Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: एशिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ शुरु गरेको छ । ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा शुरु भएको खेलमा नेपालले यो समाचार तयार पार्दासमेत १६ ओभरमा ५६ रन जोड्दै दुई विकेट गुमाएको छ । सुवास खकुरेल चार, कप्तान पारस खड्का आठ रनमा आउट भएका छन् । नेपालका लागि ज्ञानेन्द्र मल्लले ४४ रन बनाउदै खेलिरहेका छ्न । प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएइ, सिंगापुर र हङकङ रहेका छन् । एक दिवसीय खेलमा नेपाल र ओमन अहिलेसम्म पाँच पटक आमनेसामने भइसकेका छन् । नतिजा नेपालले पक्षमा…

Read More

काठमाडौं: मेलम्चीको चर्चा अझै सकिएको छैन । मेलम्ची आउला र धित मरुञ्जेल पानी पिउला भन्ने काठमाडौँ उपत्यकावासीको सपना अझै अधूरै छ । मेलम्चीको पानी ल्याएर काठमाडौँको धूलो मैलो पखाल्ने उद्घोष गर्दा गर्दै पूर्वप्रधानमन्त्री साधु नेता कृष्णप्रसाद भट्टराईको देहावसान नै भयो । उनले मात्र होइन, त्यसपछि बनेका विभिन्न प्रधानमन्त्री र खानेपानीमन्त्रीले त्यसलाई पूरा गर्न सकेको देखिएन । यद्यपि जो आए पनि त्यसलाई छिट्टै सम्पन्न गर्ने भाषण गरेर सर्वसाधारणलाई भ्रममा पार्न भने छाडेनन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । जनयुद्ध लडेर आएकी बहालवाला खानेपानीमन्त्री बिना मगरले पनि आफ्नो कार्यकालको लोकप्रिय नारा मेलम्चीलाई नै देखिन् । र, मन्त्री पद सम्हालेको…

Read More

काठमाडौँ: अपराध नियन्त्रण र अनुसन्धानमा मुख्य जिम्मेवार प्रहरी पछिल्ला प्रमुख घटनाहरुमा आफैँ विवादमा तानिएको छ । निसान खड्का अपहरण, डा. गोविन्द केसीको जुुम्ला अनशन र कञ्चनपुरमा किशोरी हत्याका घटना यसैका उदाहरण हुन् । भक्तपुरका बालक निसान खड्काको अपहरणमा सलग्न भनिएका दुई युवाको फेक ईन्काउन्टर विवादमा महानगरीय प्रहरी अपराध महाशाखा तानियो । गृहन्त्री रामबहादुृर थापाले नै इन्काउन्टर दावी भएको दावी गरेपनि यसबारे उठेका प्रश्नको उत्तर दिने दायित्वबाट प्रहरी पन्छियो । मृत्यु भएका दुई युवा गोपाल तामाङर अजय तामाङका परिवारले उजुरी दिएको २० दिन कटिसकेपनि अनुसन्धान टुंगिइसकेको छैन ।, आजको कान्तिपुरमा यो खबर छ ।

Read More

काठमाडौं: भारतीय सेनाका डेढ सयभन्दा बढी कमाण्डो फौज गुपचुप रुपमा काठमाडौं आएको समाचार आजको कारोबारको दोस्रो पृष्ठमा छापिएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतबाटै अत्याधुनिक हातहतियार सहितको कमान्डो फार्स काठमाडौं आइपुगको हो । बंगलादेश, म्यानमार र थाइल्याण्डबाट पनि केही कमान्डो काठमाडौं आइसकेको उच्च स्रोतको भनाइ छ । भारतबाट भने वरिष्ठ अभिकृतकै कमान्डमा फौज आएको विशेष स्रोतले जानकारी दियो । सैनिक कमाण्डो सम्मेलन स्थल सोल्टी होटल, डिनर स्थल हायात तथा पाहुनाको आवगमन स्थल वरपर तैनाथ भएको स्रोतको दाबी छ । सम्मेलनमा भाग लिन…

Read More

काठमाडौँ: मंगलबार – साँझ सम्पर्कमा आएका निलम्बित एसपी डिल्लीराज विष्टसँगको संक्षिप्त संवाद आजको नयाँ पत्रिकामा छापिएको छ ।। निर्मला पन्तको बलात्कार तथा हत्यामा दोषी पत्ता लगाउनेभन्दा पनि निर्दोषलाई फसाउन तपाईंको भूमिका भयो, त्यही आरोपमा तपाईं निलम्बित पनि हुनुभयो । तपाईंको प्रतिक्रिया के छ ? -अहिले म केही बोल्दिनँ । सुरुमा जीवन घर्तीमगर र दीपक नेगी, पछि चक्रदेव बडूजस्ता निर्दोषलाई दश–दश दिनभन्दा बढी समय थुनेर मानसिक–शारीरिक यातना दिइयो । यो दमन किन ? -यस विषयमा सिआइबी र हाम्रो अनुसन्धान टोलीलाई सोध्नुहोस् । तपाईं जिल्लाको प्रहरी प्रमुख । तपाईंको निर्देशनविनै अनुसन्धान टोलीले ती गिरफ्तारी गरेको हो र ? -प्रमुखको हिसाबले मेरो जिम्मेवारी…

