Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : कालीमाटीका तरकारी व्यापारीले अनुगमन गर्न खटिएको टोलीको काममा अवरोध गरेको छ । व्यापारीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीको कामकाजमा आज कालीमाटी बजार अनुगमनका क्रममा अवरोध पु¥याएको हो । व्यापारीले बिनाजानकारी अनुगमनमा आएको भन्दै काममा अवरोध गरेका थिए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव कालीमाटी पुगी त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए । मन्त्री यादवले उपभोक्ताको हकअधिकार सुनिश्चित गर्न गएको अनुगमन टोलीलाई अवरोध गर्ने जोकोहीलाई पनि कारवाही गरिने बताए । “व्यापारीले नियमपूर्वक व्यापार गरेको भए अनुगमन टोलीमाथि दुव्र्यवहार हुँदैनथ्यो,” उनले भने, “गतल तरिकाले व्यवसाय गरेकै कारण टोलीलाई गतल व्यवहार गरेका हुन । त्यसको छानबिन हुन्छ ।” मन्त्री…

Read More

जकार्ता: १८ औं एसियाली खेलकुदअन्तर्गत आज भएको पौडीमा टिसा शाक्यले महिला १०० मिटर फ्रिस्टाइलको व्यक्तिगत प्रदर्शनमा सुधार गरेकी छिन् । जीबीके स्टेडियमको एक्वाटिक सेन्टरमा सोमबार बिहान प्रतिस्पर्धामा शाक्यले १ मिनेट ०३.९६ सेकेन्डमा दूरी पार गरेकी छिन्। हिट ४ मा प्रतिस्पर्धा गरेकी शाक्यले अन्तिम स्थानबाटै बाहिरिइन् । उनको यसअघिको व्यक्तिगत प्रदर्शन भने १ मिनेट ०७.२५ सेकेन्डको थियो । यस इभेन्टको राष्ट्रिय कीर्तिमान भने रियो ओलम्पिककि कान्छी खेलाडी गौरिका सिंहको नाममा छ । गौरिकाको नाममा १ मिनेट ००.७९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । एसियाडमा उनले १ मिनेट ००.८२ सेकेन्डमा दूरी पारेकी छ । गौरिकाले १२ औं दक्षिण एसियाली खेलकुदमा एक रजत र…

Read More

काठमाडौँ: साताको सुरुवातिमै सेयरबजारमा निराशा देखिएको छ । आज नेप्से परिचूचक ८ दशमलब २२ अंकले घटेर एक हजार १८८ दशमलब ०७ अंकमा कायम भएको छ । आइतबार नेप्से परिसूचक १४ दशमलब ०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा झरेको थियो । उत्पादन मूलक समुह बाहेक सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ । आजको कारोबारमा सबैभन्दा बढी जीवन बीमा ७५ दशमलब २ अंक, निर्जिबन बीमा ५९ दशमलब ७४ अंक र जलबिधुत समूह २३ दशमलब ६३ अंकले घटेका छन् । त्यसैगरी, बाणिज्य बैंक ५ दशमलब ४२ अंक, विकास बैंक १३ दशमलब १२ अंक र लघुवित्त ११ दशमलब ६९ अंकले झरेको…

Read More

काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले देशव्यापी रुपमा स्थानीय तहबाट मनोमानी कर वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिएकामा आपत्ति जनाएका छन् । स्थानीय तहले कर लगाउने व्यवस्था संविधानमा भए पनि कुन क्षेत्रमा कस्तो कर लगाउने भन्ने विचार नगरिकन हचुवाको भरमा निर्णय गरिएको उनीहरुको गुनासो थियो । करका विषयमा देशव्यापी रुपमा विरोध र आलोचना भएकाले तत्काल यस विषयमा स्पष्ट निर्देशन दिन सांसदहरूले सरकारसँग आग्रह गरे । जनताले तिर्न नसक्ने र क्षेत्राधिकार नै नभएका विषयमा समेत कर लगाएर सङ्घीय शासन प्रणालीमा नै आँच आउने काम नगराउन उनीहरुले सदन र सरकारको ध्यानाकर्षण पनि गराउनुभयो । यसरी ध्यानाकर्षण गराउनेमा सांसद अमरेशकुमार सिंह,…

Read More

काठमाडौँ: नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र एभरेष्ट बैंक बीच भदौ ०१ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एन.बी.आईले एभरेष्ट बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार एभरेष्ट बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख रुपैयाँ बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ । उक्त सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।

