Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- कक्षा १२ को परीक्षाफल सार्वजनिक
- सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँले घट्यो
- प्रतिनिधि सभाबाट बजेट पारित
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, पूर्वाधार विकास क्षेत्रमा ६१ प्रतिशत बिनियोजन
- आज बजेट पारित हुँदै, अर्थमन्त्री वाग्लेसहित मन्त्रीहरुले जवाफ दिने
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
भक्तपुर : लाभग्राही सूचीमा परेर पहिलो किस्तास्वरुप ५० हजार रुपैयाँ पाएका भूकम्पपीडितले उक्त रकम घर भत्काउँदै सकिएको बताएका छन् । आज भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ सिपाडोल वडा कार्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको ‘भूकम्पपीडितका लागि राहत तथा पुनःनिर्माण सवाल’ विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी पीडितले यस्तो बताएका हुन् । उनीहरुले पहिलो किस्तास्वरुप लगेको अनुदान रकम घर पन्छाउँदै सकिएको बताउँदै घर निर्माण नगर्ने पीडितसँग रु ५० हजार असुल्ने धम्की आउन थालेपछि चिनता बढेको बताएका छन् । सिपाडोलका श्यामबाबु अधिकारीले पहिलो किस्तास्वरुप लिएको रकममध्ये रु ४० हजार भत्किएको घर पछाउँदै सकिएको बताए । उनले भने, “२०७२ वैशाख १२ को भूकम्पले…
काठमाडौँ: अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दशैँको अग्रिम टिकट बुकिङ खुला भएको छ । बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दशैँको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । साथै दशैँमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्ने जनाएको छ । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिने कम्पनीले जनाएको छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् । यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरू गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर खनालले बताए । उनले भने ‘ हामीले विभिन्न गन्तव्यका लागि यातायात व्यवसायीसँगको सहकार्यमा अनलाइनमाबाट बुकिङ गर्न सकिने…
काठमाडौं : ‘सयौँ सम्बन्धको कयौँ भावना’ भन्ने नयाँ शीर्षक दिएर कोकाकोलाले नयाँ योजना ‘मन खोलौ कोकसँग’ सार्वजनिक गरेको छ । यो योजनाले मुख्यत १६ विभिन्न मानवीय भावनाहरुलाई समेटेको छ भने जसमा माया, साथ, खुसी, रमाइलो, मित्रता, हौसला, श्रद्धा, मिलन, सहयोग, जमघट र हाँसो रहेको कम्पनीले जनाएको छ । यस क्याम्पेनको बारेमा बोल्दै कोकाकोलाका कन्ट्रि डाइरेक्टर अम्बुज सिंहले भने, ‘नेपालभरिका कोकाकोलाका ग्राहकहरुलाई चाडपर्वको समयमा अझ बढी स्पेशल बनाउनको लागि कोकाकोलाले विनम्र तरिकाले गतवर्ष मन खोलौ कोकसँग ल्याएको थियो । हामी सम्बन्धहरुलाई विषेश प्राथमिकतामा राखी उत्सवको रुपमा मनाउँछौ त्यसका लागि यो वर्ष हामी हाम्रा ग्राहकहरुलाई कोक र आफ्ना भावनाहरु आफ्ना मनपरेकाहरुसँग बाढ्नको…
काठमाडौँ : राष्ट्रिय पुनः निर्माण प्राधिकरणसँग निजी आवास पुनः निर्माण गर्न सम्झौता गरेका तर आर्थिक अभावका कारण काम शुरु गर्न नसकेका लाभग्राहीले तीन लाखसम्म सहुलियतपूर्ण कर्जा लिन पाउने भएका छन् । मन्त्रिपरिषद्बाट पारित ‘सहुलियत कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार घर बनाउन नसकेका भूकम्प पीडितले निजी आवास पुनः निर्माणका लागि अधिकतम पाँच वर्षका लागि ऋण लिन सक्ने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले बताए । सरकारले ब्याज अनुदान उपलब्ध गराउने कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा दुई प्रतिशत विन्दुभन्दा बढी ब्याज लिन पाउँदैनन् । यो कर्जामा बैंक तथा वित्तीय संस्थाले ब्याजबाहेक अन्य कुनै प्रकारको थप…
मुसिकोट :रुकुम पश्चिमका दुई विमानस्थल उडानविहीन बनेका छन् । जिल्लाको सल्ले र चौरजहारी विमानस्थल उडानविहीन बनेका हुन् । हवाई सेवा बन्द हुँदा सेवाग्राहीलाई समस्या परेको छ । विगत १५ महिनादेखि चौरजहारी विमानस्थलको हवाई सेवा ठप्प बनेको विमानस्थल स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताए । नेपाल वायुसेवा निगमसँग प्रयाप्त जहाज र पाइलट नभएको भन्दै चौरजहारी विमानस्थलको हवाई सेवा बन्द गरिएको उनको भनाइ छ । यता सदरमुकाम मुसिकोटस्थित सल्ले विमानस्थलको हवाई सेवासमेत बन्द भएको दुई महिना पुगेको छ । सल्ले विमानस्थल स्टेशन प्रमुख अमरदीप राईका अनुसार निगमसँग भएका पुराना दुई जहाजको नेपालगञ्जमा मर्मत कार्य भइरहेकाले यहाँको हवाई सेवा रोकिएको छ । जहाज मर्मतको…
