काठमाडौँ: बङगलादेशले सुनकोशी–२ र सुनकोशी –३ जलविद्युत आयोजना संयुक्त रुपमा बनाउन प्रस्ताव राखेको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र बङगलादेशका उनका समकक्षी नसरुल हमिदसंग द्धिपक्षीय भेटवार्ता हमिदले सुनकोशी–२ र सुनकोशी –३ जलविद्युत आयोजना संयुक्त रुपमा बनाउन प्रस्ताव राखेका थिए ।
दुवै नेताको बीचमा दुई देशबीच उर्जा क्षेत्रमा गर्ने सहकार्यका विषयमा गम्भिर छलफल हुनुका साथै छिट्टै काम अघि बढाउने सहमती समेत भएको छ ।
भेटवार्ताकै क्रममा उनले बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय केहीदिन अघि मात्र मन्त्रिपरिषद्को बैठकले गरि सकेको जानकारी दिए।
यसले उक्त आयोजना समयमै अघि बढ्ने मात्र नभई वैदेशिक लगानीकर्तालाई नेपालमा लगानी गर्न उत्साहित समेत बनाउने आशा हामीले लिएका छौ ।उर्जा मन्त्री पुनले देशभित्रै र देशबाहिर समेत खपतको लागीबजार बनाउने भन्दै लगानीका लागी सबै देशी–विदेशी लगानीकर्तालाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गर्दै आएका छन् ।
मन्त्री पुन बङगलादेशको तीनदिने भ्रमण सकेर शनिवार स्वेदश फर्किएका छन् । बङगलादेशको राजधानी ढांकामा सम्पन्न भएको ‘पावर एण्ड इनर्जी सप्ताह’माविशेष अतिथीका रुपमाउहा सहभागी भएका थिए ।
उनले सम्मेलनको उद्घाटन समारोहमा सम्बोधनगर्नुका साथै उर्जा सहकार्यको लागी क्षेत्रीयप्रशारण संजालको सम्भावनानामक सेमिनारमा समेत विज्ञका रुपमाआफ्ना धारणा राखेका थिए ।