Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ । नेपाल प्रहरीमा ४ हजार ७ सय ३५ जनशक्ति रिक्त रहेको छ ।आइतबार प्रहरी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५ सय ४१ रहेको र अहिले ५.९५ प्रतिशत जनशक्ति रिक्त रहेको बताए । विद्यमान जनशक्ति ९४. ०५ प्रतिशत (७४ हजार ८ सय ६ रहेको पनि बताउनु भयो । सिनियर अफिसरहरूको जनशक्ति २.८४ प्रतिशत रहेको र प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकको कुल जनशक्तिमध्ये १५.३५ प्रतिशत रहेको बताए । उनले भने,‘नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार…

Read More

काठमाडौँ: काठमाडौँको नागार्जुन नगरपालिकाको वडा नम्बर १ स्थित नगरपालिकाभित्र नै पहिलो पटक फाल्चासहितको नवनिर्मित “रानीवन उद्यान” संचालनमा आएको छ। नागार्जुन नगरपालिका अन्तर्गत वडा नम्बर-१ को आफ्नै वार्षिक योजना र लक्ष अन्तर्गत वडाले नगरपालिका भित्रकै पहिलो फल्चासहितको अवधारणामा यो विश्राम तथा उद्यान संचालनमा ल्याएको हो। उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले शनिबार एक विशेष कार्यक्रमकाबिच प्रमुख अतिथिको रुपमा सो उद्यानको समुद्घाटन गरेका छन्। सो पार्क संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, बबरमहलको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको नागार्जुन नगरपालिका वडा नम्बर-१ का वडाध्यक्ष रामेश्वर लामाले कार्यक्रममा बोल्दै जानकारी दिनुभयो। फाल्चा र पार्कसहितको अवधारणामा निर्मित यस संरचना सिंगो १० वटै वडाभित्रै…

Read More

काठमाडौं: भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलालाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको छ । दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलालाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । प्रजिअ घिमिरेका अनुसार महिलाहरूलाई अहिले प्रहरीले काठमाडौं ल्याइरहेको छ । त्यसैगरी गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । उक्त विषयमा गृहमन्त्री…

Read More

काठमाडौं: नेपाल भ्रमणमा रहनुभएका रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन (आइओई) का महासचिव रोबर्टो सुवारेज सान्तोसले औद्योगिक सम्बन्ध सुधारमा नेपाल उद्योग वाणिज्य महासंघले निर्वाह गरेको भूमिका को प्रसंशा गर्नु भएको छ ।विहिवार महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र पदाधिकारीसंगको भेटमा उहाँले उक्त धारणा राख्नु भएको हो ।महासंघका अध्यक्ष ढकालको निमन्त्रणमा आउनु भएका सान्तोषले हालै सहमतिमा भएको न्यूनतम ज्याला निर्धारण, सामाजिक सुरक्षा र औपचारिकीकरणमा महासंघको भूमिका अनुकरणीय भएको बताउन भएको हो । साथै उहाले सरकार र ट्रेड यूनियनहरुको रचनात्मक भूमिका रहेको पनि बताउनु भयो ।तीन दिने नेपाल भ्रमणमा रहनु हुने महासचिव सान्तोस २०८२ साउन ८ देखि १० गते (२४–२६ जुलाई २०२५) सम्मको नेपालको भ्रमणमा…

