Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५७ अङ्कले उकालो लागेर दुई हजार एक सय दशमलव ६५ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ अङ्कले उकालो लागेर चार सय दुई दशमलव शून्य एकमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । कूल ३९ लाख २२ हजार दुई सय १६ कित्ता शेयर रु एक अर्ब ४७ करोड ४१ लाख ६१ हजार छ…

Read More

काठमाडौं: नेपाल राष्ट्र बैंकले बजार महँगी बढेको तथ्यांक सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको ६ महिनाको आर्थिक तथा वित्तीय स्थितीको तथ्यांकमा केन्द्रीय बैंकले मुद्रास्फीति ७.२६ प्रतिशतले बढेको जानकारी दिएको हो । गत वर्षको यही अवधिमा बजार महँगी ५.६५ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५७ प्रतिशत रहेको छ । यस्तै, खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत पुगेको छ । दुग्ध पदार्थ तथा अण्डाको ९.७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६ प्रतिशत,…

Read More

काठमाडौँ: पुस महीनामा मुलुकको चालु खाता घाटामा ८ अर्ब ४४ करोडले सुधार हुँदा मुलुकको शोधान्तर बचतको स्थितिमा समेत ५१ अर्ब २३ करोड रुपैयाँले बढोत्तरी भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको मध्यसम्म अर्थात पुस मसान्तसम्ममा चालु खाता २९ अर्ब ४७ करोडले घाटामा रहँदा शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा पुगेको छ । पछिल्लो समय निरन्तर आएको रेमिट्यान्स आप्रवाहको सुधार, सरकारले अबलम्बन गरेको आयात निरुत्साहन नीति, मूल्य वृद्धि, र उच्च ब्याजदरका कारण कर्जाको मागमा आएको संकुचनका कारण चालु खाता घाटा र शोधानान्तर स्थिति दुबैमा आशातित सुधार आएको हो । अघिल्लो महिना अर्थात मंसिरसम्ममा चालु खाता ३७…

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिएपछि दुवै मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाल्ने भएका छन् । रास्वपाबाट मन्त्री बनेका शिशिर खनाल, डोल प्रसाद अर्याल र तोसिमा कार्कीले आइतबार प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका थिए । त्यसपछि रिक्त रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने भएका हुन् । उनीहरूको राजीनामा आएको भोलिपल्ट सोमबार प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ती मन्त्रालय प्रधानमन्त्री श्री पुष्पकमल दाहालले सम्हाल्ने गरी तोकेकी हुन् । यसअघि रास्वपाका सभापति रवि लामिछाने गृह मन्त्रालयबाट पदच्युत भएपछि पनि गृह मन्त्रालय प्रधानमन्त्री दाहालको मातहतमा रहँदै आएको छ । दाहाल नेतृत्वको सरकारमा…

Read More

काठमाडौँ: भारतीय क्रिकेटर मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। केही दिनदेखि नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण दिइरहेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। तर क्यानले यसको औपचारिक घोषणा गरिसकेको छैन। राष्ट्रिय खेलकुद परिषद्‍बाट पत्र आइनसकेको जनाउँदै क्यानले घोषणा नगरेको हो। क्यानले आज दिउँसो ३ बजे यसबारे औपचारिक घोषणा तयारी गरेको छ। त्यसका लागि क्यानले होटल हायात प्यालेसमा नयाँ मुख्य प्रशिक्षकसँग पत्रकार भेटघाट कार्यक्रम राखिसकेको छ। देसाई यसअघि पनि नेपालसँग जोडिएका क्रिकेटर हुन्। उनले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरिसकेका छन्। उनले सन् २०१५…

Read More

काठमाडौं: गैरकानूनी सम्पत्ति आर्जन गर्ने परिपाटीलाई निरुत्साहित गर्न विभिन्न १८ वटा कानून संशोधन गर्ने विधेयक सोमबारको मन्त्रिपरिषदमा पेश हुने भएको छ । कानून मन्त्रालयले विधेयकको मस्यौदा स्विकृत गरेर आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दर्ता गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार, मन्त्रिपरिषदमा पेश भएको विधेयक दफावार छलफलका लागि विधेयक समितिमा पेश गर्ने तयारी छ । कानूनमन्त्रीको नेतृत्वमा हुने समितीमा सत्तारुढ दलका एक÷एक जना मन्त्री, सरोकारवाला मन्त्रालयका सचिव रहेछन् । समितिमा छलफल भएपछि विधेयक फेरि मन्त्रिपरिषदमा पेश हुने र त्यहाँबाट स्वीकृत भएर संघीय संसदमा दर्ता हुनेछ । प्रधानमन्त्री कार्यालयका एक सचिवका अनुसार, एक साताभित्र संघीय संसद सचिवालयमा पेश गर्ने तयारी…

Read More

काठमाडौँ: नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध चयन भएकी छन्। अर्यालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध चयन भएकी हुन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेपछि अर्यालको एक्लो उम्मेदवारी परेको थियो। राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ प्रस्तावक थिए भने समर्थकमा नेकपा एमालेका सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा थिए। तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो। राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रको १५ सांसद छन्। यस्तै, नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी) का आठ, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका…

Read More

काठमाडौं: नेपाल राष्ट्र बैंकले ५ वर्षे विकास ऋणपत्र २०८४ ‘ञ’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सरकारको ७ अर्ब रुपैयाँको ५ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८४ ‘ञ’ बोलकबोल मार्फत् बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले माघ २४ गते बोलकबोल गर्ने र माघ २५ गते निष्काशन गर्नेछ । उक्त ऋणपत्र खरिदका लागि बोलकबोल पेश गर्न आग्रह गरेको हो । उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंकिङ्ग वित्तीय संस्था, बीमा कम्पनी र सर्वसाधारण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डसामु राजीनामा बुझाएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की राजीनामा बुझाएका हुन् । रास्वपाले आइतबार नै सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने सरकारलाई दिँदै आएको समर्थन भने कायमै रहने बताएको छ ।

Read More

काठमाडौँ: सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी (सरकार पक्ष) झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय टङ्कबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले आज सरकार पक्षलाई झिकाउने आदेश गरेको हो । अदालतको आदेशानुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीसहितले विपक्षी बनाएकाहरू अदालतमा उपस्थित हुनुपर्ने भएको चौधरी पक्षका अधिवक्ता विकास भट्टराईले जानकारी दिए । उक्त घटनाका बारेमा सरकारले कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त अदालतले तीन वर्षको कैद गर्ने फैसला सुनाएको थियो भने उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध रेशमसहित सीताराम चौधरी, हरिनारायण चौधरी, श्रवण चौधरी, चुन्नीराम चौधरी, राजकुमार कठरिया, प्रदीप चौधरी…

Read More