Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: थाइल्याण्डमा हुन लागेको कार्यक्रममा भाग लिन जान लाग्दा गैरकानूनीरुपमा विमानस्थलबाट फर्काइएको उल्लेख गर्दै तत्कालीन माओवादीका बालसेना लेनिन विष्टले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । गृहमन्त्रालय र विमानस्थल अध्यागमन विभागलगायतलाई विपक्षी बनाई आज विष्टले दायर गरेको रिट निवेदनमा थाइल्याण्डमा हुन लागेको कार्यक्रममा जाँदा आफूलाई कानून विपरीत जानबाट रोक लगाएको उल्लेख छ । विष्टमाथि पूर्व बाललडाकू सङ्गठनको पैसा हिनामिना गर्नुका साथै अरुको नाममा आएको पत्रमा आफैँ विदेश जान लागेको आरोप छ ।

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय हितका विषयमा भेटवार्ता भएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो शिखर सम्मेलनको समापनपश्चात् सम्मेलनस्थल होटल सोल्टीमा उनीहरुबीच भेटवार्ता भएको हो । उनीहरुबीच रक्सौल काठमाडौँ रेलवेको पूर्व सम्भाव्यता अध्ययनसम्बन्धी दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग सौहार्दपूर्ण वार्ता भएको र छोटो समयको तयारीमा बिम्स्टेकको शिखर सम्मेलन यति भव्यताका साथ सफल भएकामा उनको सहयोगको प्रशंसा गर्दै ट्विट गरेका छन् ।

Read More

काठमाडौँ: १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलन आज सम्पन्न भएको छ । समापन समारोहमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिम्स्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्र हस्ताक्षर भएको छ । यो सम्झौताले बिमस्टेकका सदस्य देशहरूबीच उर्जा आदानप्रदानको बाटो खोल्नेछ । आजनै प्रधानमन्त्री केपी ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई बिम्स्टेकको अध्यक्षता हस्तान्तरण पनि गरेका छन् । पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्नेछ ।

Read More

काठमाडौँ: नेपालका १० सबैभन्दा धनी व्यक्तिहरुको सूची फोब्स पत्रिकाले हालै सार्वजनिक गरेको छ। नेपालका सन् २०१७ को विवरण अनुसार ‘टप १०’ धनी व्यक्तिहरुको सूची सार्वजनिक गरिएको हो । पैसा एउटा मानिसको जीवन कत्तिको सफल छ भनेर मापन गर्ने बस्तु हो । कसको सम्पत्ति कति ? १) बिनोद चौधरी: १.६ बिलियन डलर चौधरीको हाल चौधरी ग्रुप अन्तर्गत देश भित्र र बाहिर ८० कम्पनीहरु छन् । उनी विश्वको धनीको सूचीमा १,३४२ स्थानमा छन् भने उनको कूल सम्पत्ति १.२ बिलियन डलर रहेको छ । २) शेष घले: ४१० मिलियन डलर घले मेलबर्न इन्स्टिच्युट अफ इन्फर्र्मेसन टेक्नोलोजीका सीइओ हुन् । उनी अस्ट्रेलियाक ९९ औं…

Read More

काठमाडौँ: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण भएको छ । राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा केही बेरअघि बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपालले बिम्स्टेकको अध्यक्षता ग्रहण गरेयता बितेका साढे चार वर्षमा सबै सदस्य राष्ट्रबाट निरन्तर सहयता प्राप्त भएकामा हार्दिक आभार प्रकट गरे । साथै उहाँले नयाँ अध्यक्ष राष्ट्र श्रील¬ङ्कालाई सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरे ।

Read More

भीमदत्तनगर: नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २२ वर्षपछि भारतीय पक्ष महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर निर्माण गर्न अग्रसर देखिएको छ । टनकपुर ब्यारेजदेखि भीमदत्त नगरपालिका–९ मटेनास्थित नेपाल–भारत सीमासम्म भारतले १२ सय मिटर नहर र हेड रेगुलेटरलगायतका संरचना निर्माण गर्ने उल्लेख छ । लामो समय विविध पक्षमा देखिएको विभेदका कारण नहर निर्माण ढिलाइ भएपनि गत साउन १६ गते भारतको टनकपुरस्थित एनएचपिसीले १२ सय मिटर नहरसहित रेगुलेटरलगायतका संरचना निर्माणका लागि बोलपत्र आह्वान गरेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालय भीमदत्तनगरमा सिनियर डिभिजनल (सिडिई) वीरसिंह धामीले जानकारी दिए । उक्त नहर निर्माणका लागि भारतीय पक्षले आह्वान गरेको बोलपत्र सूचनाको म्याद हिजो बिहीबार…

