Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा आज बिहान उनकै निवासमा निधन भएको छ । रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित निवासमा राखिएको र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने चलचित्र निर्देशक सम्राट सापकोटाले जानकारी दिए । नाटककार स्व बालकृष्ण समको मुकुन्द इन्दिरामा १४ वर्षको उमेरमा अभिनय शुरु गर्नुभएका रिमालले चलचित्र आमाबाट नेपाली चलचित्रमा अभियन यात्रा शुरु गरेका थिए । उनी विसं ००७ मा रेडियो नेपालबाट प्रसारण गरिएको ‘मेरो दिल टुक्रा टुक्रा… बोलको गीत गाएर प्रथम गायकको रूपमा स्थापित हुनुभयो । उनले गाएका ‘बिना बादल असिना झ¥यो’, ‘फगत एक…

Read More

काठमाडौँ: नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गरेका छन् । भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिएका उनले बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर सो किर्तिमान कायम गरेका हुन् । केसीले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेका विश्व कीर्तिमानलाई समेत तोडेका छन् । न्यू माइन्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इष्टपोल स्कूलमा वक्तव्य दिएका थिए । राष्ट्रिय गौरवसँग जोडिएको यो अभियानलाई पूरा गर्न केसीले उभिएर तथा बसेर वक्तव्य दिएका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिए । निरन्तर ९० घण्टा दुई…

Read More

गौशाला: विद्युत् चोरी गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्लाको विभिन्न स्थानबाट गर्ने २८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखाको आग्रहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रहरी टोलीले बिहीबार साँझ सदरमुकाम जलेश्वरसहित विभिन्न ठाउँमा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरी ल्याइएको हो । पक्राऊ परेका व्यक्तिले प्राधिकरणमा जरिवाना बुझाएपछि उनीहरुलाई छाडिने बताइएको छ । प्राधिकरणले विद्युत नियन्त्रणका लागि विशेष अभियान चलाइरहेको जनाएको छ ।

Read More

काठमाडौँ: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का राष्ट्राध्यक्ष÷सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) प्रारम्भ भएको छ । सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको स्थानीय ताहाचलस्थित सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा सबै देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुख तथा उहाँहरूका जीवनसाथी पनि सहभागी हुनुहुन्छ । रिट्रिटमा बिहानको खाजाको प्रबन्ध गरिएको छ । सदस्य देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखका निम्ति एउटा मुख्य टेबल र सोही टेबल नजिक उहाँहरूका श्रीमती÷श्रीमान्लाई बेग्लै टेबलको व्यवस्था गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आफ्नै भाषामा अभिव्यक्त गर्न चाहने राष्ट्राध्यक्ष÷सरकार प्रमुखका लागि दोभाषेको पनि व्यवस्था गरिएको छ । बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा…

Read More

काठमाडौं: खाना पकाउने (एलपी) ग्यास, प्राकृतिक ग्यास र पेट्रोल पाइपलाइन विस्तार परियोजनामा भारतले नेपाललाई सघाउने भएको समाचार आजको नागरिकमा छापिएको छ । भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवबीच बुधबार भारतमा सम्पन्न उच्चस्तरीय बैठकमा भारतले यस्तो प्रतिवद्धता जनाएको हो । निर्माणाधीन मोतिहारी रक्सौल अमलेखगन्ज पेट्रोल पाइपलाइनलाई चितवनसम्म विस्तार गर्न, खाना पकाउने एलपीजी र प्राकृतिक ग्यासको पाइपलाइन नेपालसम्म निर्माण गर्न सघाउने प्रतिवद्धता भारतले जनाएको हो । हवाइ इन्धन भर्ने १५ वटा रिफ्युलर इन्डियन आयल कर्पोरेसन(आइओसी)ले खरिद गरेकै मूल्यमा दिने र जनकपुरमा पेट्रोलियम ट्रेनिङ सेन्टर अनुदानमा निर्माण गरिदिने पनि सहमति भएको छ । भारतका पेट्रोलियम…

Read More

विराटनगर: प्रक्रियामा असन्तुष्टि जनाउँदै कानुन व्यवसायीले अघोषित बेन्च बहिष्कार गरेर दबाब दिएपछि उच्च अदालत विराटनगरमा सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको पेसी एउटै इजलासमा तोकिन थालेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । अलग–अलग इजलासमा पेसी तोकेर प्रक्रियाविपरीत गरेको भन्दै प्रतिरक्षा गर्ने कानुन व्यवसायीले अघोषित बेन्च बहिष्कार गरेपछि उच्च अदालतले बिहीबार सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको पेसी एउटै इजलासमा तोकेको छ । अदालत र कानुन व्यवसायीको छलफलपछि अलगअलग इजलासमा तोकिँदै आएको सुन तस्करी र सनम हत्या मुद्दाको सबै पेसी बिहीबार २ नम्बर इजलासमा तोकिएको थियो । तर, सरकारी वकिलले पेसी स्थगित गराएकाले मुद्दामा सुनवाइ हुन पाएन ।…

