Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भइरहेको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदबारमा बिहीबार मध्यान्ह उनीहरु छलफलमा जुटेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालसँग छलफलमा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी छन् । राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा उनीहरुबीच छलफल भइरहेको बुझिएको छ । बुधबार अध्यक्ष नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । हिजो साझ कांग्रेस नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । कांग्रेस र माओवादी केन्द्रबीच आज साँझसम्म पुरानो गठबन्धन ब्युँताउने गरी छलफल अगाडि बढेको छ ।…

Read More

काठमाडौँ: आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डले दिएको २१३ रनको चुनौती नेपालले ८ विकेटको क्षतिमा ३५ बल बाँकी छँदै लक्ष्य भेट्टाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले १०१ बलमा ९५ रन जोडेका थिए । साथै करण केसीले ३१ रन जोडे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६।१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो । स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाउँदा म्याथ्यु क्रसले ४२, ब्रान्डन म्याकमुलेनले ३१, काएल कोट्जर र क्रिस म्याब्राइजले समान २२ रन जोडे । नेपालका लागि…

Read More

काठमाडौँ: सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। सोमबार बसेको पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए। ‘पछिल्लो राजनीतिक परिस्थितीको विश्लेषण भयो। राष्ट्रियता स्वाधिनता, संविधान, संघीयता र गणतन्त्रको रक्षाका लागि सहमति खोज्न कोशिस गर्ने निर्णय भयो’ उपाध्यक्ष तथा प्रवक्ता महराले नेपालखबरसँग भने, ‘नामबारे कुनै छलफल भएन। सहमतिको प्रयासका लागि टुंगो लगाउने जिम्मा प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डलाई दिइयो।’ राष्ट्रपति निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसेको थियो। फागुन २५ गते हुन गइरहेको राष्ट्रपति…

Read More

काठमाडौँ: सरकारले लागु गरेको सुनको आयात कोटाले बजारलाई पिरोलिरहेको भन्दै त्यसलाई हटाउन सुनचाँदी व्यवसायीले माग गरेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्तरुपमा सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै सरकारले सुनको आयात कोटा हटाउनुपर्ने बताएका हुन्। कोटा प्रणालीले बजारमा माग अनुसार सुनचाँदी आपूर्ति नहुँदा व्यवसाय धरापमा परेको उनीहरुको भनाइ छ। सरकारले पछिल्लो समय दैनिक १० किलो मात्रै सुनको आपूर्ति गर्न दिएको छ। जसका कारण व्यवसायीहरुले अत्यन्त थोरै मात्रामा सुनचाँदी पाइरहेको बताएका छन्। सिजनमा दैनिक ४० र सामान्य समयमा १० देखि १५ किलो सुनको माग हुने भएपनि १० किलो मात्रै सुन आयात गर्न…

Read More

काठमाडौं: अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ ।रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छि विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो ।स्रोत सुनिश्चित मध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपन्छि विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने २ अर्ब ५० करोड रुपैयाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ । २ अर्ब ६० करोड रुपैयाँ दायित्व सिर्जना भएपछि निकासा गरिनेछ ।रासायनिक मल खरिद गर्न चालु आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । रासायनिक मल खरिदका लागि अर्थ…

Read More

काठमाडौं: कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेसँगै गुरुङले आज पदभार ग्रहण गरेका हुन् । नव नियुक्त सीईओ गुरुङलाई सञ्चालक समितिका कार्यवाहक अध्यक्ष तथा सीईओ छनौट उपसमितिका संयोजक सुमन दाहालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सीईओ छनोट समितिले सीईओका लागि आवेदन परेका २२ जनामध्येबाट पाँच जनाको नाम छानेको थियो । शनिबार भएको प्रस्तुतीकरण तथा अन्तर्वार्ताबाट छनोट समितिले तीन जनाको नाम बैंक सञ्चालक समितिलाई सिफारिस गरेको थियो ।

Read More

काठमाडौं: नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिको नागरिक बचतपत्र २०८४ ‘क’ ल्याउने भएको छ। आगामी बुधबारदेखि बचतपत्रको बिक्री खुलाउने भएको हो। राष्ट्र बैंकका अनुसार उक्त बचतपत्रको आकार २ अर्ब ५० करोड बराबरको छ भने वार्षिक व्याजदर ११.५० प्रतिशत छ। ब्याज ६/६ महिनामा भुक्तानी हुने उल्लेख छ। बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। बैंकका अनुसार उक्त बचतपत्रमा न्यूनतम १० हजार रुपैयाँ र अधिकतम कुल निष्कासन रकमको १० हजारले भाग गर्दा नि:शेष भाग जाने अंकमा जति पनि खरिद आवेदन दिन सकिन्छ। यस बचतपत्र खरिदका लागि इच्छुक खरिदकर्ताले नेपाल राष्ट्र बैंकको वेबसाइट अन्तर्गत मनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन पेस गर्न सक्नेछन्।…

Read More

काठमाडौँ: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्ने दाबी गरेका छन्। अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो पूर्ण बैठकलाई कीर्तिपुरमा सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीका कारण सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्ने बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृह मन्त्रालय नै चाहिन्छ भनेर हैरान पारेपछि गठबन्धन संकटमा परेको दाबी गरेका छन्। ‘पहिले के-के न गर्ला भन्ने लागेको थियो। नयाँ आए तर घाँडो भए। अदालतले मुद्दा लगायो। पदबाट हटे। त्यही पनि त्यही पद चाहिन्छ भनेर हैरान पारे पछि त्यो गठबन्धन पनि संकटमा परेको छ। कुन दिन त्यो गठबन्धन भत्किने हो, ठेगान छैन,’ उनले…

Read More

काठमाडौँ: नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौं बैठकले दुई मुलुकबीचको विद्युत प्रसारण लाइन विस्तार र व्यापार प्रवद्र्धनमा महत्वपूर्ण निर्णय गरेको छ । नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालकाय सचिव दिनेश कुमार घिमिरे र भारत सरकारको विद्युत मन्त्रालयका सचिव आलोक कुमारको सहअध्यक्षतामा शनिबार भारतको राजस्थानस्थित माउन्ट आबुमा सम्पन्न बैठकले अन्तरदेशीय विद्युत व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई अगाडि बढाउने निर्णय गरेको छ । बैठकमा शुक्रबार सम्पन्न दुई देशबीचका सहसचिवस्तरीय संयुक्त कार्यदलले ऊर्जा गरेको सिफारिसमाथि छलफल भएको थियो । विद्युत् उत्पादन, प्रसारण र व्यापारका लागि संयुक्त निर्देशक समितिको बैठक कोशेढुंगा भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए…

Read More

काठमाडौं: कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो । गुरुङले सोमबारदेखि कार्यभार सम्हाल्ने बताएका छन् । उनको कार्यकाल ४ वर्षको हुनेछ । बैंकको सीईओका लागि २२ जनाले आवेदन दिएका थिए । २२ जनाबाट ५ जनाको नाम छनोटमा परेको थियो । ५ जनाबाट उनी सीईओ बनेका हुन् । गुरुङले यसअघि सिभिल बैंकमा सीईओको रुपमा काम गरेका थिए । उनीसँग म्यानमारको म्यानमार सिटिजन्स बैंकमा सीईओ भएर काम गरेको अनुभव छ ।

Read More