Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 19
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » लोभैलोभले जेलिएका ज्ञवाली अन्ततः प्रहरीको फन्दामा, इतिहासकै ठूलो बैंकिङ कसूर मुद्दा

    लोभैलोभले जेलिएका ज्ञवाली अन्ततः प्रहरीको फन्दामा, इतिहासकै ठूलो बैंकिङ कसूर मुद्दा

    पहिलोक्लिकपहिलोक्लिकOctober 5, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: कुनै समय नेपालको बैंक तथा वित्तीय क्षेत्रमा कमल ज्ञवालीलाई आर्दशका रुपमा लिइन्थ्यो ।

    गुल्मीको सामान्य किसान परिवारमा जन्मिएका ज्ञवालीले देशकै व्यावसायिक बैंकिङ घरानालाई टक्कर दिने हैसियत बनाए । तर ज्ञवालीलाई धन कमाउने लोभले नराम्ररी च्याप्यो ।

    नेपाली उखान ‘लोभले लाभ, लाभले विलाप’ भनेजस्तै भयो ज्ञवालीका लागि । तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक रहनुभएका ज्ञवालीले आफैँले स्थापना गरेको बैंकलाई समस्यामा पार्ने गरी ऋण लिने वा दिने दुवै काम गरे ।

    सफलता र प्रगतिले ज्ञवालीलाई चरम महत्वाकांक्षी बनायो । जसका कारण आफैँले स्थापना गरेको बैंकको अस्तित्वसमेत मेटियोे ।

    शेयर कारोवार र घरजग्गाको व्यवसायमा नराम्ररी फसेका ज्ञवालीले नागरिकको निक्षेपमाथि चलखेल गरेर आफूमात्र सकिएनन् बैंकलाई समस्या पारे । बैंकिङ क्षेत्रमा जसरी दिन दुई गुणा रात चार गुणाले प्रगति गरे, सोही रफ्तारमा उनले असफलताको नमीठो पाठ पनि पाए ।

    बैंक ठगीको आरोप लागेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ज्ञवालीको खोजी गर्न थाल्यो । बैंकिङ क्षेत्रमा स्थापित भइसकेको किष्ट बैंक प्रभु विकास बैंकसँग गाभिएसँगै अस्तित्वसमेत मेटियो ।

    त्यसपछि प्रभु बैंकले २०७१ साल भदौ ३० गतेदेखि ‘क’ वर्गको बैंकको रुपमा कारोवार गर्दै आएको छ । प्रहरीको अनुसन्धान र अदालतको आदेशपछि प्रभु बैंकले ज्ञवालीको नाममा रहेको रु २३ करोड बराबरको शेयर बिक्री गरिसकेको छ ।

    किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवालीसमेतले जम्को प्रकाशन प्रालिसँग कमसल धितो लिई, धितोको अधिक मूल्याङ्कन गरी बैंकलाई स्टकको गलत विवरण पेश गरेका थिए ।

    उनलाई बैंक ठग्ने उद्देश्यले स्वीकृतिबिना कर्जा दुरुपयोग गरेको अभियोग लागेको छ । जम्को प्रकाशन प्रालि ज्ञवालीको श्रीमती गौरी खनाल ज्ञवालीको नाममा खोलिएको संस्था हो । पाटन उच्च अदालतले गौरीलाई समेत तीन वर्ष जेल सजाय र रु छ करोड २५ लाख बिगो जरिवानाको फैसला सुनाएको थियो ।

    बैंकिङ कसूरको अभियोग लागेका ज्ञवालीलाई नेपाल प्रहरीले आज कैलाली र कञ्चनपुर जिल्लाको सीमानामा पर्ने मोहना नदीको पुल नजिक गड्डा चौकीबाट पक्राउ गरेको छ । बैंकिङ कसूर र कीर्ते जालसाझी मुद्दामा उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँले कैद सजाय र जरिवाना तोकेको छ ।

    बैंकको स्वीकृतिसमेत नलिई शेयरधनी एवं सञ्चालक पटकपटक परिवर्तन गरी जम्को प्रकाशन प्रालिको नाममा किष्टमा नागरिकले जम्मा गरेको निक्षेप अन्यत्र प्रयोग गरेका थिए । ऋण रकम र सोको ब्याज चुक्ता नगरी कर्जा दुरुपयोग गरेको आरोप ज्ञवालीमाथि लागेको छ ।

    बैंकिङ कसूर गरेको मुद्दामा उच्च अदालत पाटनले २०७३ साल जेठ १३ गते ज्ञवालीलाई चार वर्ष कैद र रु चार करोड २६ लाख ८३ हजार ५११ जरिवाना गर्ने फैसला गरेको थियो ।

    तत्कालीन किष्ट बैंक हाल प्रभु बैंकका तर्फबाट कार्यकारी अधिकृत कुमार लम्सालले ज्ञवाली विरुद्ध जाहेरी दिनुभएको थियो । ज्ञवालीलाई कीर्ते जालसाझी मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०७४ साल जेठ चार गते रु २९ लाख ७७ हजार ३५६ जरिवाना ठहर्ने फैसला गरेको थियो ।

    महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीका अनुसार बैंकिङ कसूरको अभियोगमा ज्ञवालीलाई आज पक्राउ गरिएको हो ।

    प्रहरी प्रवक्ता शैलेश थापाले जतिसुकै ठूलो पद र प्रतिष्ठामा रहेर अपराध गरेको भए पनि त्यो धेरै दिन नटिक्ने र कुनै न कुनै दिन कानूनको दायरामा आएरै छाड्ने बताउनुभयो ।

    नेपालको इतिहासमै ठूलो बैंकिङ कसूरको अभियोग लागेका ज्ञवालीलाई पक्राउ गरेर प्रहरीले ठूलो सफलता हात पारेको छ । प्रवक्ता थापा भन्छन्, “प्रहरीले सबै खालको साधन र स्रोतको प्रयोग गर्न सक्दा जस्तोसुकै अपराधीलाई पनि पक्राउ गर्न सक्छ भन्ने पुनःपुष्टि गरेको छ ।”

    लामो समयदेखिको अनुसन्धानले सफलता पाएको जानकारी दिँदै उनले अदालतको आदेशअनुसार कारवाही प्रक्रिया अगाडि बढ्ने बताए ।

    छिट्टै सफलताको सिंढी चढेर सोही रफ्तारमा ओरोलो लागेका ज्ञवालीकोे नकारात्मक नजिरले अन्य बैंकरलाई पनि झस्काइ रहनेछ ।

    Facebook Comments Box

    कमल ज्ञवाली
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.