Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- कक्षा १२ को परीक्षाफल सार्वजनिक
- सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँले घट्यो
- प्रतिनिधि सभाबाट बजेट पारित
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, पूर्वाधार विकास क्षेत्रमा ६१ प्रतिशत बिनियोजन
- आज बजेट पारित हुँदै, अर्थमन्त्री वाग्लेसहित मन्त्रीहरुले जवाफ दिने
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
पर्सा: राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताएका छन्। राजपा पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतोले सङ्घीयताप्रति वितृष्णा उत्पन्न गरी मुलुकलाई नै असफल बनाउने खेलमा सङ्घीयता तथा लोकतन्त्र विरोधीहरु लागेकाले सबै राजनीतिक दल सचेत हुनुपर्नेमा जोड दिए। उनले कर वृिद्धको आडमा लोकतन्त्र विरोधीहरु सङ्घीयतासँगै लोकतन्त्रलाई नै सिध्याउने खेलमा लागेकाले स्थानीय तथा सङ्घीय सरकारले जनताको ढाड सेक्ने गरी कर वृद्धि नगर्न र गरिएको कर वृद्धि फिर्ता लिन अपिल समेत गरे । नेता महतोले संविधान संशोधनमार्फत मधेसीका मुद्दा संविधानमा समावेश गर्ने सरकारको प्रतिवद्धता अझै पूरा नभएको भन्दै अधिकार…
सोलुखुम्बु : सोलुखुम्बुका विमानस्थलमा हवाई सेवा प्रभावित बनेको छ । फाप्लु विमानस्थलमा काठमाडौँदेखि फाप्लु आउने यात्रु नहुँदा र लुक्ला विमानस्थलमा मौसम प्रतिकूलताको कारण हवाई सेवा प्रभावित बनेको हो । असार महिनामा मौसम प्रतिकूलताको कारण नियमित उडान बन्द गरेका निजी कम्पनीका विमानले असोज पहिलो साता बितिसक्दा पनि फाप्लु विमानस्थलमा नियमित उडान गर्न सकेका छैनन् । काठमाडाँैदेखि सल्लेरी सीधा सडक यातायात सञ्चालन भएसँगै हवाई यात्रुको सङ्ख्यामा कमी आएको बताइन्छ । विगत ५ महिनादेखि उडान नगरेको समिट एयरलाइन्सले काठमाडौँबाट आउने यात्रु नभएकाले नै उडान तालिका नराखेको जानकारी दिएको छ । फाप्लुबाट यात्रु पाए पनि काठमाडौँबाट सोलुखुम्बु आउने यात्रु नहँुदा उडान हुन नसकेको समिट…
काठमाडौं: कैलाश विकास बैंकले १७ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले गत वर्ष १० प्रतिशत बोनस शेयर र ९ दशमलव पाँच प्रतिशत नगद गरी कुल १९.५ प्रतिशत लाभांश दिएको थियो। यस आधारमा गत वर्ष भन्दा यसपटक लाभांश दर केही कम भएको देखिन्छ । बैंकको हाल चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ रहेको छ। बैंकले ४२ करोड ८५ लाख ८ हजार १२० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो।…
काठमाडौँ : कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई ५५ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोग सम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र अर्थसचिव राजन खनालले हस्ताक्षर गरेका छन् । अनुदानस्वरुप प्राप्त हुने उक्त रकम प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तरका साथै प्राविधिक संस्था र तिनका प्रशिक्षकहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा खर्च हुनेछ । समझदारीपत्रमा हस्ताक्षर गरेपछि राजदूत पार्कले नेपालको प्राविधिक जनशक्तिलाई थप सशक्त तुल्याउन आफ्नो देशको सरकारबाट सहयोग प्रदान गरिएको बताउँदै त्यसले दुई देशबीचको पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याएको उल्लेख गरे ।…
काठमाडौँ: नेपालीको महान् चाड दशैँका लागि टिकट खुलेसँगै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुको सुविधालाई मध्यनजर गरी उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । दशैँ मान्न उपत्यकाबाट झण्डै २५ लाख मानिस बाहिरिने हुँदा यात्रुको सहायताका लागि उक्त कक्ष स्थापना गरिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कलङ्की, स्वयम्भू, नयाँ बसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, नयाँ बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले स्थापना गरिएको सहायता कक्षमा अपराध, दुव्र्यवहार,…
