काठमाडौँ: मंगलबार उत्साहाजनक सूधार देखिएको पूँजी बजारमा आज बुधबार गिरावट आएको छ । सेयर बजार परिसूचक (नेप्से) दुई दशमलब ३१ अंकले घटेर एक हजार २७७ दशमलब ७४ अंकमा पुगेर बजार बन्द भएको छ ।
मंगलबार नेप्से परिसूचक २२ दशमलब ३७ अंकले बढेको थियो ।
नेप्सेसंगै कारोवारमा पनि गिरावट आएको छ । आजको कारोवारमा अन्य र जीवन बीमा समूहको परिसूचक बाहेक सबै समूहको परिसूचक घटेको छ ।
निर्जीवन बीमा समूहको परिसूचक २४ दशमलब २७ अंक र उत्त्पादन मूलक समूहको परिसूच १७ दशमलब ७५ अंकले घटेको छ भने बाणिज्य बैंक २ दशमलब ६९ अंक, विकास बैंक ६ दशमलब ७ अंक र होटल समूह ९ दशमलब ९८ अंकले घटेको छ ।
त्यसैगरी, जलबिधुत २ दशमलब ९८ अंक, बित्त ३ दशमलब २७ अंक र लघुवित्त एक दशमलब ०४ अंकले घटेको छ ।
यधपी, जीवन बीमा समूहको परिसूचक ३० दशमलब ४८ अंक र अन्य समूह एक दशमलब ०४ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जमा १७१ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ८ हजार ८९० कारोबारबाट ९० करोड ९९ लाख, १४ हजार ६२० रुपैयाँ बराबरका ४५ लाख ७७ हजार ९९३ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
मंगलबार १७३ कम्पनीहरुको ९ हजार ७३० कारोबारबाट एक अर्ब ८१ करोड ६६ हजार २२२ रुपैयाँ बराबरका ४२ लाख ४२ हजार ६३३ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।