Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ; महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन्। बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए। जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घन्टासम्ममा दर्शन गर्न सकिने उनले जानकारी दिए। पशुपति क्षेत्रमा बिहानदेखि हजारौँ भक्तजनको भीड देखिन्छ। दशनार्थीलाई व्यवस्थित दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटिएको कोषले जनाएको छ। पशुपति क्षेत्रमा स्वास्थ्य शिविरलगायत पनि व्यवस्थापन गरिएको छ। पशुपतिनाथसँगै राजधानी एवं त्यसका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेकोे छ। पशुपतिमा बिहानदेखि नै…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दैआएको बताएकी छिन् । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सेनाका सकलदर्जा र सैनिक परिवारजनमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले सेना नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रियताको रक्षार्थ सदैव तत्पर रहेको उल्लेख गरिन्। राष्ट्रपतिले शुभकामना सन्देशमा भनिएको छ, “संवैधानिक जिम्मेवारी कुशलतापूर्वक बहन गर्दै आएको सेनाले लामो समयदेखि राष्ट्रको प्रतिरक्षा, आन्तरिक सुरक्षालगायत संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको रूपमा विश्व शान्ति स्थापना कार्यमा पु¥याउँदै आएको योगदानको उच्च कदर गर्न चाहन्छु ।” देश र जनताको सुरक्षालगायत विकास निर्माण र प्रकृति संरक्षणमा सेनाले…
काठमाडौँ: कीर्तिपुरमा जारी आईसीसी पुरुष विश्वकप लिग-२ अन्तरगतको खेलमा नेपालले लगातार दोस्रो जीत निकाल्दै स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ । स्कटल्याण्डले जीतका लागि राखेको २ सय ७६ रनको लक्ष्य नेपालले ४७ औँ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो । नेपालको जीतमा दीपेन्द्र सिंह ऐरीले नटआउट रहँदै ८५ रन बनाए । उनलाई सोमपाल कामीले अन्तिमसम्म २४ रन बनाएर राम्रो साथ दिए । त्यस्तै कुशल मल्लले ८१ रन बनाउँदै नेपाललाई जीत तर्फ अग्रसर गराए । यसअघि टस हारेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले ९ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको थिए । स्कटल्याण्डका लागि माइकल लिस्कले शतकीय पारी खेल्दै पारीलाई ठुलो…
काठमाडौँ: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति आफ्नौ पार्टीबाट बन्ने दाबी गरेका छन्। नेपाल जेसिसको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै नेता सिंहले कांग्रेसबाटै नयाँ राष्ट्रपति बन्ने दाबी गरेका हुन्। उनले संसदको पहिलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा आफूहरूको दाबी स्वभाविक रहेको पनि तर्क गरेक छन्। ‘सन्तुलनका लागि राष्ट्रिय कांग्रेसले अघि सार्ने उम्मेदवारलाई बनाउन प्रयास गर्छौँ,’ सिंहले भने, ‘कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्नुहुन्छ।’ राष्ट्रपतिको विषयमा सत्तागठबन्धनभित्र खटपट देखिएका बेला कांग्रेस सांसद सिंहको दाबीलाई अर्थपूर्ण मानिएको छ। तर उनले कांग्रेसबाट राष्ट्रपतिको उम्म्दवार कसलाई बनाउने भन्ने केही खुलाएनन्। पुस १० मा सात दलबीच भएको सहमतिअनुसार नेकपा एमालेले राष्ट्रपतिमा दाबी गरिरहेको छ। माओवादी केन्द्रले राष्ट्रिय सहमतिमा…
