Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- कक्षा १२ को परीक्षाफल सार्वजनिक
- सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँले घट्यो
- प्रतिनिधि सभाबाट बजेट पारित
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, पूर्वाधार विकास क्षेत्रमा ६१ प्रतिशत बिनियोजन
- आज बजेट पारित हुँदै, अर्थमन्त्री वाग्लेसहित मन्त्रीहरुले जवाफ दिने
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: एयरबसका दुइटा वाइड बडी विमान किन्नेबारे नेपाल वायुसेवा निगमले अमेरिकाको एएआर कर्पसँग २७ जनवरी २०१७ मा समझदारी ग¥यो । तर, विमान हाई फ्लाई एक्स आयरल्यान्डसँग किन्यो, जुन कम्पनी त्यसको २६ दिनपछि २१ फेब्रुअरी २०१७ मा स्थापना गरियो । अर्बौंको खरिदमा कीर्ते काम यसरी सुरु भयो । दर्ता नम्बर ५९९०१० भएको हाई फ्लाई एक्सको देखावटी कार्यालय ग्रान्ड क्यानल हार्बर, डब्लिन २ मा थियो । त्यसको दर्ता उद्देश्यमा भनिएको छ, ‘हवाई यातायातका उपकरण भाडामा लिने–दिने काम गर्ने ।’ नेपाललाई जहाज बेचेपछि त्यसको कामै सकियो । स्रोत भन्छ, ‘बन्द भइसक्यो ।’ सुरुमा सम्झौता गरिएभन्दा निकै कमसल हालतमा र ढिला गरेर दुइटै जहाज…
काठमाडौँ: सरकारले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चालू आर्थिक वर्षका लागि एक लाख टन चिनीको कोटा निर्धारण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । बैठकले नेपालको संविधानको धारा २७७ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट प्रकारको योगदान पु¥याउनुहुने विभिन्न व्यक्तिलाई विभूषित गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए । बैठकले मुलुकी फौजदारी (अपराध) संहिताको अनुसूची हेरफेर गरी सबै प्रकारका ठगी मुद्दाको बादी नेपाल सरकार हुने गरी संशोधन गरेको छ । त्यस्तै नेपालगञ्जको खजुरामा रहेको कपास…
काठमाडौँ: सरकारले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चालू आर्थिक वर्षका लागि एक लाख टन चिनीको कोटा निर्धारण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । बैठकले नेपालको संविधानको धारा २७७ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट प्रकारको योगदान पु¥याउनुहुने विभिन्न व्यक्तिलाई विभूषित गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए । बैठकले मुलुकी फौजदारी (अपराध) संहिताको अनुसूची हेरफेर गरी सबै प्रकारका ठगी मुद्दाको बादी नेपाल सरकार हुने गरी संशोधन गरेको छ । त्यस्तै नेपालगञ्जको खजुरामा रहेको कपास…
काठमाडौँ: नेपाल टेलिकमले असोज १ गतेदेखि इन्ट्रानेट लिज सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गर्ने भएको छ । कर्पोरेट ग्राहकहरुले नेपाल टेलिकमको आईपी नेटवर्क प्रयोग गरी आफ्नो मल्टिपल प्वाइन्टहरु कनेक्ट गर्नको लागि इन्ट्रानेट लिज सेवाको उपयोग गर्न सक्ने टेलिकमले जनाएको छ । बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई कम गरी थप आकर्षक तथा समसामयिक बनाइएको छ । पहिले न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्ट्रानेट लिज लाइन उपलब्ध गराइएकोमा अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको लिज लाइन उपलब्ध गराइने छ । हाल २५६ केबीपीएस ब्यान्डविथको लिज लाइन प्रयोग गरिरहेका ग्राहकहरुको समयावधि सकिएपछि स्वचालित रुपमा ५१२…
लमही : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले दशैँ अगाडि नै दाङको टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याउने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले एयरपोर्ट सञ्चालनका लागि दाङमा आज आयोजना गरेको अन्तक्र्रियामा उनले दशैँ अगाडि नै सानो जहाज उडान हुने बताए । सिधँै काठमाडौँदेखि दाङसम्म उडान गरिने र त्यो सम्भव नभए पनि काठमाडौँबाट भैरहवा हुँदै दाङ हवाई सेवा सुचारु गर्न पहल थाल्नेसमेत उनले बताए । मन्त्री अधिकारीले पटकपटक जहाज सञ्चालनमा आउन नसक्नु दुःखद् पक्ष भएको भन्दै इन्धन डिपो, धावनमार्ग स्तरोन्नति गर्नसमेत पहल थाल्ने बताए । साथै मन्त्रीसहित मन्त्रालयबाट आएको प्राविधिक टोलीले एयरपोर्टको अवलोकन गरेको थियो । अहिले कालोपत्रे गरिएको धावनमार्ग ७५०…
