Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइतका कार्यक्रम भदौ २६ गते मंगलबारदेखि शुरु हुने बताएको छ । मंगलबार बिहान ११ बजेर ४९ मिनेटमा इन्द्रध्वजोत्थानको लिङ्गो लिन जानका लागि वनयात्राको साइत निस्किएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । मङ्गलबार राति ९ बजेर २१ मिनेटमा लिङ्गोको रुख काट्ने साइत छ । काटिएको लिङ्गोलाई नगरअर्थात् भोटाहिटी प्रवेश गराउने साइत असोज १ गते सोमबार बिहान १० बजेर १७ मिनेटमा छ । नगर प्रवेश गराइएको लिङ्गोलाई असोज ५ गते शुक्रबार बिहान ८ बजेर ५ मिनेटमा इन्द्रध्वजोत्थानका रुपमा ठड्याउने साइत दिइएको छ । इन्द्रजात्राको मुख्य दिन असोज ८ गते…
काठमाडौँ: बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सको सामान गर्ने भएको छ । हिजो भएको माल्दिभ्स र श्रीलंकाबीच भएको समूह ‘बी’ को खेल बराबरीमा सकिएपछि सेमिफाइनलमा जानेको टोलिको छिनोफानो टस गरेर भाग्यको आधारमा निर्णय गर्दा माल्दिभ्सको भाग्यले साथ दियो र नेपालसंगको भेट तय भएको हो । यस्तो दोश्रो सेमिफाइनल खेल भने भारत र पाकिस्तानबीच हुनेछ। नेपालका लागि माल्दिभ्स पुरानो प्रतिद्वन्दी हो। सुरुवाती वर्षमा नेपालले माल्दिभ्सलाई सजिलै हराउने गरे पनि पछिल्लो समय भने माल्दिभ्स नेपालमाथि हावी छ। साफ च्याम्पियनसिपको इतिहाँसमा नेपालले अहिलसम्म माल्दिभ्सबिरुद्ध ६ पल्ट खेलेको मा कुनै पनि खेलमा जित निकाल्न सकेको छैन। त्यसमध्ये नेपाल…
काठमाडौँ: प्रहरीका अनुसार १० साउनमा नै घाँस–दाउरा गर्न गएकी स्थानीय महिला धना भण्डारीले दिउँसो ४ बजेतिर निर्मलाको साइकल देखेकी थिइन् । धनाका अनुसार देउरानी जमुनासँगै उनी घाँस–दाउराका लागि त्यो क्षेत्रमा गएकी थिइन् । उनकी देउरानीका ६ वर्षे छोरा सन्दीप पनि पछि लागेर गएका थिए । करिब ४ देखि साढे ४ बजेतिर सन्दीपले घटनास्थलनजिकैको नहरमा साइकल देखेको बताए । त्यसपछि आमा जमुनाले होमवर्क गर्न छाडेर आफूहरूको पछि लागेको भन्दै छोरालाई हप्काइन् । धनाले नहरतिर हेरिन् । ‘साइकल पानीमा डुबेको अवस्थामा थियो, त्यसैले रङ त थाहा भएन । एकापट्टिको हेन्डिलको कालो भाग र आधा डुबेको सिटको कालो भागसम्म देखेकी हुँ । कसैले…
काठमाडौँ: बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेला ऋणको ब्याजदर घटाउन पाउने भएका छन्। हालै जारी भएको एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो। यसअघि आधार ब्याजदर(बेस रेट) मा आएको परिवर्तनअनुसार त्रैमासिक रूपमा मात्र घटाउन पाइने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार आधार ब्याजदरमा कमी आएपछि बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेलामा ऋणको ब्याजदर घटाउन सक्नेछन्। ऋणको ब्याज बढाउन भने त्रैमास (तीन महिना) कुनुपर्नेछ। ‘नयाँ व्यवस्था ब्याजदर घटाउनका लागि मात्र हो। वृद्धिका लागि होइन’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘ब्याजदर बढाउनका लागि भने बैंक तथा वित्ती संस्थाले त्रैमास कुनुपर्नेछ।’ पछिल्लो समय वित्तीय प्रणलीमा तरलता(लगानीयोग्य रकम) सहज भए पनि बैंक तथा वित्तीय संस्थाले…
काठमाडौं: आइतबार चितवन जिल्ला अदालतले फुजेल हत्याकाण्ड प्रकरणमा फैसला सुनाएको छ । अदालतको फैसलामा १२ जनाले सफाइ पाएका छन् । एक जना प्रतिवादी रुद्र आचार्य पक्राउ नपरेको हुँदा पछि ठहर गर्ने गरी फैसला सुनाएको हो । अदालतले माओवादी सशस्त्र संघर्षका बेलामा चितवन रत्ननगरमा भएको गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणमा छविलाल पौडेलले असार २४ गते अदालतमा आत्मसमर्पण गरेका थिए । अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश गरेको थियो । स्रोतका अनुसार थुनामा रहेका छविलाल पौडेल निर्दोष ठहरिएपछि रिहाईको खुसीयालीमा भोलि बिहान ७ बजे र्याली निकाल्ने कार्यक्रम तय भएको बताइएको…
