Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: पोल्याण्डमा वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै नेपाली नागरिकलाई ठगी गर्ने दुई युक्रेनी नागरिकलाई प्रहरीले विहिबार पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका युक्रेनी नागरिकले काठमाडौँको पुतलीसडक स्थित एउटा घर भाडामा लिई कार्यालय समेत खोली वैदेशिक रोजगारमा पोल्याण्‍ड पठाई दिन्छु भन्दै रकम लिई ठगी गरेको निवेदकहरुको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । आरोपी उदयपुर,वेलगर बस्ने वर्ष २६ को बुद्धिराज विष्‍ट समेतका ९ जनाले प्रहरीमा पेश गरेको निवेदनको आधारमा तत्काल यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले उक्त स्थानमा पुगी चेकजाँच गर्दा निम्नानुसारका व्यक्तिहरुलाई शंकास्पद अवस्थामा भेटी आवश्‍यक अनुसन्धानको लागी यस महाशाखामा ल्याईएको प्रहरीले जनाएको छ। प्रहरीका अनुअर पक्राउ पर्नेमा २६ वर्षीय…

Read More

काठमाडौँ: साताको अन्तिम दिन पूँजी बजार सामान्य वृद्धि भएको छ । नेप्से शुन्य दशमलब ६१ अंकले बढेर एक हजार २१० दशमलब ३२ अंकमा पुगेको छ । बुधबार नेप्से २८ दशमलब ७३ अंकले बढेर एक हजार २०९ शमलब ७१ अंकमा पुगेको थियो । नेप्सेमा सामान्य सूधार आएपनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ । बाणिज्य बैंक र उत्पादन मूलक समूहमा आएको सुधारले नेप्सेलाई हरियो रंग दिन सफल भएको छ । बाणिज्य बैंक र उत्पादन मूलक समूह बाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ । बाणिज्य बैंक र उत्पादन मूलक समूहको परिसूचक क्रमश: ४ दशमलब १ अंक र ७७ दशमलब ३२…

Read More

काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय ध्रम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, “मुलुकी देवानी र मुलुकी अपराध संहिता लागू गर्ने कुरामा निकै भ्रमपूर्ण हल्ला चलाइएको छ, तर यो त पोहोर साल नै व्यापक छलफल गरेर संसद्ले पारित गरेको कानून हो ।” उनले अस्पतालमा उपचार गर्दा बिरामीको मृत्यु भएमा चिकित्सकलाई जन्मकैद हुने भन्ने हल्ला र भ्रम फिँजाउने काम नगर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले नयाँ कानून आउँदा केही केही व्यवस्था नयाँ हुने हुँदा अभ्यासमा केही…

Read More

काठमाडौँ : राष्ट्रियसभा अन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ ३ गते निर्धारण गरिएकामा अब भदौ १३ गते बिहान ११ बजे हुने भएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्वाचन विशेष कारणवश निर्धारित मितिमा नभई मिति सरेको जानकारी दिए । राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन, विधायन व्यबस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् ।

Read More

काठमाडौँ :काठमाडौँ उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४÷७५ मा मोटरसाइकल र स्कुटर दुर्घटनामा १११ जनाको ज्यान गएको छ । सो अवधिमा १४७ पुरुष र ४७ महिलाको ज्यान गएको थियो । “मोटरसाइकल तीव्र गतिमा चलाउँदा कन्ट्रोल गर्न नसकी पल्टिने गरेको छ,” महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले भने । यस्तै पैदलयात्रु ६३, ट्रक चार, साइकल तीन, बस आठ, टेम्पो एक र कार दुर्घटनामा चार जनाको ज्यान गएको थियो । आव ०७३÷७४ मा उपत्यकामा सवारी दुर्घटनामा १८२ जनाको मृत्यु भएकामा पैदलयात्रु ७९, मोटरसाइकल तथा…

Read More

काठमाडौँ : विकास आयोजना निर्माणमा वन क्षेत्रको अवरोध हुने गरेको भन्ने गुनासो भएपनि वन तथा वतावरण मन्त्रालयले विभिन्न निकायलाई अन्य प्रयोजनका लागि १६ हजार ७१६ हेक्टर वन क्षेत्र उपलब्ध गराइसकेको छ । मन्त्रालयले ५१६ विभिन्न निकायलाई फरक फरक १२ प्रयोजनका लागि सरकारी वन क्षेत्रको उक्त जग्गा प्रयोग गर्न दिएको हो । जसमध्ये सबैभन्दा बढी जलविद्युत् र विद्युत् प्रसारण लाइनको क्षेत्रमा १६४, सरकारी कार्यालय ९२, सुरक्षा निकायलाई ६७, भौतिक पूर्वाधारलाई ५७ र सामाजिक सेवाका लागि ३८ आयोजनालाई जग्गा दिने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको देखिन्छ । आव २०४२/४३ देखि विसं २०७५ जेठसम्म राष्ट्रिय वन क्षेत्रको उक्त जग्गा विभिन्न निकायलाई प्रयोग गर्न दिइएको…

