काठमाडौँ: नेपालका १० सबैभन्दा धनी व्यक्तिहरुको सूची फोब्स पत्रिकाले हालै सार्वजनिक गरेको छ।
नेपालका सन् २०१७ को विवरण अनुसार ‘टप १०’ धनी व्यक्तिहरुको सूची सार्वजनिक गरिएको हो । पैसा एउटा मानिसको जीवन कत्तिको सफल छ भनेर मापन गर्ने बस्तु हो ।
कसको सम्पत्ति कति ?
१) बिनोद चौधरी: १.६ बिलियन डलर
चौधरीको हाल चौधरी ग्रुप अन्तर्गत देश भित्र र बाहिर ८० कम्पनीहरु छन् । उनी विश्वको धनीको सूचीमा १,३४२ स्थानमा छन् भने उनको कूल सम्पत्ति १.२ बिलियन डलर रहेको छ ।
२) शेष घले: ४१० मिलियन डलर
घले मेलबर्न इन्स्टिच्युट अफ इन्फर्र्मेसन टेक्नोलोजीका सीइओ हुन् । उनी अस्ट्रेलियाक ९९ औं धनि व्यक्ति हुन् ।
३) उपेन्द्र महतो: ३६० मिलियन डलर
महतोले आफ्नो ब्यापार बिधुतिय सामग्रीबाट सुरु गरेर हाल उनी वोरोनेजमा टेलिभिजन उत्त्पादन कम्पनी चलाउँछन् । यस कम्पनीले वार्षिक १० लाख टेलिभिजन सेट उत्त्पदान गर्नेगर्छ ।
४) अजय सुमार्गी: २०० मिलियन डलर
उनी मुक्तिश्री कम्पनीका अध्यक्ष हुन् भने उनी हाल नेपाल विभिन्न ब्यापार तथा संचारका क्षेत्रमा लगानी रहेको छ।
५) आदित्य झा: १०० मिलियन डलर
जनकपुरमा जन्मेका एनआरएन झा क्यानडाका प्रतिष्ठित ब्यापारी हुन् उनको कुल सम्पति १०० मिलियन डलर छ ।
६) जीवा लामिछाने: ९३ मिलियन डलर
एनआरएन लामिछाने टेक्नो ट्रस्ट टेलिभिजन उत्त्पादन कम्पनीका मालिक हुन् । कम्पनीले उत्पादन गर्ने टेलिभिजन एल्सन ब्राण्डका हुन् जुन रसियामा खपत हुन्छ।
७) पशुपशी शमशेर राणा: ८४ मिलियन डलर
नेपालका नेता राणा कुनै बेला एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिंदा आफुले २५,००० मिलियन नेपालि रुपैयाँ भारतबाट दाइजो रुपमा प्राप्त गरेको बताएका थिए ।
८) बलराम चेनराई: ७० मिलियन डलर
ओखल्ढुङ्गामा जन्मेका चेनराई हङकङका एक प्रतिष्ठित ब्यापारी हुन्। उनी आफ्ना बाबु ब्रिटिश सेनामा हुँदा उतै बसेबास गरेका हुन् ।
९) राजेन्द्र खेतान: ६२ मिलियन डलर
उनी आफ्नो परिवारको कान्छा सदस्यका रुपमा १०० वर्ष इतिहाँस बोकेको पुर्खौली व्यवसाय सम्हाल्दै आएका छन् । उनी लक्ष्मी बैंक र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष हुन् भने उनका हाल १३ वटा विभिन्न कम्पनी संचालनमा छन् ।
१०) पूर्व राजा ज्ञानेन्द्र शाह: ५८ मिलियन डलर
नेपालका पूर्वा राजासमेत रहेका शाहको परिवारका नाम हाल १७ वटा विभिन्न कम्पनीहरुमा शेयर रहेको छ ।