Read More

काठमाडौँ: काठमाडौँ: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का राष्ट्राध्यक्ष÷सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) प्रारम्भ भएको छ । तस्बिर: विकास श्रेष्ठ  सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको स्थानीय ताहाचलस्थित सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा सबै देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुख तथा उहाँहरूका जीवनसाथी पनि सहभागी छन् । रिट्रिटमा बिहानको खाजाको प्रबन्ध गरिएको छ । सदस्य देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखका निम्ति एउटा मुख्य टेबल र सोही टेबल नजिक उनीहरुको श्रीमती/श्रीमान्लाई बेग्लै टेबलको व्यवस्था गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आफ्नै भाषामा अभिव्यक्त गर्न चाहने राष्ट्राध्यक्ष÷सरकार प्रमुखका लागि दोभाषेको पनि व्यवस्था गरिएको छ । बिम्स्टेकका अध्यक्ष…

Read More

काठमाडौँ : नेपाली रुपैयाँ इतिहाँसकै कमजोर भएको छ । केन्द्रीय बैंकले शुक्रबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११३.४९ पैयाँ र खरीद दर ११२.४९ रुपैयाँ तोकेको छ जुन नेपाली रुपैयाँ डलरसामू हालसम्मकै कम हो । बिगत केहि महिनादेखि रुपैयाँ डलरसँग अबमुल्यन हुँदैजाँदा आयातमा आधारित नेपाली अर्थतन्त्रमा ठुलो असरपर्न गर्न थालेको छ । अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो । अमेरिकामा डलरको माग बढी हुँदा बिकशित मुलकबाट डलर अमेरिकामा जाँदा डलर मजबुत हुन गएको अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी बताउछन् । अमेरिकी सरकारले लगानीमा सरल र करमा लचिलो नीति लिएका कारण लगानीकर्ताहरु अमेरिकामा लगानी गर्न आकर्षित हुन गई त्यहाँ…

Read More

जाजरकोट: स्थानीय जनप्रतिनिधि र बाल सञ्जालको सक्रियतामा एउटी महिलाले छोरीको बालविवाह रोकाएकी छिन् । शेराखहरे कालिका माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छेडागाड नगरपालिका–९ की १६ वर्षीया राधिका रोकायले कोहलपुर नगरपालिका–८ झरकट्टी निवासी १८ वर्षीय प्रेम बुढासँग भागेर कोहलपुरमा विवाह गरेका थिए । छोरीले यही भदौ १२ गते बालविवाह गरेको भन्दै रोकिदिन आमा कल्पना रोकायले सोही वडाका वडाध्यक्ष गोपाल नेपालीसमक्ष निवेदन दिएपछि सरोकारवाला निकायको सक्रियतामा बालविवाह रोकाइएको हो ।घरायसी सामान खरिदका लागि थलह बजार पुगेकी राधिका रोकाय कोहलपुरका प्रेम बुढासँग भागेर विवाह गरेकी हुन् । निवेदन दिएलगत्तै वडाध्यक्ष गोपाल नेपाली, वडा बाल संरक्षण समिति, प्रहरीको सक्रियतामा सो विवाह रद्द गराइ…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल संयुक्त राज्य अमेरिकाको सिकागोमा यही भदौ १५ देखि १७ गतेसम्म हुने नेपाली अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधनका लागि गए राति त्यसतर्फ प्रस्थान गरेका छन् । अमेरिकाको मध्यपश्चिम नेपाली सङ्घ, अमेरिकी दक्षिणपूर्वी नेपाली सङ्घ र अमेरिकी नेपाली सङ्घको संयुक्त आयोजनामा हुने उक्त सम्मेलनमा अमेरिका र क्यानाडामा रहेका नेपाली कलाकार र व्यक्तित्वसँग भेटघाट पनि हुने नेता नेपालको सचिवालयले जनाएको छ । नेता नेपाल यही भदौ २० गते स्वदेश फर्कनेछन्।

Read More