काठमाडौँ:सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गरेको प्रति महाप्रवन्धक सुगतरत्न कंशाकारले असन्तुष्टि ब्यक्त गरेका छन् ।
कंशाकारले सामाजिक संजाल मार्फत सरकारको उक्त निर्णयप्रति असन्तुष्टि जनाउदै आफूले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् ।
आइतबार राति बसेको मन्त्रिपरिषद बैठकले खरेललाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । नेपाल वायुसेवा निगम ऐन दफा ४ को ५ मा भएको व्यवस्थाअनुसार खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गरिएको हो ।
Facebook Comments Box