Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- कक्षा १२ को परीक्षाफल सार्वजनिक
- सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँले घट्यो
- प्रतिनिधि सभाबाट बजेट पारित
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, पूर्वाधार विकास क्षेत्रमा ६१ प्रतिशत बिनियोजन
- आज बजेट पारित हुँदै, अर्थमन्त्री वाग्लेसहित मन्त्रीहरुले जवाफ दिने
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: जारी युइएफए च्याम्पियन्स लिगको गयराती भएको खेलमा रियल मद्रिड, युभेन्ट्स, बायर्नमुनिक, म्याचेस्टर युनाइटेड र लियोनले म्याचेस्टर सिटिमाथि जित हात पारेको छ । ग्रुप ‘इ’ को समुहबाट अजेक्सले एक एथेन्समाथि ३-० गोल, बायर्नम्युनिकले बेनिफिकामाथि २-० गोलको जित हात पारेको हो भने समूह ‘एफ’ अन्तर्गतको अर्को खेलमा शख्तर र होफेनहेमबीचको खेल २-२ को बराबरीमा सकिएको छ भने सोहि समुहमा रहेको म्याञ्चेटर सिटिभने लियोनसंग २-१ गोलले स्तब्ध बन्यो। यस्तै समूह ‘जि’को अर्को खेलमा डिफ़ेण्डिङ च्याम्पियन रेलियल मड्रिडले रोमालाई ३-० गोलले हरायो भने भिक्टोरिया जेन र सीएसके मस्कोबीच २-२ को बराबरी रह्यो। यस्तै, अर्को ‘एच’ को खेलमा योङ्ग बोयजमाथि म्याञ्चस्टर युनाइटेडले ३-० गोल…
काठमाडौँ: नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ । निगमले आज एक सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्याङ्कर तथा चालकलाई कडा कारवाही गरिने जनाएको छ । निगमले ट्याङ्कर पूर्णरुपले सञ्चालन गरी आम उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष प्रभाव पार्ने अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति सरल र सहज राख्न तत्काल आ–आफ्नो क्षेत्रमा ट्याङ्कर सञ्चालन गर्नसमेत सूचीत गरेको छ । इन्धन ढुवानीकर्ताका जायज विषयमा निगम सकारात्मक रहेको, सही वैज्ञानिक ढुवानी भाडामा…
सुर्खेत: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक राउटेले चौथो संविधान दिवस मनाएका छन् । उनीहरुले खुलेरै आज संविधान दिवसको गुणगान गरे । विगतमा आफ्नै रीतिथितिमा तल्लीन हुने र आफूलाई जङ्गलको राजा मान्ने उनीहरु यस वर्ष कर्णाली प्रदेश सरकारसँगै हातेमालो गर्दै दिवस समारोहमा सामेल भए । दिवसमा उनीहरुले पैसरु नाच देखाए, अरूलाई आकर्षित गरे, प्रदेश प्रमुखसहित मन्त्री र सरकारका उच्च अधिकारीहरुलाई समेत मनोरञ्जन दिए । जङ्गलको बास छोडेर दैलेखेको गुराँस गाउँपालिका–८ झ्याजेस्थित बस्दै आएका राउटे दक्षिण एशियाको लोपोन्मुख जातिका रुपमा मानिन्छ । पछिल्लो समयको विकास र मानव चहलपहलका कारण राउटे रहनसहन र संस्कार छोडेर आधुनिक संस्कृति अँगाल्न थालेका छन् ।…
काठमाडौँ: नेपाली काङ्ग्रेसले संविधान कार्यान्वयनको पछिल्लो अध्याय अझै अधुरो रहेको जनाएको छ । संविधानसभाद्वारा निर्मित संविधानको चौथो वर्ष प्रवेशका अवसरमा आज केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा संविधान कार्यान्वयन, अपनत्व विस्तार, पालनाका काम अझै अधुरो रहेको जानकारी गराइयो । काङ्ग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयन तीन तहको निर्वाचन सम्पन्न भई ऐतिहासिक चरण पूरा भए पनि निर्वाचनले संस्थागत गरेको संविधानको समग्र सफलताका लागि राख्नुपर्ने गाम्भीर्यता वर्तमान सरकारवाट प्रस्तुत हुन नसकेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । “सङ्घीयतालाई बलियो बनाउने ढङ्गले केन्द्रीय सरकारले इच्छाशक्ति र क्षमता प्रस्तुत गर्न सकेन, दुईबाहेक अन्य प्रदेशको नामाकरणसमेत हुन सकेको छैन, प्रदेश राजधानीको अन्तिम निर्णयले गम्भीरतापूर्वक विषय प्रवेशसमेत…
काठमाडौँ: नेपाल र चीन ऊर्जा संयन्त्रको बैठक र त्यसका कार्यसूचीका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यहाँस्थित चिनियाँ राजदूत यू होङसँग छलफल गरेका छन्। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा ऊर्जा संयन्त्रको बैठक र द्विपक्षीय हितका विषयमा छलफल भएको उहाँको सचिवालयले जनाएको छ । यही असोज ११ र १२ गते नेपाल र चीनबीच पहिलो पटक ऊर्जा संयन्त्रको बैठक बोलाइएको छ । बैठकमा ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्य र ऊर्जामन्त्रीको आगामी चीन भ्रमणका विषयमा छलफल भएको थियो । चीनसँग गरेको सम्झौताअनुसार नेपालले संयुक्त कार्यान्वयन संयन्त्र निर्माण गरिसकेको छ । भेटमा ऊर्जामन्त्री पुनले अन्र्तदेशीय प्रसारण लाइन र जलविद्युत् आयोजना निर्माण लगायतका…