काठमाडौँ : नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ बिहीबारदेखि दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आयोजना गरिएको छ । गत असार ५ गतेदेखि १० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणको क्रममा भएको सहमतिअनुसार नै बैठकको आयोजना गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । सोही भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र उनका चिनियाँ समकक्षीबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा समेत हस्ताक्षर भएको थियो । ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा प्रभावकारी रुपमा काम गर्ने र नेपालमा चिनियाँ लगानी भित्र्याउनका लागि विशेष वातावरण तयार पार्ने लक्ष्यका…
काठमाडौं : कालिका पावरको आइपीओ बुधबार बाँडफाँट भएको छ । गोलाप्रथामार्फत १ लाख १३ हजार १७७ जना लगानीकर्तालाई १० कित्ताको दरले सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । कालिकाको आइपीओमा कुल ८० लाख ६ हजार ९९० कित्ता सेयरका लागि ८० करोड ६ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेकोमा १८ हजार ७८० कित्ता सेयरका लागि दिएको आवेदन रद्द भएको छ । कालिकाले भदौ २८ गतेदेखि असोज १ गतेसम्म १२ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।
न्यूयोर्क: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकाले विश्वव्यापीकरणको विचारधारालाई अस्वीकार गरी देशभक्तिलाई अगाडि सारेको बताएका छन् । संयुक्त राष्ट्रसंघको न्यूयोर्क मुख्यालयमा आयोजित ७३औं महासभामा मङ्गलबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले हरेक मुलुकले आफ्नो देशलाई पहिलो बनाउने गरी काम गर्न आग्रह गरे । राष्ट्रपति ट्रम्पले विश्वले इरानको आणविक कार्यक्रमलाई असफल बनाउनेगरी लगाइएको आर्थिक प्रतिबन्धलाई कार्यान्वयनमा ल्याउन मद्दत गर्नुपर्ने खाँचो औंल्याए । उनले यमन र सिरियामा रक्तपातपूर्ण युद्ध फैल्याउन इरानले लगानी गरिरहेको आरोप लगाउँदै यस्ता घृणित कार्य रोक्नका लागि इरानमाथि आर्थिक दबाब सिर्जना गर्नुको विकल्प नरहेको बताए । उत्तर कोरियासँग आणविक निःशस्त्रीकरणका बारेमा वार्ताहरु अघि बढेको र चाँडै अर्को शिखर बैठकको आयोजना हुने…
काठमाडौँ: कञ्चनपुरकी बालिका निर्मला बलात्कार तथा हत्या प्रकरणमा नेपाल प्रहरीले एसपी डिल्लीरम विष्टसहित १७ जनालाई निगारीमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । कारबाही अगाडि बढाएका व्यक्तिहरुमा राजेन्द्रसिंह धामी, धर्मसिंह धामी, सुरेन्द्रसिंह कुँवर, चाँदनी साउद, वासुदेव अवस्थी, पे्रमबल्लवभ जोशी, जगदीश भट्ट, एकीन्द्रबहादुर खड्का, कृष्णीसिंह विष्ट, रामसिंह धामी, धर्मेन्द्रसिंह विष्ट र लाल विष्ट रहेका छन् । प्राप्त जानकारीअनुसार अनुसन्धानको सिलसिलामा प्रहरी प्रधान कार्यालयले नेपाल राट्र बैंक प्रधान कार्यालय बालुवाटारलाई पत्र लेखी उल्लिखित व्यक्तिहरुको विवरणसहित बैंकखाता माग गरेको छ । ०७५ असोज ४ गते बैंकिङ विवरण माग गरिएको पत्रमा भनिएको छ, २०७५ साल साउन ११ गते जिल्ला कञ्चनपुर भिनपा १८ स्थित उखुवारीमा…
काठमाडौँ: जसरी २०२६ सालतिर बिपी कोइरालाले भारत निर्वासनमा बस्दा राजा महेन्द्रको सरकारसँग लड्नका लागि बटुलेको हतियार पाकिस्तानसँग छुट्टिन संघर्षरत बंगालेदशको मुक्ति बाहिनीलाई ट्रकका ट्रक पठाए । र, चालिसको दशकमा रामराजाप्रसाद सिंह अनि जनयुद्धताका प्रचण्ड—बाबुरामले भारतमा आश्रय लिए । अहिले के विप्लव माओवादीले पनि बंगलादेशको कुनै समुहसँग त्यस्तै खाले सम्पर्क विस्तार गरेको हो ? यसबारे तथ्य छिट्टै सार्वजनिक होला । तर, प्राप्त दस्तावेज र खर्च विवरणहरुले त्यस्तै देखाउँछ । प्रहरीद्धारा बरामद विभिन्न कागजातअनुसार बंगलदेशतर्फ सैन्यसम्बन्धी विविध सहयोगका लागि सम्पर्क र सहयोग भएको भुझिन्छ । हवाई मार्ग या फुलबारी नाकामध्ये कतै न कतैबाट चलखेल हुँदै गरेको दावी पुग्ने अभिलेख फेला परेको हो…