Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरण र माथिल्लो आँखु खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक धादिङ आँखु खोला हाइड्रो पावर लिमिटेडबीच विद्युत् खरीद सम्झौता भएको छ । सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवद्र्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणि चौलागाईले आज हस्ताक्षर गरे । आयोजनाको कूल क्षमता ३८ मेगावाट रहेको छ भने लागत रु करीब आठ अर्ब रहेको छ । सम्झौताअनुसार हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ८० पैसा र बर्खामा चार रुपैयाँ ४० पैसामा विद्युत् खरीद गरिनेछ । आयोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । राजधानीको नजीक र पहुँचमार्गसमेत निर्माण भइसकेको उक्त आयोजनालाई आकर्षक आयोजनाका रुपमा लिइन्छ ।

Read More

काठमाडौँ :पछिल्ला दिनमा विभिन्न जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्ने घोषणा गरिरहँदा त्यसमा माउण्टेन इनर्जी नेपाल पनि थपिएको छ । सो कम्पनीले ३९ करोड ३६ लाख रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । साधारण शेयर बिक्रीका लागि कम्पनी र नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र सिबिआइएल क्यापिटल लिमिटेडबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक श्यामसुन्दर खेतान तथा नबिल इन्भेष्टमेण्टका प्रमुख कार्यकारी अधिकृत सविरबादे श्रेष्ठ र सिबिआइएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत समिरप्रसाद दाहालले हस्ताक्षर गरेका छन् । कम्पनीले निकट भविष्यमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र आम सर्वसाधारणलाई साधारण…

Read More

काठमाडौँ: नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा मोबाइल एप रिचार्जरले मोबाईल किन्दा खसी उपहार योजना सुरु गरेको छ । रिचार्जरकोएप मार्फत मोबाईल खरिद गर्ने ग्राहकलाई यसपालिको दशँैमा रिचार्जरले खसी उपहार दिने भएको हो । ‘दशँैको खसी घरमै बसी बसी’योजना यहि असोज १६ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ । यो योजनामा सहभागि हुनका लागि असोज १६ गते मंगलबारदेखि २९ गते सोमबार दिउँसो १२ बजेसम्ममा रिचार्जरकोएप मार्फत मोबाईल खरिद गर्नुपर्नेछ । यसअवधिमा एप मार्फत मोबाइल खरिद गर्ने ग्राहकलाई ग्रोलाप्रथा मार्फत खसी उपहार प्रदान गरिने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले जानकारी दिए । यो योजना सिमित ब्राण्डका मोबाईल फोनहरुमा मात्र लागू…

Read More

जाकार्ता: इन्डोनेसियाको मध्य क्षेत्रमा रहेको सुलावेसी प्रान्तमा गत शुक्रबार भुकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ३०० पुगेको छ । अझै कैयौँ मानिसहरू वेपत्ता रहेका बताइएको छ । उक्त कारण विस्थापित हुनेको सङ्ख्या ६० हजारभन्दा बढी पुगेको यहाँको विपद् व्यवस्थापन निकायले मङ्गलबार जनाएको छ । भुकम्प र सुनामीले ६५ हजार ७३३ घरहरू भत्किएका छन् भने सयौँको सङ्ख्यामा विद्यालय भवन तथा ठूला व्यापारिक भवन चर्किएका वा भत्किएका, विपद् व्यवस्थापन केन्द्रिय कार्यालयका प्रवक्ता सुटुपो पुर्वो नुग्रोहोले बताएका छन् । उहाँले सञ्चारकर्मीलाई पछिल्लो अपडेट गराउँदै भन्नुभयो, “विस्थापितहरू राज्यका १०९ स्थानमा शिविर बनाएर बस्दै आएका छन् ।” “मङ्गलबार एक होटलको भवन भग्नाबशेषबाट…

Read More

काठमाडौं: बंगलादेशमा भइरहेको बंगबन्धु गोल्डकप फुटवलमा नेपाल पहिले खेलमै ताजकिस्तानसँग पराजित भएको छ। आज भएको आफ्नो पहिलो खेलमा नेपाल ताजकिस्तानसँग २-० ले गोलले पराजित भएको हो। ताजकिस्तानसँले नेपालविरुद्ध २७ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो भने ६९ औं मिनेटमा पुनः दोस्रो गोल खान पुग्यो। पहिलो खेलमा पराजित भएपछि नेपाललाई सेमिफाइनल प्रवेश कठिन बनेको छ । साविक विजेतासमेत रहेको नेपाल रहेको समूहमा ताजकिस्तान र प्यालेस्टाइन छन् । समूहका उत्कृष्ट दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

