Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतिलाई जीवनयापनको साधन मात्र नभई सम्मानजनक, नाफामूलक, र दिगो पेशा बनाउन पर्ने आवश्यक रहेको बताउनुभएको छ । कृषि तथा पशूपन्छी विकास मन्त्रालय , कृषि तथा खाद्य संगठन एफएओ नेपाल लगायत साझेदार संस्थाहरुको संयुक्त आयोजनामा ललितपुरमा आयोजित पारिवारिक खेती सम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठीलाई सम्वोधन गर्दे मन्त्री अधिकारीले करिब ६०% जनसंख्या प्रत्यक्ष कृषि व्यवसायमा संलग्न रहेको र ०.६ हेक्टर प्रति कृषक परिवार औषत जोत जमिन भएको नेपाल जस्तो देशमा पारिवारिक खेती केवल आर्थिक गतिविधि मात्र नभई हाम्रो संस्कृति, परम्परा र खाद्य सुरक्षा सुनिश्चित गर्ने प्रमुख आधार समेत रहेको बताउनुभयो। कृषि क्षेत्रमा काम गर्दे आएका…

Read More

काठमाडौं: भारत सरकारले थप २०० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ । भारतले नेपालका विभिन्न जलविद्युत आयोजनाबाट उत्पादन भएको विजुली किन्ने सहमति दिएको हो । यसअघि अनुमति प्राप्त ८१०.९ मेगावाट र थपिएको २०० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०१०.९मेगावाट पुगेको छ । बंगलादेश निर्यातको ४० मेगावाट सहित नेपालको कुल निर्यात स्विकृति १०५०.९ मेगावाट पुगेको छ । पछिल्लो पटक साउन २६ गते भारत सरकारबाट प्राप्त स्विकृति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर सम्मको लागि हो । यस अन्तर्गत लिखु-२, लिखु खोला ए ,लोअर सोलु, ठूलो खोला ,सुपर कावेली खोला ए र सुपर कावेलि खोलाबाट उत्पादन भएको विद्युत पर्दछ…

Read More

काठमाडौँ: कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितीलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबार सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि बोलाएका छन्। कैदीबन्दीबीच झडपपछि उत्पन्न परिस्थितीका विषयमा छलफल गर्न मन्त्री लेखकले शनिबार बेलुकी ४ बजे गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई बोलाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा गृहसचिब गोकर्णमणि दुवाडी, सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्ले लगायत सहभागी हुनेछन्। कैदीबन्दीबीच गएराति एकआपसमा झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन्। स्थानीय प्रशासनका अनुसार झडपमा घाइते भएकाहरुको धनगढीमै उपचार भइरहेको छ।

Read More

काठमाडौँ:नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अनुसन्धानका नाममा सरकारलाई नागरिकको ‘बेडरुम’सम्म पुग्ने अधिकार नभएको बताएका छन्। सरकारले ल्याएको ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदाप्रति आपत्ति जनाउँदै सांसद शर्माले फोन संवाद सुन्नु, रेकर्ड गर्नु व्यक्तिको गोपनीयताको हक हननको विषय भएको टिप्पणी गरे। ‘यो विधेयक नागरिकको आफ्नो स्वतन्त्र ढंगले व्यवहार गर्ने विषय दुरुपयोग हुने र व्यक्तिगत स्वतन्त्रता हनन गर्ने, व्यक्तिगत स्वतन्त्रतामा सरकारले हस्तक्षेप गर्ने, गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डको कुराकानीसम्म पनि सरकारको पहुँच देखियो’, न्युज एजेन्सी नेपालसँग उनले भनेका छन्, ‘नेपालको संविधानले दिएको गोपनीयताको हकबमोजिम त दुरुपयोग हुनसक्ने अवस्था देखियो। यसमा सबैको ध्यानाकर्षण हुनुपर्छ।’ उनले अगाडि…

Read More

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन आज सुरु हुँदैछ। लिगमा सहभागी ८ क्लब छन्। दोस्रो सिजनको एनपीएलको अक्सनमा १६४ खेलाडीको नाम छ। यीमध्ये ३७ जनामाथि क्लबहरूले बोली लगाउनेछन्। नेपाल क्रिकेट संघ क्यानले खेलाडीहरूलाई विभिन्न श्रेणीमा विभाजन गरेको छ। यीमध्ये पहिलो सिजनमा ए श्रेणीमा रहेका ६ खेलाडीलाई क्लबले रिलिज गरेको छ। यी ६ खेलाडीलाई यसपटक कसले भित्र्याउलान् भन्नेमा सबैको चासो छ। गत सिजन चितवन राइनोजमा रहेका शरद भेषावकर यसपटक उनलाई कुनकुन क्लबले बोली लगाउँछन् भन्ने चासो छ। त्यस्तै ए श्रेणीमै रहेका अर्जुन साउद र सूर्य तामाङलाई पनि लुम्बिनी लायन्सले रिलिज गरेको छ। उनीहरूलाई कुन क्लबले किन्छ त्यसका लागि अक्सननै पर्खिनु पर्ने…

Read More

काठमाडौँ: नेपाल प्रिमियर लिगको अक्सन सूचीमा १४ खेलाडी थप गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले यसअघि सार्वजनिक सूचीमा छुटेका १४ जना खेलाडी थप गरिएको बताए। ‘समेट्नै पर्ने केही खेलाडी सूचीमा छुटेछन्। अनि, फ्रेन्चाइज टोलीसँग सल्लाह गरेर १४ जना थप गरिएको छ। अक्सनमा १६४ खेलाडी हुन्छन्,’ प्रवक्ता लामाले भने। शनिबार ललितपुरको बालकुमारीस्थित रोयल ट्युलिपमा हुने मिनी अक्सनमा १६४ जना खेलाडीको नाम समावेश हुनेछ। त्यसमध्येबाट ८ वटा फ्रेन्चाइज टोलीले आफ्नो बजेट र आवश्यकता अनुसारका खेलाडी लिन सक्नेछन्। हरेक टोलीले १२ जना नेपाली खेलाडी अनुबन्ध गर्न ९० लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। प्रत्येक टोलीले दोस्रो सिजन पनि ट्यालेन्ट हन्टबाट…

Read More

काठमाडौँ: प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिई गएराति स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओली दुबई हुँदै राति ११ बजे काठमाडौँ आइपुगेका हुन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्रीलाई स्वागत गरेका थिए। सो अवसरमा नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीलगायतको उपस्थिति थियो । प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो । तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा…

Read More

काठमाडौँ: गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले भारत र बंगलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको हो ।यो उपलब्धि ऊर्जामन्त्री दिपक खड्काको नेतृत्वमा नेपालको जलविद्युत् क्षमता, उत्पादन क्षमता व्यवस्थापन र छिमेकी मुलुकहरूसँगको विश्वासप्रद सहकार्यको प्रतिफल हो। नेपाल विद्युत् प्राधिकरणले आ.व. २०८१/०८२को अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको हो। निर्यातको कुल रकम १७ अर्ब ४६ करोड रुपैयाँ नाघेको देखिन्छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।विद्युत् व्यापारमा नेपाललाई प्राप्त भएको यो उपलब्धिले ऊर्जा कूटनीति र आर्थिक समृद्धितर्फको यात्रामा महत्वपूर्ण कोशेढुङ्गा सावित भएको मन्त्री…

Read More

काठमाडौं: नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More