Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडाैं: कृषि विकास बैंककाे अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष दुवाडीसँग विभिन्न संघ/ संस्थाको सञ्चालक समितिमा सदस्य रहि कार्य गरेको अनुभवसमेत रहेको छ । नवनियुक्त बैंकका अध्यक्षलाई नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित कार्यालयमा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाखर भट्ट, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्ती प्रसाद सापकोटालगायत कृषि विकास बैंकका सञ्चालक समिति सदस्यहरुको सहभागिता थियो ।

Read More

काठमाडौँ: नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आगामी सरकार कांगे्रसकै नेतृत्वमा गठन गर्न पहल गर्ने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दलहरूलाई सात दिनको समय दिएकी छन्। संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठन गर्न राष्ट्रपतिले आज समय दिएकी हुन्। पुस १० गते आइतबार साँझ ५ बजे भित्र सरकार गठन गर्न राष्ट्रपतिले समय दिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ। संविधानको धारा ७६ को उपधारा १ अनुसार कुनै दलको पनि एकल बहुमत नआएकोले धारा ७६ को उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान भएको हो। संविधानको धारा ७६ को उपधारा २ मा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्ने उल्लेख छ। दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत…

Read More

काठमाडौं: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ ।परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीयबासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि सुनवल १३२ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत आपूर्ति दिइएको छ । सबस्टेसन सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा सञ्चालित स्टील, सिमन्टलगायतका उद्योगहरु तथा स्थानीय उपभोक्ताहरुले पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति पाएका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी…

Read More

भरतपुर: चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम चरणमा पुगेको छ । बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको प्राधिकरणका इञ्जीनियर सागर ज्ञवालीले जानकारी दिनुभयो । यी दुइ स्टेशन करिब रु ९० लाखको लागतमा निर्माण गरिएको हो । दुईवटा स्टेशनमा एकपटकमा छ वटासम्म गाडी चार्ज गर्न मिल्छ । आन्तरिकरूपमा खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारीसाधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको…

Read More

काठमाडौँ: नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख पाँच सय तोकिएको छ । शुक्रबार दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको यो सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ । यसको मूल्य अघिल्लो दिन रू ९९ हजार चार सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले वृद्धि भई प्रतितोला रु एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा…

Read More

काठमाडौं: आइएमई ग्रुपको लगानीमा निर्माणधिन लुम्बिनी केबलकार आउँदो २ महिनाभित्र सञ्चालनमा आउने भएको छ । । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी १र२ महिना भित्रमै केबलकार सञ्चालनमा आइसक्ने बताए। उनले केबलकारको ९० प्रतिशत काम सकिएको जानकारी दिए । रिसोर्टलगायत अन्य पूर्वाधारको काममा भने केही समय लाग्ने भएको छ । बटम र टप स्टेसनमा बन्दै गरेको रेष्टुरेन्ट र रिसोर्ट तथा अन्य पूर्वाधारहरुको निर्माण कार्य सम्पन्न हुन अझै केही समय लाग्ने भएको छ । केबलकारबाट पाल्पाको वसन्तपुर डाँडामा पुगेर त्यहाँ रहेको मन्दिरको दर्शन गर्नुकासाथै त्यहाँबाट हिमालदेखि तराईसम्मको दृश्यावलोकनको आनन्द लिन सकिनेछ । लुम्बिनी भ्रमणमा…

Read More

तराईमा हुस्सु/कुहिरो, पहाडमा मौसम बदलीकाठमाडौँ: यतिबेला (आइतबार बिहान) देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही तराई क्षेत्रमा हुस्सु÷कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भेगका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। बुलेटिनअनुसार राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही…

Read More

काठमाडौँ: नेपाली कांग्रेस काभ्रेले गत आम निर्वाचनमा अन्तर्घात गरेको आरोपमा दुई केन्द्रीय सदस्यलाई पार्टीबाट निश्काषन गर्न सिफारिस गरेको छ। शनिबार बसेको जिल्ला समितिको बैठकले सो निर्णय गरेको उल्लेख गर्दै केन्द्रीय अनुशासन समितिमा पठाउने निर्णय गरेको हो। चुनावमा अन्तर्घात गरेको भन्दै केन्द्रीय सदस्य मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा २ का क्षेत्रिय सभापति महेश खरेललाई कारबाहीको निर्णय गरेको जिल्ला कार्यसमिति काभ्रेका सभापति तीर्थ लामाले एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन्। ‘सुचनाको आधारमा जिल्ला अनुशासन समितिमा पर्न आएको उजुरी उपर छानविन गर्दा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय मधु प्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा क्षेत्र नं २ काभ्रेका…

Read More

काठमाडौ: २२ औं संस्करणको कतार फिफा विश्वकपको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। मोरोक्कोलाई पराजित गर्दै फ्रान्स र क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फाइनलमा भेट पक्का गरेका हुन्। अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फाइनललाई रोचक खेलको रुपमा हेरिएको छ। अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ गरेर दुई पटक विश्वकपको उपाधि उचालेको छ। सन् १९३०, १९९० र २०१४ मा फाइनल पुगेर अर्जेन्टिना घर फर्किएको थियो। दुई पटक उपाधि उचालेको अर्जेन्टिनाले पाँच पटक विश्वकपको फाइनल खेलेको छ। छैटौं पटक फाइनल खेल्न पुगेको अर्जेन्टिना कप्तान लियोनल मेस्सीको नेतृत्वमा विश्वकप उपाधि उचालेर विश्व फुटबलमा आफ्नो नाम लेखाउन चाहन्छ। उमेरका कारण मेस्सीले अर्को विश्वकप खेल्ने…

Read More