Read More

सल्यान : सल्यानमा गए राति घरले च्यापिएर एकै घरका पाँचको मृत्यु भएको छ । बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा ३९ वर्षीय रामसिंह कामी, उहाँकी ३५ वर्षीया श्रीमती रामकला कामी, उहाँकी ६ वर्षीया छोरी गङ्गा कामी, पाँच वर्षीया छोरी प्रमिला कामी र चार वर्षीय छोरा रुपलाल कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृतक रामसिंहको एकतले घरको दलिन र पर्खाल भत्किएपछि च्यापिएर पाँचको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । घटनालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि…

Read More

नवलपरासी : पश्चिम नवलपरासीमा ४५ सामुदायिक विद्यालय शिक्षकको शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ पश्चिम नवलपरासीका अनुसार हालसम्म शिक्षकको शून्य दरबन्दीमा वर्र्षौदेखि ती सामुदायिक विद्यालय सञ्चालन हँुदै आएका हुन् । हालसम्म शिक्षकको शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका विद्यालयलाई यस वर्ष शिक्षक भर्ना गर्न बजेट विनियोजन गरिएको इकाइका प्रमुख दीपेन्द्र ढकालले जानकारी दिए। ढकालका अनुसार विद्यालयमा विद्यार्थीको सङ्ख्याका आधारमा यसअगावै शिक्षकको दरबन्दीबिनै सञ्चालन हुँदै आएका सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्न न्यूनतम एउटा विद्यालयलाई एक दरबन्दीको शिक्षक पर्ने गरी बजेट व्यवस्थापन गरिएको हो । हालसम्मको अवस्थामा पश्चिम नवलपरासीमा आधारभूत तह कक्षा एकदेखि पाँच कक्षासम्म दुई, आधारभूत तह…

Read More

काठमाडौँ: काठ तस्कर गर्दै गरेको अवस्थामा पक्राउ परेका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारी बर्खास्त भएका छन् । पदीय जिम्मेवारीका दुरुपयोग गरी प्रहरी संगठनको छविमा आँच पुर्याउने काम गरेको भन्दै गृह मन्त्रालयले सोमबार सशस्त्र प्रहरी नियमावलीको नियम ११५ को उपनियम १ अनुसार उनलाई सेवाबाट बर्खास्त गरेको हो । भण्डारी गत २१ जेठमा १८४ थान सालको काठ तस्करी गरेर लैजाँदै गरेको अवस्थामा धनकुटाको साँघुरीगढी गाउँपालिकास्थित मुलघाटाबाट पक्राउ परेका थिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

Read More

काठमाडौँ: महानगरीय प्रहरी वृत्त लैनचौरले ६१ हजार ६२० अमेरिकन डलरसहित तीनजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले अवैधरुपमा अमेरिकन डलर लिएर हिँडिरहेको अवस्थामा सुनसरीका अमर विश्वकर्मा, पूर्वी रुकुमका धनबहादुर खड्का र काठमाडौँका रवि श्रेष्ठलाई आज साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले अवैध रुपमा रकम बोकेर हिँडिरहेको अवस्थामा खानी तथा भूगर्भ विभाग पछाडिबाट नियन्त्रणमा लिएको जानकारी दिए । नेपाल राष्ट्र बैङ्कको अनुमतिबिना मनी एक्सचेञ्जबाट रकम साटेर लिएर हिँड्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको वृत्तले जनाएको छ । पक्राउ परेकामध्ये विश्वकर्मा सुन पसले, श्रेष्ठ मनी एक्सचेञ्जमा काम गर्ने र खड्का विचौलिया रहेको अनुसन्धानमा खुलेको वृत्त…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घले पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलगायतका क्षेत्रमा विश्व बैङ्क र निजी क्षेत्रबीचको सहकार्य हुनुपर्नेमा जोड दिएको छ । महासङ्घका अध्यक्ष भवानी राणासहित पदाधिकारी र नेपालका लागि विश्व बैङ्कका देशीय व्यवस्थापक फेरिस हादाद जर्भसबीच आज  महासंघ सचिवालयमा भएको भेटवार्तामा अध्यक्ष राणाले नेपालमा रहेका सम्भाव्यतामा सहयोग गर्न विश्व बैङ्कलाई आग्रह गरिन्। अध्यक्ष राणाले कनेक्टिभिटी, बैंकिङ, पूर्वाधार, आईटी, लगायतका विषयमा सार्वजनिक निजी साझेदारीका साथै सार्वजनिक निजी संवादको अवधारणा अनुरूप अगाडी बढ्नुपर्ने बताइन् । नेपालमा करमैत्री र लगानी मैत्री वातावरण निर्माणमा विश्व बैंकको महत्वपूर्ण भूमिका हुनसक्ने भएकाले त्यसका लागि सहजीकरणमा सहयोग गर्न अध्यक्ष राणाले आग्रह गरिन् । निजी…

Read More