काठमाडौँ: अमेरिकी संघीय सरकारको नेसनल क्रेडिट युनियन एडमनिस्ट्रेसन एनसीयएले गत अगस्ट २४ मा एउटा वित्तीय संस्थालाई सञ्चालन अनुमति दियो । त्यो उसले इजाजत दिएको सन् २०१८ को पहिलो संस्था हो । सुखद प्रसंग छ, यसका सबै लगानीकर्ता नेपाली हुन् । नेपाली विदेशमा दुःख मात्रै गर्न जान्छन् भन्ने आमबुझाई छ । तर, त्यसलाई खण्डन गरेको छ एभेरेस्ट फेडरल क्रेडिट युनियन को उदयले । यो सामुदायिक बैंक हो । उक्त बैंकको गत साता नेपाली राजदुत अर्जुन कार्कीले उद्घटन गरे, जुन सारोहम ४ सयभन्दा बढी सहभागी भए । नेपाली समुदायले धान्न सक्ने सेवा प्रदान गर्ने हेतुले नेपाली लगानीकर्ताबाट एभरेस्ट फेडरल क्रेडिट युनियन खुलेको…
चितवन: गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको छ । न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आज उक्त फैसला गरेको हो । अदालतका स्रेस्तेदार गेहेन्द्र पन्तका अनुसार फैसलामा न्यायको मान्य सिद्धान्त र प्रमाण तथा ऐनको दफा २५ को दायित्व नेपाल सरकारले गर्न नसकेको मुद्दामा कानूनी रुपले प्रमाण अभाव देखिँदा दावी स्थापना हुन सक्ने आधार एवं कारण नदेखिएको उल्लेख छ । फैसलामा भनिएको छ, “अभियोग लगाउँदैमा, मुद्दा अदालतमा दायर गर्दैमा अभियोग प्रमाणित हुने नदेखिँदा आरोपित प्रतिवादीउपरको जन्मकैद गरी पाऊँ भन्ने वादीको दाबी पुग्ने वस्तुनिष्ठ आधार देखिँदैन ।” “प्रतिवादीले मृतकलाई कर्तव्य गरी मारेको भन्ने शङ्कारहित प्रमाणबाट माग दाबी पुष्टि…
काठमाडौँ: भारतको पुनेमा भदौ २५ गतेदेखि भदौ ३१ सम्म हुने भनेको बिम्सस्टेक राष्ट्रका सैनिकहरुको संयुक्त सैन्य युद्ध अभ्यासमा नेपालको तर्फबाट त्यहाँ रहेका तीन सैनिक पनि फिर्ता हुने सेनाले जनाएको छ । “नेपालबाट कुल ३० सैनिक पठाउने निर्णय भएकोमा त्यहाँको बस्तुस्थिति बुझ्न ‘एडभान्स’ टोलिमध्ये तीन जना सरकारले उक्त युद्ध अभ्यासमा नजाने निर्णय नगर्दै उतै थिए अव उनीहरु पनि फिर्ता हुनेछन्,” सैनिक प्रबक्ता तथा सहायक रथी गोकुल भण्डारीले जानकारी दिए। भारतमा रहेका तीन जना सैनिक सरकारको निर्णय अनुरुप तालिममा नै सहभागी नहुनेभएपछी ‘अब्जर्भर’ पनि बस्ने छैनन् भण्डारीले भने। “हामी सरकारबाट जे निर्णय हुन्छ त्यसको अक्षरस पालना हुन्छ नेपाली सेनाका सबै टोलि फिर्ता…
रोल्पा: रोल्पामा आज दिउँसो इलाका प्रहरी कार्यालय सुलिचौर नजिकै भएको गोली प्रहारबाट तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको मृत्यु भएको छ । सुनील स्मृति गाउँपालिका–४ सुलिचौरमा रहेको रेष्ट पोइन्ट रेष्टुरेण्ट एण्ड बारमा अध्यक्ष पुनलाई गोली प्रहार गरिएको थियो । छातीमा दुई र पेटमा एक गोली लागेका पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताइएको छ । हाल पुनको शव प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको छ । अध्यक्ष पुनमाथि कसले, किन गोली प्रहार गरेको हो भन्ने विषय हालसम्म खुल्न सकेको छैन । गोली प्रहार गर्ने समूहको तीव्र खोजी भइरहेको प्रहरीले बताएको छ ।
काठमाडौँ: साताको पहिलो दिन आइतबार पूँजी बजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार परिसूचक (नेप्से) १० दशमलब ७९ अंकले घटेर एक हजार २१८ दशमलब ९८ अंकमा झरेको छ । सबैभन्दा बढी निर्जिवन बीमा समूहको परिसूचक ८५ दशमलब ९४ अंकले घटेको छ । त्यसैगरी, लघुवित्त २४ दशमलब ९३ अंक, जलबिधुत १४ दशमलब ४३ अंक, विकास बैंक १५ दशमलब ३२ अंक, बाणिज्य बैंक ७ दशमलब ५६ अंक, होटल ४ दशमलब २३ अंक, बित्त एक दशमलब ०३ अंक र जीबन बीमा ८५ दशमलब ९४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जमा १६६ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ४ हजार…