Read More

काठमाडौँ: गत वर्षको तुलनामा यो वर्ष मुलुकभर उत्साहजनक रोपाई भएको छ । साउन २८ गते सम्म लगभग ९५ दशमलब ४ प्रतिशत रोपाई भएको कृषि, भुमि ब्यबस्थापन तथा सहकारी मन्त्रालयले जनाएको छ । नेपालमा १५ लाख ५२ हजार ४६९ हेक्टर जमिनमा धन खेति हुनेगरेको मध्ये १४ लाख ८१ हजार १३ हेक्टर जमिनमा रोपाई भएको छ । समयमा देशभर राम्रो वर्षा भएको यो वर्ष गत वर्षको भन्दा राम्रो रोपाई भएको मन्त्रालयले जनाएको छ । गत वर्ष साउन अन्तिमसम्म जम्मा ८९ प्रतिशत रोपाई भएको थियो । गतवर्ष ९५ प्रतिशत भएपनि तराईमा आएको बाढीले धरै जमिनमा लगाईएको धान नस्ट हुँदा धान उत्पादनमा कमि आएको…

Read More

क्वालालम्पुर: मलेसियाको एक अदालतले उत्तर कोरियाली नेता कीम जोङ उनका भाइ कीम जोङ नामको हत्या आरोपमा मलेसियामा पक्राउ परेका दुई महिलाका सम्बन्धमा सुनुवाई गर्न आदेश दिएको छ । “आरोपित महिलाहरुले आफूमाथि लागेका आरोपको सफाईका लागि प्रक्रिया अगाडि बढाउन सक्छन्,” शाह आलम उच्च अदालतका न्यायाधीश आज्मी आरीफिनको आदेशमा भनिएको छ । हत्या आरोपीहरुमा इन्डोनेसियाकी सिती आइस्याथ र भियतनामकी डोएन थी हुओङ रहेका छन् । ती महिलाले कीम जोङ नामलाई क्वालालम्पुर विमानस्थलमा स्नायूशक्ति ध्वस्त पार्ने भीएक्स एजेन्टले आक्रमण गरेका थिए । यो आदेशको अर्थ नै अभियोजन हो । महिनौंदेखि यो मुद्दा अदालतमा विचाराधीन छ । उक्त अभियोजन अनुसार थुनामा रहेका महिलाहरु विरुद्ध…

Read More

ह्यारिसबर्ग: एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए । अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३०० धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन् । संसारभर चर्चा पाएको र मङ्गलबार सार्वजनिक गरिएको यससम्बन्धी विस्तृत प्रतिवेदनले त्यस्ता १,००० घटना सार्वजनिक गरेको छ । यो प्रतिवेदनमा सन् १९४० को दशकयताका घटना विवरण समेटिएका छन् । पेन्सिलभेनिया राज्यको बृहत अनुसन्धान समिति (ग्रान्ड जुरी) ले मङ्गलबार जारी गरेको प्रतिवेदनमा हाल वासिङ्टन डिसीका मुख्य पादरीले जानाजान उजूरीहरुलाई ढाकछोप गर्ने गरेको उल्लेख छ । यौन शोषणमा…

Read More

रत्ननगर: रत्ननगर नगरपालिका र आन्दोलनरत सात दलबीच कर समायोजन गर्ने सहमति भएको छ । गए राति सम्पन्न वार्तामा नगर उपप्रमुख विमला दवाडीको नेतृत्वमा विज्ञसहितको समिति गठन गरी बढेको कर समायोजन गर्ने सहमति भएको वार्ता टोलीका सदस्य लालबहादुर भट्टले जानकारी दिए । उनका अनुसार कर समायोजन भएपछि अहिले बढी तिरेको करसमेत समायोजन हुनेछ । गए राति वार्तामा विभिन्न ११ बुँदे सहमति भएसँगै यहाँका सात राजनीतिक दलले गर्दै आएको आन्दोलन र रिले अनशनका सबै कार्यक्रम फिर्ता लिइएको छ । आर्थिक वर्ष ०७४÷७५ को करलाई आधार बनाएर करको दर समायोजन हुनेछ । “अहिले बढेको कर सोहीअनुसार नै लिने र पछि समितिले जुन दर…

Read More