Read More

काठमाडौंं: स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूर्व घोषणा गरेअनुसार मन्त्रालयबाट उपलब्ध हुने विपन्न उपचार सहायता स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध गराउन प्रक्रिया थालेका छन् । विपन्न उपचार सहायता स्वास्थ्य बीमामार्फत उपलब्ध गराउने खाका तयार पार्न मन्त्री पौडेलले एक विज्ञ समिति गठन गरेका छन् । समितिलाई एक साताभित्र प्रतिवेदन सुझाव दिन भनिएको छ । मन्त्री पौडेलले यससम्बन्धमा सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । मन्त्री पौडेलले लेखेका छन्, ‘सरकारबाट प्रदान हुने विपन्न नागरिक उपचार सहायतासहितका सहुलियत स्वास्थ्य बीमा कार्यक्रममार्फत नै उपलब्ध गराउन नीतिगत सुधार गर्ने पूर्व प्रतिबद्धता अनुसार कार्यान्वयन प्रक्रिया आरम्भ गरेका छौं ।’ यस अघि जटिल आठ प्रकारका रोगका बिरामीलाई स्वास्थ्य…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग परिसंघबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले देशलाई उत्पादनको थलो बनाई औद्योगिकरणमा लैजान आवश्यक रहेको बताउनुभयो । सामान आयात गरी नाफा आर्जन गर्नेतर्फ भन्दा देशमै उत्पादन बढाई निर्यात गर्नेतर्फ ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । सरकारले कानुनी एवं नीतिगत सुधार गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्न खोजिरहेको उहाँले उल्लेख गर्नुभयो । भान्सामा प्रयोग हुने वस्तुदेखि अन्य वस्तुहरु नेपाली होस् भन्ने आफ्नो चाहना रहेको उहाँले बताउनुभयो । स्वदेशी वस्तु उत्पादन र प्रयोगले मात्रै आयात प्रतिस्थापन गर्न सक्ने प्रधानमन्त्रीले बताउनुभयो । परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले परिसंघले…

Read More

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले अब देशमा उत्पादन भएको विद्युत् खेर जाने अवस्था नरहने विश्वास व्यक्त गर्नुभएको छ। पश्चिम सेती कोरिडोरमा जलविद्युत् विकास र ४०० के.भी. प्रसारण लाइन निर्माणका लागि सोमबार सम्पन्न बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री खड्काले ट्रान्समिसन लाइनको अभाव अब दूर हुने र यो सहकार्यले ऊर्जा विकास मार्गचित्रअनुसारको लक्ष्यप्राप्तिमा ठोस टेवा पुर्‍याउने बताउनुभयो। “ऊर्जा क्षेत्रमा महत्वपूर्ण आशा जगाएको यस समझदारीले प्रसारण संरचनाको अभाव पूर्ति गर्छ र उत्पादित विद्युत् खेर जाने समस्या अन्त्यतर्फ जान्छ। निजी क्षेत्रले पनि उत्पादन र बिक्री गर्न पाउने वातावरण बनाउन सरकार सकारात्मक छ। आन्तरिक खपतसँगै बढी विद्युत् बिक्रीका लागि निजी क्षेत्रलाई…

Read More

काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफल भयो । द्विपक्षीय भेटवार्ता पश्चात् ४ वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भयो । चितवनको भरतपुरस्थित वि. पि. कोइराला मेमोरियल क्यान्सर अस्पातालमा बोनम्यारो ट्रान्सप्लान्टशन निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पातालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयो। जसमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का…

Read More

काठमाडौँ: अविरलको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सोमबार बिहान ९ बजे अद्यावधिक सूचना जारी गर्दै यो जानकारी दिएको हो । प्रहरीको सूचना अनुसार संखुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरुपमा अवरुद्ध रहेको छ । त्यसतै, गण्डकी प्रदेशमा नवलपरासी पूर्वको कालिगण्डकी करिडोरमा अवरोध रहेको छ । उता, लुम्बिनी प्रदेशमा रोल्पाको सहिद राजमार्ग र कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित जाजरकोड डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरुपमा अवरुद्ध रहेको छ । यसबाहेक पाँचवटा सडक खण्ड एकतर्फीरुपमा सञ्चालनमा रहेका छन् ।

Read More

काठमाडौं: साउनको पहिलो सोमबार भक्तजनका लागि बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खुला गरिएको छ । पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाले दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्न सक्ने पूर्वानुमान गरी व्यवस्था मिलाएको जनाएकाे छ । साउन महिनाको सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन् । यसका लागि विश्व सम्पदा सूचीमा सूचिकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहान तीन बजेदेखि नै भक्तजनको घुइँचो लागेको छ । साउन महिनामा विशेष पूजाका लागि सात हजार ५०० भन्दा कमको टिकट नकाटिने कोषले जनाएको छ । साउने सोमबारका अवसरमा विशेषगरी महिलाले…

Read More