Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्राय जसो नयाँ नयाँ हिरोइनसँग देख्न पाइने नायक अनमोल केसीलाई यस पटक पनि लिड हिरोइनमा उकुसा गिरीसँग देख्न पाइने भएको छ । केसीको आठौं प्रोजेक्ट ‘ब्याचलर बन्टी’ का लागि लिड हिरोइन फाइनल गरिएको हो। फिल्ममा अनमोलको अपोजिटमा अभिनेत्री गिरी अनुबन्ध भएकी हुन्। मिस एसिया नेपाल (बेस्ट पसर्नालिटी), मिस एसिया (मिस ब्युटीफूल आइज), मिस एसिया २०१७ की विजेता समेत रहेकी गिरी ले यही फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । हालै उकुसा र निर्माता सुदिप खड्कावीच औपचारिक सम्झौता भएको छ । दशैंपछि छायांकन सुरु हुने ‘ब्याचलर बन्टी’ लाई मिलन चाम्ले निर्देशन गर्दैछन् । कमेडी/लभस्टोरी जानरामा निर्माण हुने फिल्ममा अनमोल बनिष…
काठमाडौँ: साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि शनिबारको खेल अग्निपरीक्षा बराबर हो । जारी प्रतियोगितामा बङ्गलादेशले तीन गोल गरेको छ भने एक गोल पनि खाएको छैन । नेपालले भने पाँच गोल गर्दा दुई गोल खाएको छ । यसरी हेर्दा बङ्गलादेशविरुद्ध गोल गर्न निकै कठिन देखिन्छ । आज बिहान ढाकामा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले शनिबार हुने बङ्गलादेश विरुद्धको खेल नेपालले जित्नै पर्ने बताएका छन् । कप्तान महर्जनले साफ…
काठमाडौँ: युवा तथा खेलकूद मन्त्रालयले मूलपानी क्रिकेट मैदानको जग्गा विवाद सल्टिएसँगै स्थानीयवासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई पत्र पठाएसँगै जग्गा उपलब्ध गराउने प्रक्रिया शुरु भएको हो । जग्गाको नापजाँच, कित्ताकाटलगायत काम भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयअन्तर्गतको नियकाले गर्ने भएकाले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न गरीबी निवारण मन्त्रालयलाई आग्रह गरिएको युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिए । जग्गा उपलब्ध गराउँदा राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले स्थानीयवासीसँग सहकार्य र सहजीकरण गर्नेछ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले खेलकूद मन्त्रालयबाट…
काठमाडौँ :बाह्र्रैमास काठमाडौँको सडकबाट दिक्क हुने स्थिति आउन थालेको छ । चाबहिल–साँखु सडकखण्डको अवस्थाबाट सवारीसाधनका चालक र यात्रु दिक्क छन् । वर्षामा हिलो र खाल्डाखुल्डी तथा हिउँदमा धुलोबाट आजित हुनु परेको छ । चाबहिल–साँखु सडकखण्डमा जताजतै खाल्डाखुल्डी मात्रै छन् । पानी जमेको छ । सडक हिलाम्मे भएपछि सर्वसाधारणले सहजै सडक वारपार गर्न सक्ने स्थिति छैन । सडकमा गिट्टी छरपष्ट छ । दिनहुँ मोटरसाइकल चिप्लिएर पल्टिन्छन् । तीन वर्षयता सडकको अवस्थामा कुनै सुधार हुन सकेको छैन । धुलोका कारण यहाँका बासिन्दाले सास्ती खेप्नु परेको छ । “धुलो आँखामा पस्दा सडक पार गर्न सकिन्न । वर्षामा सधैँ हिलोको डर रहन्छ,” नारायणटारका देवनारायण…
काठमाडौँ: नेपालले अब तेस्रो मुलुकसँगको व्यापारमा चीनका बन्दरगाहलाई सहजरुपमा प्रयोग गर्न पाउने भएको छ । बिहीबार यहाँ सम्पन्न नेपाल र चीनका अधिकारीबीच भएको पारवहन सम्झौताको प्रोटोकल(कार्यविधि)को तेस्रो बैठकले सोसम्बन्धी मस्यौदालाई अन्तिम रुप दिएको हो । हाल नेपाल तेस्रो मुलुकसँगको व्यापारका लागि भारतको कोलकाता बन्दरगाहमा भर पर्दै आएको थियो । सहमतिपछि तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने तेइञ्जीन, सान्झेन, लियानयुगाङ र झान्झेनलगायत खुला सामुद्रिक बन्दरगाह र लान्झाउ, ल्हासा, सिगात्सेलगायत सुख्खा बन्दरगाहमा सहज पहुँच हुनेछ । बैठकले उक्त बन्दरगाहबाट नेपालसम्म आउने उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धित