काठमाडौँ: एसियाली विकास बैंक (एडिबी)ले चालू आर्थिक वर्ष २०७५/७६ मा नेपालको आर्थिक वृद्धि ५.५ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । तथापि यो वृद्धि विगत १० वर्ष (आव सन् २००९–२०१८) को वार्षिक औसत ४.३ प्रतिशतभन्दा उल्लेख्य रुपमा बढी हो । यस वृद्धिलाई २०७४ मा भएका निर्वाचनपछिको अपेक्षित राजनीतिक स्थिरता, राम्रोमनसुन र ठुला आयोजनाहरुको तीब्र कार्यान्वयनका लागि प्रयासहरूले भरथेग गर्ने एडिबीले जनाएको छ । विद्युत् आपूर्तिको उपलब्धतामा वृद्धि र उत्पादनमूलक र निर्माणका गतिविधिमा सम्भाव्य विस्तारका कारण आव २०७५/७६ मा औद्योगिक क्षेत्रमा ७.२ प्रतिशतको वृद्धि हुनेछ, जुन अघिल्लो वर्षको ८.८ प्रतिशत भन्दा कम हो । २०७५ जेठ १५ देखि लोडसेडिङको अन्त्यभएसँगै उत्पादनमूलक…
काठमाडौँ: आउँदै गरेको दशैंको फूलपातीमा (असोज ३०) गते अशोक शर्मा निर्देशित नेपाली फिल्म ‘जय भोले’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ। यसअघि यो फिल्म ‘छक्का पञ्जा ३’ सँग भिड्ने खबरले सिनेवृत तरंगीत बनेको थियो । आपसी समझदारी अनुसार ‘छक्का पञ्जा ३’ घटस्थापना र ‘जय भोले’ फूलपातीमा आउन तयार भएका हुन्। निर्देशक शर्माले अब फिल्मको प्रचारलाई तिव्र बनाउने बताएका छन्। पोस्टरमा फिल्मका अधिकांश कलाकार प्रस्तुत गरिएका छन् । यो फिल्मको कथा अभिनेता तथा डमरुको डन्डीबियोका नायक खगेन्द्र लामिछानेले लेखेका हुन्। यस फिल्ममा लामिछाने प्रमुख भूमिकामा छन् । स्वस्तिमा खड्का, सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि…
काठमाडौं: उर्जा,जलस्रोत,तथा सिंचाईमन्त्री बर्षमान पुन र दक्षिण कोरीयाली राजदूत योङग सिक पार्कबीच उर्जा क्षेत्रमा गर्ने सहकार्यका विषयमा छलफल भएको छ । मन्त्री पुनले भेटमा उर्जा क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै कोरियाली लगानीकर्तालाई थप लगानी गर्न समेत आह्वान गरेका छन् । मन्त्री पुनले नेपालमा राजनीतिक स्थायीत्वको युग सुरु भइसकेको भन्दै वर्तमान सरकारको प्राथमिकता शिक्षा,स्वास्थ्य र पुर्वाधार विकासमा रहेको जानकारी दिंदै त्यसका लागी कोरीयाली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे । मन्त्री पुनले चमेलिया जलविद्युत आयोजना निर्माणमा पुरयाएको योगदानप्रती धन्यवाद व्यक्त गर्दै गुणस्तरीय कोरीयाली निर्माण कम्पनी नेपालमा काम गर्न सक्ने धारणा राखे । हेजिङ फण्डबारे आफुले राष्ट्र बैंक र अर्थमन्त्रालयका अधिकारीहरु राखेर…
काठमाडौँ: मंगलबार उत्साहाजनक सूधार देखिएको पूँजी बजारमा आज बुधबार गिरावट आएको छ । सेयर बजार परिसूचक (नेप्से) दुई दशमलब ३१ अंकले घटेर एक हजार २७७ दशमलब ७४ अंकमा पुगेर बजार बन्द भएको छ । मंगलबार नेप्से परिसूचक २२ दशमलब ३७ अंकले बढेको थियो । नेप्सेसंगै कारोवारमा पनि गिरावट आएको छ । आजको कारोवारमा अन्य र जीवन बीमा समूहको परिसूचक बाहेक सबै समूहको परिसूचक घटेको छ । निर्जीवन बीमा समूहको परिसूचक २४ दशमलब २७ अंक र उत्त्पादन मूलक समूहको परिसूच १७ दशमलब ७५ अंकले घटेको छ भने बाणिज्य बैंक २ दशमलब ६९ अंक, विकास बैंक ६ दशमलब ७ अंक र होटल…
पोखरा: पोखराको पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रेया विकको हत्याको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउमा परेका व्यक्तिको नाम गोप्य राखिएको छ । ती व्यक्ति सोही टोलको रहेको बुझिएको छ । यस घटनाको अनुसन्धानको क्रममा एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिए। पोष्टमार्टमको रिपोर्ट प्राप्त नभएकाले हत्यालगायत अन्य घटनाको विषयमा अहिले बताउन नसकिने उहाँले बताउनुभयो । सोमबार साँझ ६ बजे नजिकको पसलमा बिस्कुट खरिद गर्न निस्केकी ती बालिका घर नफर्केपछि मङ्गलबार बिहान आफन्तले खोजी गर्दा घरनजिकको खोल्सा छेउको झाडीमा घोप्टो परेको मृतावस्थामा भेटिएको थियो । बाबुले दोस्रो विवाह गरेपछि मामाघरमा बस्दै आएकी…