काठमाडौं: नेपाल भ्रमणमा रहनुभएका रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन (आइओई) का महासचिव रोबर्टो सुवारेज सान्तोसले औद्योगिक सम्बन्ध सुधारमा नेपाल उद्योग वाणिज्य महासंघले निर्वाह गरेको भूमिका को प्रसंशा गर्नु भएको छ ।
विहिवार महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र पदाधिकारीसंगको भेटमा उहाँले उक्त धारणा राख्नु भएको हो ।
महासंघका अध्यक्ष ढकालको निमन्त्रणमा आउनु भएका सान्तोषले हालै सहमतिमा भएको न्यूनतम ज्याला निर्धारण, सामाजिक सुरक्षा र औपचारिकीकरणमा महासंघको भूमिका अनुकरणीय भएको बताउन भएको हो । साथै उहाले सरकार र ट्रेड यूनियनहरुको रचनात्मक भूमिका रहेको पनि बताउनु भयो ।
तीन दिने नेपाल भ्रमणमा रहनु हुने महासचिव सान्तोस २०८२ साउन ८ देखि १० गते (२४–२६ जुलाई २०२५) सम्मको नेपालको भ्रमणमा रहनु हुनेछ । यसै वर्ष जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकाल र महासचिव सान्तोसबीच भएको भेटवार्ताका क्रममा अध्यक्ष ढकालले महासचिव सान्तोसलाई नेपाल भ्रमणको निम्तो दिनु भएको थियो ।
महासंघमा भएको भेटवार्ताका क्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको २०२६ मा हुने अतिकम विकसित मुलुकबाट स्तरोन्नती र यसले नेपालको अन्तरराष्ट्रिय व्यापारमा पार्ने प्रभावमा आइओईको सहजिकरणका विषयमा चर्चा गर्नु भएको थियो ।
साथै उहाँले निजी क्षेत्रको प्रतिस्पर्धात्मत्मक क्षमता अभिवृद्धि लगायतका आइओइका सहयोग आवश्यक रहेको बताउनु भयो । “नेपालको २०२६ मा हुने एलडीसी स्तरोन्नती हुँदा हामीसंग अवसर र चुनौती दुवै छन् । यसबाट अगाडि बढ्न आइओईका अनुभव आदानप्रदान, विश्व समुदायमा नेपालको पक्षमा पैरवी र सहकार्यका लागि हामी आइओइको सहयोगको अपेक्षा गर्दछौं । ”अध्यक्ष ढकालले भन्नुभयो ।
नेपालमा लगानीको वातावरण सिर्जना गर्न, सरकार रोजगारदाता र श्रमिक संगठन बीच सुमधुर सम्बन्ध कायम राख्दै औद्योगिक वातावरण निर्माण गर्न महासंघले सधैं उल्लेखनीय काम गर्दै आएको अध्यक्ष ढकालले बताउनु भयो ।
सो अवसरमा उहाँले स्तरोन्नति पछिको अवस्थामा अन्तरराष्ट्रिय क्षेत्रमा आवश्यक सहजिकरणका लागी आइओई सधैं सकारात्मक रहेको बताउनु भयो । नयाँ अवसरहरुमा नेपालका उद्यमिहरुलाई जोड्न पनि सहजिकराना गर्ने बताउनु भयो ।
सो अवसरमा महासंघका उपाध्यक्ष हेमराज ढकाल, महासंघका उपाध्यक्ष तथा रोजगादाता परिषदका सभापति ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य, महासंघका केन्द्रीय सदस्य तथा परिषद्का उपसभापति बाबुकाजी कार्की र अरनिको राजभण्डारी लगायतले नेपालमा रोजगारदाता र श्रमिक बीच असल सम्बनध निर्मार्ण तथा औद्योगिक वातावरणका बिषयमा आआफ्नो धारणा राख्नु भएको थियो ।
१९२० मा स्थापना भई जेनेभामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय रोजगारदाताहरुको संगठन (आइओई) विश्वकै सबैभन्दा ठूलो निजी क्षेत्रको सञ्जाल हो । जसले १४० भन्दा बढी देशहरूमा रहेका १५० भन्दा धेरै रोजगारदाताहरुको संगठनहरूलाई प्रतिनिधित्व गर्छ । नेपालमा महासंघ आइओइको सदस्य हो ।
Trending
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