प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रियालगायत पारवहनसम्बन्धी विविध विषयमा सौहार्दपूर्ण वातावरणमा छलफल भई प्रोटोकलको…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजामती कर्मचारीले अहिलेको भन्दा दोब्बर काम गर्ने ठाउँ रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिएका छन् । पन्ध्रौँ निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सकेसम्म आधा खर्चमा अहिलेको भन्दा दोब्बर काम गरेर जनतामा सेवा दिन निर्देशन गरेका हुन् । उनले भने, “दुई हप्तामा गर्ने काम एक सातामा गर्न सकिन्छ । कर्मचारी सङ्ख्या पनि पर्याप्त छ । विषयगत कर्मचारीको अभाव हुनसक्छ तर मुलुकको उत्पादकत्व बढाउने गरी कर्मचारीले काम गर्ने ठाउँ छ । ढिलासुस्ती र अनियमितताको गुनासो सुन्नु नपरोस् । अब हामीले सुशासन दिनैपर्छ ।” प्रधानमन्त्री ओलीले…
काठमाडौँ :नेपाल राष्ट्र बैंकले ४ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रिय बैंकले ९१ दिने अवधिको २ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल र ३६४ दिने अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री भदौ २६ गते जारी गर्न लागेको हो । जम्मा ४ अर्ब २६ करोड रुपैयाँ बराबरको उक्त ट्रेजरी बिल खरिदका लागि २०७५ भदौ २५ गते अपरान्ह ३ बजेसम्म आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । डिसकाउन्ट दर १५ प्रतिशत रहेको उक्त ट्रेजरी बिलको आम्दानीमा कर लाग्ने छ । ९१ दिने अवधिको ट्रेजरी बिल २०७५ कार्तिक २५ गते र ३६४ दिने अवधिको ट्रेजरी…
भीमदत्तनगर: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताउएका छन् । आजदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेका प्रहरी महानिरीक्षक खनालले रासससँगको कुराकानीमा अपराधीलाई कानूनी दायरामा ल्याएरै छाड्ने बताए । महानिरीक्षक खनालले घटनाको सुक्ष्म रूपमा विज्ञसहितको टोलीले अनुसन्धान गरिरहेको जानकारी दिए । “प्रहरीप्रति अविश्वास राख्नु हुँदैन ।” उनले भने, “चाँडो नतिजा ल्याउनेमा सक्रिय छौँ ।” अनुसन्धानमा समय लागे पनि दोषीलाई कारबाही हुनेमा ढुक्क हुन उहाँले आग्रह समेत गरे । सो क्रममा राष्ट्रिय मानवअधिकार आयोगसित नेपाल प्रहरीले समन्वय गरेर आजबाट सुरुवात हुन गइरहेको…
काठमाडौं: सरकारले नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा पुनः दिगम्बर झालाई नै नियुक्त गर्ने निर्णय गरेको छ । प्राधिकरणको अध्यक्षबाट हटाएको दुई महिनापछि फेरी सरकार आफैंले झालाई त्यही पदमा नियुक्त गर्ने निर्णय गरेको हो। हिजो बसेको मन्त्रिपरिषद बैठकले उनलाई नियुक्त गरेको हो । केपी शर्मा ओली नेतृत्वको सरकारले २० असारमा शेरबहादुर देउवा सरकारले गरेका राजनीतिक नियुक्तिहरु एकमुष्ट खारेज गर्ने निर्णय गरेको थियो । सरकारी निर्णयविरुद्ध झा रिट हालेपछि सर्वोच्च अदालतले नहटाउन अन्तरिम आदेश पनि दियो । तर, झा आफैंले सर्वोच्चमा दिएको निवेदन फिर्ता लिएका थिए ।
नयाँ दिल्ली: भारतको सर्वोच्च अदालतले समलिङ्गी यौनलाई मान्यता दिने फैसला गरेको छ । अदालतले दुई समलिङ्गीले यौन सम्पर्कबाट आनन्द लिनु कुनै अपराध नभएको तर्कसहित समलिङ्गी यौन सम्बन्धलाई बिहीबार वैधानिकता दिएको हो । झण्डै १५७ वर्ष पुरानो कानून र सन् २०१३ को एउटा फैसलालाई उल्ट्याउँदै अदालतले ऐतिहासिक फैसला गरेको समाचारमा जनाइएको छ । पुरानो कानूनमा यौन सम्बन्धलाई वर्गीकरण गर्दै समलिङ्गी यौन सम्बन्धलाई अवैध भनिएको थियो । ‘अप्राकृतिक कसूर’ को व्यवस्था भएको ‘सेक्शन ३७७’ भनेर चिनिने पुरानो कानुनी प्रावधानलाई न्यायाधीशहरूले सर्वसम्मतिले अन्त्य गर्ने फैसला गरेका हुन् । सन् २०१३ मा सर्वोच्च अदालतले पुरानो कानूनलाई नै सदर गर्ने गरी गरेको फैसलाको ती न्यायाधीशहरूले…