काठमाडौँ : नागार्जुन–८ को ग्रामीण क्षेत्रका गर्भवतीलाई नियमित गर्भजाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले भीमढुङ्गा स्वास्थ्यचौकीले गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउँदै आएको छ । गर्भवती स्याहार प्रोत्साहन कार्यक्रम सञ्चालनअन्तर्गत सो व्यवस्था गरिएको हो । कार्यक्रमअन्तर्गत पहिलो पटक गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको हो । चार पटक गर्भजाँच गराउनेलाई शुरुको गर्भजाँचको समयमा एक क्रेट अण्डा, नौ महिनाको समयमा थप एक क्रेट अण्डा, दन्तमञ्जन एक सेट, आयोडिनयुक्त नून एक प्याकेट, नुहाउने साबुन एक, लुगाधुने साबुन एक र चना एक केजी प्रदान गरिने भीमढुङ्गा स्वास्थ्यचौकी प्रमुख स्वास्थ्य सहयोगी प्रकाश खतिवडाले बताए । गर्भवतीको पोषणको अवस्थामा सुधार…
काठमाडौँ :नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको मेला ‘नाडा अटो सो’ मा करीब एक अर्ब रुपैयाँ बराबरको कारोवार भएको छ । यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको मेलामा नयाँ ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे, ठूला सवारी साधनका साथै तीनका पार्टस्पूर्जाको कारोवार भएको छ । करीब ६० हजार दर्शकले अवलोकन गरेको उक्त मेलामा देशका विभिन्न स्थानबाट नयाँ मोडलका गाडी तथा विदेशी गाडीको बिक्रीका लागि स्वदेशमा रहेका सबै मुख्य ब्राण्डको सहभागिता थियो । अन्तर्राष्ट्रिय तहका नाम चलेका विभिन्न कम्पनी तथा ब्राण्डका सामग्रीमा सहुलियत तथा छुटको व्यवस्थासमेत गरिएको थियो । सङ्घका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले यस क्षेत्रले मुलुकको राजश्वमा करीब…
काठमाडौँ: यातायात व्यवसायीले दशैंका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएका छन् । आइतबार सरकारसँग भएको वार्तापछि यातायात व्यवसायी असोज ५ गतेदेखि अगि्रम टिकट बुकिङ खुला गर्न तयार भएका हुन् । दशैँ लगत्तै भाडा समायोजन गर्ने र रोक्का भएका बैंक खाता खोल्न सम्बन्धित निकायलाई यातायात व्यवस्था विभागले पत्राचार गरेर पहल गर्ने सहमति भएसँगै यातायात व्यवसायी अग्रिम टिकट बुकिङ गर्न सहमत भएको एक व्यवसायीले बताए । व्यवसायी र सरकारबिच असोज ४ गतेभित्र काउन्टर राख्ने र अनुगमनको मोडालिटी तयार पार्ने तयारी छ । उनले सरकार माग पुरा गर्न प्रतिवद्ध देखिएका कारण सहमति भएको बताए । दशैंमा उपत्यकाका ७० देखि…
काठमाडौँ : नेपाल प्रहरीले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे छानबिन गर्न प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा अधिकारसम्पन्न समिति गठन गरेको छ । पन्तको हत्याबारे प्रहरीको भूमिका सम्बन्धमा जनमानसमा आवाज उठिरहेका बेला प्रहरीबारे नै छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक बस्न्यातको नेतृत्वमा गठन गरेको समितिका सदस्यमा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उत्तमराज सुवेदी र नीरजबहादुर शाही तथा विभिन्न क्षेत्रका व्यक्ति रहेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताए । प्रहरी वरिष्ठ उपरीक्षक क्षेत्रीले यसअघि प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीको संयोजकत्वमा बनाइएको समितिलाई अधिकारसम्पन्न बनाएर प्रहरी नायब महानिरीक्षकलाई संयोजक बनाइएको बताए । प्रहरी नायब महानिरीक्षक बस्न्यातको नेतृत्वमा बनेको समितिले शनिबार मात्र गृह…
काठमाडौँ: प्रदेश नं. ३ का मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले उद्योग–व्यवसायमैत्री नीति र ऐन ल्याउन आवश्यक गृहकार्य सहित योजना तर्जुमा गरिरहेकोले निजी क्षेत्र हतोत्साही हुनु पर्ने कुनै कारण नभएको बताएका छन् । नेपाल उद्योग परिसंघले प्रदेश सरकार नीति तथा योजना आयोगसँगको सहकार्यमा आयोजित प्रदेश नं. ३ को समृद्धिको मार्गचित्र विषयको अन्तरक्रिया कार्यक्रममा मूख्यमन्त्री पौडेलले उक्त कुरा व्यक्त गरेका हुन् । उक्त अवसरमा उनले केन्द्र सरकार र स्थानीय सरकारको लामो प्रशासनि अनुभव भएको तर प्रदेश सरकार नयाँ भएको र जनशक्ति, नीति र स्रोतसाधन र अनुभव पनि कम रहेकोले प्रदेश सरकार आजसम्म अन्यौलपूर्ण अवस्था छ तापनि अब छोटो समयमै आफ्नो संस्थागत स्वरुपसँगै…