काठमाडौँ: भूकम्पबाट भत्किएका पशुपति क्षेत्रका संरचनाको पुनःनिर्माण र यस क्षेत्रको बृहत्तर गुरुयोजना बनाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सहयोग गर्ने भएको छ । क्षतिग्रस्त संरचनाको पुनःनिर्माणलाई छिटो गर्न र गुरुयोजना निर्माण गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउन प्राधिकरणले प्राविधिक एवं आवश्यकताअनुसार आर्थिक सहयोगसमेत गर्न लागेको हो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालसहितको समूहसँग आज छलफल गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माणमा मौलिक शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोगका लागि आवश्यक पुरातत्वविद् तथा प्राविधिक जनशक्ति लगायतमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पशुपति क्षेत्रका भूकम्प प्रभावित संरचना पुनःनिर्माण एवं प्रबलीकरणको स्पष्ट योजना माग गर्दै उनले…
काठमाडौँ: निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले थप नयाँ एटिआर–७२–५०० विमान भित्र्याएको छ । मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका नाइन एन–एएलएन विमानसँगै यतिका अब तीन वटा एटिआर विमान भएका छन् । उक्त विमान फ्रान्सको टुलुस शहरबाट इटाली, इजिप्ट, मस्कट हुँदै काठमाडौँ ल्याइएको कम्पनीले जनाएको छ । थपिएको एटिआर विमान हालका गन्तब्यबाहेक भद्रपुर तथा निकट भविष्यमै पोखरा सेवा दिने यति एयरलाइन्सका वरिष्ठ प्रवन्धक तथा प्रवक्ता भीमराज राईले जानकारी दिए। यतीको एटिआर विमानले हाल विराटनगर, भैरहवा, नेपालगञ्ज उडान भर्दै आएको छ । यती एयरलाइन्सको थपिएका तीन वटा एटिआर–७२–५०० र ६ वटा बिएई जेटस्ट्रीम ४१ विमानले उडान भर्नेछन् । यतीकै…
परासी: संविधान दिवसको विरोध गर्ने तयारीमा रहेका स्वतन्त्र मधेश गठबन्धन (सिके राउत) का २० जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । गठबन्धनका जिल्ला संयोजक श्रीकृष्ण यादव, जिल्ला सदस्य प्रकाश पासवानसहित २० जना कार्यकर्ता पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ बेलाशपुरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । दिउँसो करीब २ बजेको समयमा संविधानको विरोध गर्दै जुलुस निकाल्ने तयारी गरिरहेको जानकारी पाएपछि उनीहरुलाई पक्राउ गरिएको उनले बताए। पक्राउ गरिएका सिके राउतका कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयमा राखी सोधपुछ तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ: यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा गठित लिग कमिटीले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा असोज १३ गते शनिबार दिउँसो ३ बजे हुनेछ । तेह्र चरणसम्म खेलाइने लिगको सबै खेल तालिका सार्वजनिक गरिएको छ । सो अवसरमा ए डिभिजनका १४ वटै क्लबका प्रतिनिधि सहभागी थिए । गोला प्रथाद्वारा सार्वजनिक गरिएको तालिकामा पहिलो राउन्डमा सातवटा खेल हुनेछन् । खेल तालिकाअनुसार पहिलो चरणको खेलमा…
बाँके: नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सोझै हवाई उडानको सम्भावना तत्काल देखिएको छैन् । बुद्ध एयरले नेपालगञ्ज–नयाँ दिल्लीका लागि नियमित उडान सञ्चालन गर्ने घोषणा गरे पनि त्यसको सम्भावना अहिले देखिएको छैन । “अन्तर्राष्ट्रिय उडानका लागि डोमेस्टिक एयरको छुट्टै सेक्टर आवश्यक पर्छ, तर नेपालगञ्ज विमानस्थलमा त्यो छैन, यस सम्बन्धी पूर्वाधार निर्माण गर्न अझै एक वर्ष लाग्छ, त्यसैले नेपालगन्ज–दिल्ली उडान अहिले सम्भव छैन”, नेपालगञ्ज नागरिक उड्डयन कार्यालयका निर्देशक प्रेमनाथ ठाकुरले भन्नुभयो । बुद्ध एयरले पुस पहिलो सातादेखि नेपालगञ्ज–दिल्ली उडान भर्ने बताइरहेका बेला निर्देशक ठाकुरले कम्तीमा अझै पनि एक वर्ष यो विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्ने जानकारी दिनुभयो । केही…