काठमाडौं: आइएमई ग्रुपले सलाम एयरलाइन्सको सेवालाई नेपाल भित्राएको छ । मङ्गलबार विहान सलाम एयरको पहिलो उडान अवतरण भएसँगै यसले अवदेखि काठमाडौं–मस्कट गन्तव्यका लागि नियमित उडान भर्नेछ ।यस एयरलाइन्सको जीएसए(जनरल सेल्स ऐजेन्ट) व्यवस्थापन आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इन्टरनेशनल ट्राभलले गर्ने कम्पनिले जनाएको छ ।
ओमानको पहिलो बजेट क्यारियरको रुपमा सन् २०१६ मा स्थापना भई ३० जनवरी २०१७ देखि आफ्नो व्यवसायिक यात्रा सुरु गरेको सलाम एयरलाइन्सले मस्कटलाई आफ्नो हबबनाई १७४ सिट क्षमता रहेको एयरबस ३२०÷२१४ द्धारा हालसम्म ढाका, बाकु, टिवलिस, दोहा,दुवई, सिलकोट, मुल्तान, कराँची, खार्तुम, जेद्दालगायत १३ वटा साथै सलाल र सुहार गरि २ वटा आन्तरिक क्षेत्रमा उडान भर्दै आएकोमा काठमाडौं थपगरि १६ वटा गन्तव्यमा आफ्नो हवाइ सेवा विस्तार गरेको छ ।
सलाम एयरले ओमानलगायत अन्य गन्तव्यहरुमा तुलनात्मक रुपमा सस्तो र सुलभ भाडादर कायम गरेको छ ।
यसबाट वैदेशिक रोजगारीका लागि मध्यपूर्व एसियाका राष्ट्रहरुमा जाने नेपालीहरुले प्रत्यक्ष लाभ प्राप्त गर्न सक्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने छ ।
आइएमई गु्रपद्धारा प्रर्वद्धित चन्द्रागिरि हिल्सले सलाम एयरलाइन्सको पहिलो उडानबाट नेपालआउने यात्रुहरुलाई उपहार स्वरुप ५० प्रतिशत र तत्पश्चात सलाम एयरबाट यात्रागर्नुहुने सम्पूर्ण यात्रुहरुलाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।