काठमाडौँ: आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय सिरिजअन्तर्गत शुक्रबार कीर्तिपुर क्रिकेट मैदानमा जारी नेपाल र स्कटल्यान्डको खेलका क्रममा एकजना पक्राउ परेका छन्। क्रिकेट खेलका क्रममा सट्टेबाजी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एकजना नेपालीलाई पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाका अनुसार पक्राउ परेका तीन नेपालीबारेमा अहीले अनुसन्धान भइरहेको छ। ‘सट्टेबाजी गरेको आशंकामा उनलाई पक्राउ गरिएको हो। अहिले सोधपुछ भइरहेको छ’, उनले भने, ‘थप अनुसन्धान पूरा भएपछि विस्तृत विवरण खुलाउँछौँ।’ यसअघि गत पुसमा भएको नेपाल टी २० लिग क्रिकेटका क्रममा स्पट फिक्सिङ पुष्टि भएको थियो। उक्त प्रकरणमा नेपालका दुई राष्ट्रिय खेलाडीसहित १२ जनाविरुद्ध मुद्दा चलिरहेको छ।
काठमाडौँ: माइकल लिस्कको शतक मद्दतमा आइसीसी विश्वकप एक दिवसीय त्रिकोणाात्मक सिरिजमा स्कटल्यान्डले नेपालसामु २ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय रनको योगफल तयार पारेको हो। सातौँ विकेटका लागि माइकल लिस्क र ज्याक जेभिसले ८१ रनको साझेदारी गरेपछि नेपालले विशाल योगफल तयार पारेको थियो। करियरको पहिलो शतक हान्ने क्रममा माइकलले ७९ बलमा ३ चौका र ९ छक्का हान्दै शतक पूरा गरे। माइकल १०७ रनमा नटआउट रहे। माइकलले ८५ बलमा ३ चौका र ९ छक्का प्रहार…
काठमाडौँ: खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ। अस्पतालका चिकित्सक डा सुनिल केस्वानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्शअनुसार नेता भण्डारीको पारामिटर सामान्य रहेको छ। तर चिकित्सकहरूले ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गरिने जानकारी दिएको मुम्बईमा रहेका कांग्रेस नेता योगराज कँडेलले बताए। भण्डारीको हृदयको चाल सामान्य रहेको, एण्टीबायोटिक्स लगातार गर्ने र आत्तिनु नपर्ने तथा शरीरमा फ्लुडको मात्रा दोब्बर गरिने चिकित्सकले जनाएका छन्। शुक्रबार २ वटा शल्यक्रिया गर्ने तयारी गरिएको चिकित्सकहरूले जानकारी दिएको उनले बताए। भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार श्री एयरलाइन्सको विमानमार्फत…
काठमाडौँ: अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। आज (शुक्रबार) दिउँसो प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने र देशका अन्य भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। त्यस्तै प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ। शुक्रबार राती पनि देशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। उनको स्रोत नखुलेको आम्दानी २ करोड १० लाख १० हजार ४८२ रुपैयाँ ५१ पैसा भेटिएको अन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। २०४३ साउन १ गते सरकारी सेवामा प्रवेश गरेदेखि २०७८ असार ३० गतेसम्म ३ केसीको वैध आम्दानी ३ करोड ५१ लाख १६ हजार २० रुपैयाँ २२ पैसा हुनेमा उनको खर्च ५ करोड ६१ लाख २६ हजार ५०२ रुपैयाँ ७३ पैसा भेटिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। पदमा बहाल रहँदा अमिल्दो र अस्वभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणबिना…
काठमाडौँ: कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई पठाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले ग्यास सिलिण्डर विष्फोटबाट घाइते भएका सांसद भण्डारीलाई भारतको मुम्बइस्थित नेशनल बर्न सेन्टरमा पठाइएको जानकारी दिए। दुबै हात खुट्टा र अनुहारमा गरी शरीरमा करिब ३० प्रतिशत जलन भएका सांसद भण्डारीलाई बिहीबार श्री एयरलाइन्समार्फत् मुम्बइ लैजाने तयारी भएको हो। स्वास नलीमा जलनले असर र सुन्नीन सक्ने जोखिम भएकाले स्वास नलीमा पाईप राखी (ईन्टुबेसन गरी) अक्सिजन दिँदै एयर एम्बुलेन्समार्फत नर्भिक अस्पतालको चिकित्सकिय टिम सहित मुम्बई रिफर गर्ने तयारी भएको हो। स्वास्थ्य अवस्था जटिल भएपछि भण्डारीलाई भारत लैजान अस्पतालले सिफारिस गरेको थियो। ग्यास सिलिन्डर…