाजवादीलाई बाँढ्ने उल्लेख छ । बैठकमा प्रधानमन्त्री पद चार वर्ष माओवादीलाई र एक वर्ष एकीकृत समाजवादीलाई दिन सकिनेबारे छलफल भएको छ । तर कांग्रेसका कतिपय नेताहरुले पाँचै वर्ष राष्ट्रपति लिए पनि प्रधानमन्त्रीमा समेत पावर सेयरिङ हुनुपर्ने अडान लिएका छन् ।…

Read More

ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको छ। यसअनुसार बैंकले महासंघका सदस्यहरुलाई आवश्यक राजदूतावास इजाजतको लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने÷नवीकरण गराउने काममा सहयोग गर्नेछ। बिहीबार बैंकको कर्पोरेट कार्यालयमा उक्त सम्झौता कार्यान्वयन गर्नका निमित्त एक समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोज कुमार दासले हस्ताक्षर गरे। उक्त सम्झौताअनुरुप नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघअन्तर्गतका संघका सदस्यहरुले नेपाल आयल निगमबाट आवश्यक इजाजत लिई भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने कार्यको लागि अनिवार्य पर्फमेन्स बोन्डको लागि नेपालस्थित भारतीय राजदूतावासको नाममा जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने÷नवीकरण प्रयोजनका…

Read More