Read More

त्रिपोली: लिबियाको राजधानी त्रिपोली नजिकै भएका विभिन्न घटनामा परी कम्तीमा २७ जना मारिएका छन् । केही दिनदेखि भएका ती घटनाका कारण अन्य १०० जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । सरकारमै सम्लग्न दुई प्रतिस्पर्धी समूहहरुबीच भएको भिडन्तमा उनीहरु मारिएका हुन् । झडपमा मृत्यु भएका लडाकू र घाइतबारे स्वास्थ्य मन्त्रालयले बिहीबार पुष्टि गरेको छ । गत सोमबारदेखि बुधबारसम्म भएका छुट्टा छुट्टै घटनामा उनीहरुको मृत्यु भएको समाचारमा जनाएको छ । दक्षिण पूर्वी त्रिपोलीको आइनजारा नजिकै भएका झडपमा संयुक्त राष्ट्रसङ्घबाट समर्थन प्राप्त राष्ट्रिय सहमतिको सरकारमा आवद्ध दुई समूह नै सम्लग्न रहेको सुरक्षा स्रोतले जनाएको छ । त्रिपोलीबाट दक्षिणपूर्वमा रहेको तरहुना शहरको…

Read More

काठमाडौं: प्रधानमन्मत्री केपी शर्मा ओलीले उपत्यका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको ५० दिन बित्दा पनि चाबहिल-जोरपाटी सडकखण्डका खाल्डाखुल्डी नपुरएिको समाचार आजको नागरिक दैनिकको काष्ठमण्डप पृष्ठमा छापिएको छ । प्रधानमन्त्रीले असार २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री, मन्त्रालयका सचिव, सडक विभागका प्रमुखलाई कार्यालयमा बोलाएर कंलकी-थानकोट, चाबहिल-जोरपाटी-बौद्ध सडक तत्काल स्तरोन्नतिसहित कालोपत्रे गर्न निर्देशन दिएका थिए । तर, अझै स-साना खाल्डाखुल्डी यथावत रहेको र पानी जमेको भेटिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै विज्ञप्तिमा विद्युत र टेलिफोनका पोल तथा तार हटाउने कार्य प्रतिवद्धता जनाएअनुसार नभएको उल्लेख छ ।

Read More

काठमाडौँ: विश्व कला परिषद् एसिया प्रशान्त क्षेत्रको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनको उद्घाटन गर्दै प्रदेश. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा निर्यातको सबैभन्दा बढी सम्भावना हस्ताकलाको रहेकोले निर्यात अझ बढाउनुपर्ने बताए । हस्तकलाको विकास र प्रवद्र्धनमा सरकारको ठुलो लगानीको जरुरी रहेको नेपाली व्यवसायीहरुको भनाइ छ । सम्मेलनमा विभिन्न देशका कला प्रदर्शनी तथा जीवन्त कला प्रदर्शनी गरिएको छ । विहीवार कला बिषयक गोष्ठी सम्पन्न भएका छन् । सम्मेलनमा सांस्कृतिक सम्पदाहरुको अवलोकन भ्रमण, सांस्कृतिक नगरी घोषणा गरिनेछ । नेपालले ललितपुर महानगरपालिकालाई सांस्कृतिक कला नगरी घोषणा गर्ने भएको छ । सम्मेलनमा स्वदेशी तथा विदेशी कला,…

Read More

काठमाडौँ :म्यान्माका राष्ट्रपति विन मिन्तले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का धेरै सदस्य मुलुकको राष्ट्रिय अर्थतन्त्रको प्रमुख हिस्सा कृषिको विकासमा जोड दिनुपर्ने बताएका छन् । राष्ट्रपति विनले बिम्स्टेकमा कृषि क्षेत्रको नेतृत्वकर्ता मुलुक म्यान्मा रहेको बताउँदै आगामी वर्ष बिम्स्टेकको कृषिसम्बन्धी पहिलो मन्त्रिपरिषद् बैठक हुने जानकारी दिए । चार वर्षअघि म्यान्माको नेपिटमा सम्पन्न तेस्रो शिखर सम्मेलनपछि बिम्स्टेकको स्थायी सचिवालय ढाकामा स्थापना गर्नमा उल्लेख्य प्रगति गरिएको बताउँदै आफ्नो १२ मिनेटको मन्तव्यमा उनले शान्त, समृद्ध र दिगो विकासतर्फ उन्मुख बिम्स्टेकलाई हरसम्भव सहयोग गर्न आफू पूर्ण प्रतिबद्ध रहेको बताए । आर्थिक उन्नयनमा सघाउन थाइल्याण्ड तयार थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले…

Read More