Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 17
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २९ हजार ५०० रुपैयाँ

    श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २९ हजार ५०० रुपैयाँ

    पहिलोक्लिकपहिलोक्लिकSeptember 10, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ :न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार माध्यममा काम गर्ने श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिक पुनरावलोकन गर्ने निर्णय गरेको छ ।

    समितिको आज बसेको बैठकले सञ्चार माध्यममा काम गर्ने पत्रकारको न्यूनतम पारिश्रमिक सञ्चार माध्यमअनुसार पुनरावलोकन गर्दै सरकारलाई सिफारिश गर्ने निर्णय गरेको हो । निर्णयअनुसार पत्रकारको पारिश्रमिक अब १९ हजार ५०० रुपैयाँ बाट २९ हजार ५०० रुपैयाँ र सञ्चार खर्च गरी ३० हजार ५०० रुपैयाँ पु¥याइएको अध्यक्ष गङ्गाधर पराजुलीले जानकारी दिए ।

    समितिले सञ्चार प्रतिष्ठानको क्षमता, श्रेणी र तहलाई समेत आधार बनाएर पारिश्रमिकमा पुनरावलोकन गरेको हो । उनले न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष डा सुरेश आचार्यको संयोजकत्वमा गठित पारिश्रमिक पुनरावलोकन कार्यदलले दिएको प्रतिवेदनमा उल्लेख गरिएको पारिश्रमिकको दरलाई केही परिमार्जन गरी पारिश्रमिक पुनरावलोकन गरिएको जानकारी गराए ।

    उनले श्रमजीवी पत्रकारको दैनिक जीवनयापनका लागि चाहिने न्यूनतम आधारभूत आवश्यकता, देशको मौद्रिक अवस्थामा आएको उतारचढाव, निजामती सेवा एवं अन्य निजी प्रतिष्ठानहरुमा कार्यरत श्रमजीवीको पारिश्रमिकको तुलनात्मक अवस्था, सञ्चार प्रतिष्ठानको क्षमता, केही समयअगाडि नेपाल सरकारले विभिन्न औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा कार्यरत श्रमजीवीको न्यूनतम पारिश्रमिकमा गरिएको वृद्धि तथा मुलुकको समग्र आर्थिक अवस्थालाई मध्यनजर गरी पारिश्रमिक पुनरावलोकनको निर्णय गरिएको बताए ।

    समितिले पुनरावलोकनका लागि गरेको नयाँ पारिश्रमिकअनुसार क, ख र ग वर्गमा पर्ने राष्ट्रियस्तरका पत्रपत्रिकामा कार्यरत श्रमजीवी पत्रकारका लागि क्रमशः २९ हजार ५००, २७ हजार ५०० र २४ हजार ५०० रुपैयाँ तथा प्रादेशिकस्तरका पत्रपत्रिकामा कार्यरत श्रमजीवी पत्रकारका लागि क्रमशः २१ हजार ५०० रुपैयाँ , २० हजार र १८ हजार रुपैयाँ निर्धारण गरेको छ ।

    यस्तै स्थानीयस्तरका पत्रपत्रिकामा कार्यरत श्रमजीवीका लागि क्रमशः १८ हजार १७ हजार रुपैयाँ र १६ हजार रुपैयाँ न्यूनतम पारिश्रमिक तोकिएको छ । समितिले ५०० वाटभन्दा बढी क्षमताका रेडियोमा कार्यरत श्रमजीवी पत्रकारको लागि २९ हजार ५०० रुपैयाँ, पाँच सय वाट क्षमतासम्मका रेडियोमा कार्यरत श्रमजीवीका लागि २१ हजार ५०० रुपैयाँ र १०० वाटसम्म क्षमताका रेडियोमा कार्यरत श्रमजीवी पत्रकारका लागि १८ हजार मासिक न्यूनतम पारिश्रमिक तोकिएको छ ।

    टेलिभिजन प्रतिष्ठानमध्ये स्याटलाइट टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारका लागि न्यूनतम पारिश्रमिक २९ हजार ५०० रुपैयाँ र केबुल टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारका लागि २१ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

    समितिले स्ट्रिन्जर समाचारदाताको हकमा राष्ट्रियस्तरका सञ्चार प्रतिष्ठानमध्ये पत्रपत्रिकामा प्रतिसमाचार ३५० रुपैयाँ, रेडियोमा ३०० रुपैयाँ तथा टेलिभिजनमा ९०० रुपैयाँ तथा प्रादेशिक तथा स्थानीय सञ्चारमाध्यमअन्तर्गत पत्रपत्रिकामा २२५ रुपियाँ, रेडियोमा २२५ र टेलिभिजनमा ७५० रुपैयाँ पुनरावलोकन गर्ने निर्णय गरेको छ ।

    बैठकले राष्ट्रिय सञ्चारमाध्यममा क, ख र ग वर्गका काम गर्ने कर्मचारीलाई क्रमशः २१ हजार ५०० रुपैयाँ, २० हजार ५०० रुपैयाँ र १८ हजार रुपैयाँ तथा प्रादेशिक सञ्चारमाध्यममा क, ख र ग वर्गमा काम गर्ने कर्मचारीलाई क्रमशः १९ हजार रुपैयाँ , १८ हजार रुपैयाँ र १६ हजार रुपैयाँ सिफारिश गर्ने निर्णय गरेको छ ।

    यसैगरी बैठकले स्थानीय सञ्चारमाध्यम क, ख र ग श्रेणीमा कार्यरत कर्मचारीका लागि क्रमशः १६ हजार रुपैयाँ, १५ हजार रुपैयाँ र १४ हजार रुपैयाँ सिफारिश गर्ने निर्णय गरेको छ ।

    अध्यक्ष पराजुलीले चाँडै नै सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई पुनरावलोकन गरिएको न्यूनतम पारिश्रमक कार्यन्वयनका लागि सिफारिश बुझाउने बताए । उनले पुनरावलोकन गरिएको नयाँ पारिश्रमिकको सिफारिशलाई चाँडै नै राजपत्रमा प्रकाशित गरी यही आउँदो असोजदेखि कार्यान्वयन गराउनसमेत पहल गर्ने बताए ।

    बैठकले सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीको पारिश्रमिक बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउन र सञ्चार प्रतिष्ठानमा पाँच वर्षसम्म नियमितरुपमा स्ट्रिन्जरका रुपमा काम गरेका श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिकको व्यवस्था गर्नसमेत निर्णय गरेको छ ।

    Facebook Comments Box

    पत्रकार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.