Read More

काठमाडौँ: रानीपोखरी पुनःनिर्माण विज्ञ समूहको सिफारिस बमोजिम गर्नुपर्ने जनाउँदै सम्पदा बचाऔँ अभियानले काठमाडौँ महानगरपालिकासँग पुनः माग राखेका छन् । अभियानकर्मीले केही दिनअघि सो सम्बन्धमा पुरातत्व विभागलाई ज्ञापनपत्र बुझाएका थिए । गत आइतबार कामपा उपप्रमुख हरिप्रभा खड्गीलाई पनि ज्ञापनपत्र बुझाउँदै अभियानले रानीपोखरी पुनःनिर्माण गर्दा विज्ञ समूहको सिफारिसबमोजिम काम गर्न आग्रह गरेको थियो । “रानीपोखरीलाई मल्लकालीन शैलीमा पुनःनिर्माण गर्ने यो एउटा अवसर पनि हो, विज्ञहरुको समूहले एक किसिमको निर्णय निकालिसकेको अवस्था छ, त्यो नै उपयुक्त विकल्प हो, अबको केही दिनमा नै निर्माण कार्य सोहीबमोजिम शुरु गर्नुपर्छ” ज्ञापनपत्रमा भनिएको छ । ज्ञापनपत्र बुझ्दै उपप्रमुख खड्गीले सम्पदाप्रेमी र स्थानीय भावनाबमोजिम रानीपोखरी पुनःनिर्माण हुनेमा विश्वस्त…

Read More

काठमाडौँ: चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हबले संचालन गरेको अफर भित्रको अफर सहितको मोबाइल मेलामा ग्राहकहरुको सहभागिता बढेपछि समय थप गरिएको छ । मेला अवधिभर सामासुङ ग्यालेक्सी नोट ९ प्रि बुकिङ गरी जुनसुकै स्मार्ट फोनसँग ग्यालेक्सी नोट ९ साट्न पाइने सुविधा समेत थप गरिएको छ । के एल मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसर पारेर अफर माथिको अफर सहित मोबाईल मेला संचालन गरेको हो । एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाइने योजनाले मेलाको आकर्षण बढेको आयोजकको भनाई छ । मोबाइल मेला भदौ १६ गतेसम्म संचालन हुनेछ । मेलामा ९ सय ९९ रुपैयाँदेखि एक लाख ५९ हजार ९…

Read More

काठमाडौँ :राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरो, बाली लगाउने समयमा रासायनिक मलको अभाव तथा व्यापार घाटाले मुलुकको आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले बाढी र पहिरोपीडितको राहत तथा उद्धारमा खासै चासो नदेखाएको उनिहरुले आरोप लगाए । सांसद बद्रीप्रसाद पाण्डेले अविरल वर्षाका कारण गत शनिबार बाजुरा जिल्लामा गएको पहिरोमा परी एक जनाको मृत्यु भएको तथा अन्य केही घाइते भएको, जिल्लाभर पहिरोले सयौँ नागरिक विस्थापित भए पनि राहत, पुनःस्थापना र क्षतिपूर्तिको नपाएकोमा गुनासो गरे । सांसद सिंहबहादुर विश्वकर्माले वर्षाले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका अन्तर्गत तादी खोलाको पुल बगाउँदा बिरामी बोकेको एम्बुलेन्स, विद्यार्थी तथा स्थानीय जनतालाई आवतजावतमा समस्या परिरहेको…

Read More

काठमाडौँ: जताततै स्थानीय निकायहरुले उठाइरहेको करको वृद्धिलाई लिएर विरोध भइरहेको बेला नागार्जुन नगरपालिकाले आइतबार विभिन्न छ वटा शिर्षकमा नि:शुल्क सेवा प्रदान गर्ने जनाएको छ। नगरपालिकाका प्रशासकीय प्रमुख कृष्ण प्रसाद सापकोटाद्वारा जारी गरिएको सूचनामा नगरपालिकाले राजस्व सिफारिस समितिको भदौ एक गते बसेको बैठकको निर्णय अनुसार विभिन्न शिर्षकमा सिफारिश गर्दा नि:शुल्क सेवा प्रदान गर्ने निर्णय गरेको छ । सापकोटाका अनुसार सो निर्णयको बोधार्थ सबै वडा कार्यालयहरुमा निर्णयार्थ पठाइएको छ । निशुल्क गरिएका शिर्षकहरुमा — वृद्ध भत्ता सिफारिश, पेन्सनपट्टा, उपभोक्ता समितिको खाता खोल्ने, गरिवी तथा आर्थिक स्थिति कमजोर भएको, छात्रवृत्ति सिफारिश र नागरिकता सिफारिशका— सम्बन्धमा नि:शुल्क सेवा प्रदान गर्ने निर्णय गरिएको छ। तर…

Read More

काठमाडौं: पूर्वराजदूत केशव झा काठमाडौँको बबरमहलस्थित आफ्नै निवासमा मृत्त अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार उनको टाउको र घाँटीमा चोट लागेको छ । किचनको चक्कु प्रहार गरी उनको हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । प्रहरी अहिले घटनास्थलमा छ । करीब ८० वर्षीय झा आफ्नो पत्नी र सहयोगीसँग बस्दै आएका थिए । छोरा बुहारी शनिबार मात्र आयरल्याण्ड गएका थिए भने छोरी पनि घरमा थिइनन् । प्रहरीले अहिले मृतककी श्रीमती र सुरक्षागार्डसँग सोधपुछ गरिरहेको छ । घटनाको अनुसन्धानका लागि चिकित्सक र तालिम प्राप्त कुकर बोलाउने तयारी छ ।

Read More