Read More

काठमाडौँ: सरकारले नयाँ राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा रक्षा मन्त्रालयका तर्फबाट हालको राष्ट्रिय सुरक्षा नीतिमा समसामयिक परिमार्जन गर्न लागेको जानकारी दिइएको हो । समितिले मन्त्रालयको कार्यक्षेत्र, मुख्य कार्यक्रम तथा नीतिगत एवं कानूनी सुधारका विषयमा जानकारी लिन कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसहित मन्त्रालयका पदाधिकारीलाई आमन्त्रण गरेको थियो । प्रतिरक्षा नीतिको तर्जुमा गरी कार्यान्वयनमा ल्याउने, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको थप सुदृढीकरण गर्ने तथा सैनिक ऐन तथा नियमावलीलाई अद्यावधिक र एकीकरण गर्ने भावी कार्ययोजना रहेको सो अवसरमा जानकारी दिइयो । नेपाली सेनालाई आधुनिकीकरण गर्ने, सैन्य सामग्री पर्याप्त उपलब्ध गराई व्यावसायिक र…

Read More

काठमाडौँ: नेपाली सेनाद्वारा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना काठमाण्डौँ—तराईरमधेश द्रुर्तमार्ग (एक्सप्रेस वे) को मंगलबार जंगी अड्डामा एक कार्यक्रमकाबीच विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको लागि सुसङ ईन्जिनियरिङ कम्पनी लिमिटेडसंग औपचारिक हस्ताक्षर भएको छ। काठमाण्डौँ—तराईरमधेश द्रुर्तमार्गका आयोजना प्रमुख प्रा. उपरथी योगेन्द्रबहादुर खाँण र कम्पनीका दक्षिण कोरियाका अध्यक्ष केहुन् वाङ्गबीच भ्याट सहित १० करोड १२ लाख ७८ हजार ९२३ रुपैयाँको लागतमा २०७५ कार्तिक ०४ गतेबाट डिपीआर निर्माण सुचारु गरी १०५ दिनको अवधिमा तयार गरी सक्ने गरी सम्झौतामा हस्ताक्षर भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ। उक्त कार्यक्रममा नेपाली सेनाका अधिकृत र कम्पनीका दक्षिण कोरियाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

Read More

काठमाडौँ: प्रहरीले २९५ किलो अवैध लागु औषध गाँजा (चिप्पड) र ईन्धन बोक्ने ट्याङ्करसहित एक जना मानिसलाई मंगलबार पक्राउ गरको छ। मकवानपुर जिल्लामा लागू औषध गाँजाको कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो काठमाण्डौंबाट प्रहरी अधिकृत सहितको टोली खटिई गई खोजतलास गर्ने क्रममा बुधबार बिहान जिल्ला मकवानपुर मनहरी गाँउपालिका वडा नं-७ रमनटार स्थित लोकमार्गमा चितवनबाट हेटौडा तर्फ आउदै गरेको ना ४ ख ३९६९ नं कोईन्धन बोक्ने ट्याङ्करलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्याङ्कर र त्यसका चालक ३८ वर्षीय प्रल्हाद ठकुरीलाई पक्राउ गरेको ब्युरो प्रमुख बिश्वराज पोखरेलले जानकारी दिए। ठकुरी जिल्ला बारा जितपुर सिमरा उप महानगरपालिका वडा नं…

Read More

काठमाडौँ : पछिल्लो समय सर्वाधिक चासोको विषय बनेको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणमा सरकारी तदारुकता बढेको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण प्रक्रिया अघि बढेसँगै यसमा विभिन्न बहससमेत सतहमा आएका छन् । वातावरणपविद्ले लाखौँ रूख कटान हुने भनेर चिन्ता व्यक्त गरेका छन् भने विकासवादीले मुलुक समृद्धिका लागि यो आयोजना अपरिहार्य भएको धारणा व्यक्त गरेका छन् । आयोजना निर्माण प्रक्रिया अघि बढाउन वन तथा वातावरण मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच गम्भीर छलफल भइरहेको दुवै मन्त्रालयले जनाएका छन् । वन मन्त्रालयका प्रवक्ता डा सिन्धुप्रसाद ढुङ्गाना आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भइसकेको जानकारी गराउँदै इआइए स्वीकृतिपछि तत्काल…

Read More

काठमाडौँ :खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संगम स्वीटको मिठाइमा हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेपछि शिलबन्दी गरेको छ । अनुगमनका क्रममा आज फेला परेको सो पाउडर सेतो कपडामा प्रयोग गरिने वस्तु (नीर) भएको प्रमाणित भएको छ । स्थानीय बानेश्वरमा सङ्गम शर्माले सञ्चालन गरेको सङ्गम स्विट््स एण्ड स्न्याक्स प्रालिको मिलन चोक गोदाममा उक्त पाउडर फेला परेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चनका अध्यक्ष माधव तिमिल्सिनाले बताए । मिठाइमा हाइड्रो–१ नामको अखाद्य वस्तु मिसावट भएको फेला परेका कारण शर्मालाई खाद्य ऐन २०२३ र नियमावली २०२७ अनुसार कानूनी कारवाही गरिने खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए । खाद्यान्नमा अखाद्य वस्तु मिसावट गरेको…

Read More