Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ:कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु गरेको छ । तातोपानी नाका हुँदै आजसम्म ३४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए । हिउँदेबालीका लागि कम्पनीले सिल्क ट्रान्सपोर्ट प्रालिमार्फत ३५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपीसहित ४० हजार मेट्रिक टन रासायनिक मल मगाएको थियो । तर चिनियाँ पक्षले समन्वयकारी भूमिका निर्वाह नगरेको हुँदा लामो समयसम्म सो मल खासा क्षेत्रमै रेकिएर रहेको सिल्क ट्रान्सपोर्ट प्रालिले आरोप लगाएको छ । किसानहरुले धानबाली भित्र्याई सकेपछि आलु तथा गुहँबाली सुरु गर्ने गर्दछन् । त्यसका…

Read More

काठमाडौँ: यस सिजनको च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले पहिलो जित निकालेको छ । समूह चरण अन्तर्गत बुधबार राति युक्रेनी क्लब डायनामो किभविरूद्ध १-० को संघर्षपूर्ण जित निकाल्दै जारी सिजन बार्सिलोनाले पहिलो जित हात पारेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिकेले ३६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै समूह ई को बार्सिलोनाको ३ खेलमा ३ अंक भएको छ । किभको ३ खेलमा १ अंक छ ।

Read More

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबानले निम्त्याएको क्षति निरीक्षणका लागि आज (बिहीबार) गृहप्रदेश सुदूरपश्चिम जाँदै छन्। मन्त्री र पूर्वमन्त्रीहरूका साथ प्रधानमन्त्री देउवा बिहीबार बिहान सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका क्षति निरीक्षणका लागि त्यसतर्फ जाने भएका हुन्। टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेतात्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर हुनेछन्। प्रधानमन्त्री देउवासहितको टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अहिले बिहान ८ बजे हेलिकोप्टरमार्फत सुदूरपश्चिम उड्नेछ। काठमाडौंबाट सुर्खेत हुँदै टोली पूर्वमन्त्री बलायरको गृहजिल्ला डोटी जाने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ। डोटी मन्त्री आलेको पनि गृहजिल्ला हो। डोटीमा बाढीपहिरोबाट हुन गएको क्षतिको निरीक्षणपछि उक्त टोली बझाङ हुँदै बैतडीको…

Read More

काठमाडौँ: देशभर भइरहेको मनसुनपछिको वर्षाले गर्दा ४ दिनमा ७७ जनाको मृत्यु भएको गृह मन्त्रालयले बुधबार जनाएको छ। यस्तै २७ जना अझै वेपत्ता रहेको र ३२ जना घाइत रहेका छन् । यस्तै वर्षा र बाढीले हालसम्म २७ वटा घरहरु पूर्णरुपले क्षती भएको जनाइएको छ । यो संख्या ५ बजे सम्मको हो।

Read More

काठमाडौँ: नेपालमा थप ६ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६ सय ६२ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ८ हजार ४ सय २६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। सात हजार २२ जनाको पिसिआर परीक्षण र १४०४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ११ हजार ५७९ जना सक्रिय संक्रमित छन्। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार २७० पुगेको छ। ७५८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। त्यस्तै, काठमाडौं उपत्यकामा २५३ थपिएका छन्। जसमध्ये…

Read More

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानबाली नष्ट भएका किसानलाई राहत दिन सरकारसँग माग गरेका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले कृषि सहायता कोष खडा गरी किसानलाई राहत दिन माग गरेका हुन्। ‘धानबाली थन्काउने बेलामा आएको अबिरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीको ठूलो क्षति भएको छ,’ प्रचण्डको विज्ञप्तिमा भनिएको छ,‘ बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपुर्ति दिलाउन पनि म सरकारसँग जोडदार माग गर्दछु।’ विपदमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। ‘बाढीपहिरोमा परी बेपत्ता हुनभएकाहरुको यथाशीघ्र खोजीका लागि…

Read More

काठमाडौँ: सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई कम्तीमा दुई लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एक जनाको मृत्यु भएको परिवारलाई २ लाख र सोही परिवारका थप सदस्यको मृत्यु भएमा मृतक प्रति सदस्य थप एक लाख रुपैयाँका दरले अतिरिक्त रकम दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए । सिंहदरबारमा बसेको बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको छ । बैठकले राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय भएको बताउँदै श्रेष्ठले त्यसका लागि राज्यका सबै संयन्त्र परिचालन हुने बताए । यता गृहमन्त्री बालकृष्ण खाँणले बैठकको…

Read More

काठमाडौँ: निरन्तर दुईदिन घटेको नेप्से परिसूचक बुधबार ६०.५६ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन २५१०.७३ विन्दुमा बन्द भएको नेप्से, यस दिन ६०.५६ अंक बढेर २५७१.६६ विन्दुमा पुगेको छ। ब्याजदर घट्ने भएपछि त्यसको सकारात्मक प्रभाव बजारमा परेको हो। दशैँ लगत्तै बैंकहरुले ब्याजदर बढाएको सूचना सार्वजनिक गरेसँगै नेप्सेमा उच्च गिरावट देखिएको थियो। तर, मंगलबार केन्द्रिय बैंकले ब्याजदर वृद्धिमा नियन्त्रण गर्न निर्देशिका जारी गरेको थियो। त्यस अनुसार बैंकहरुले ब्याजदर संशोधन गर्नु पर्नेछ। जसका कारण बैंकहरुको ब्याजदर घट्ने देखिन्छ। यसैको प्रभाव यस दिन बजारमा परेको जानकारहरु बताउँछन्। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। मंगलबार साढे ३ अर्बभन्दा बढीको शेयर…

Read More

काठमाडौँ: मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर बुधबार मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना वेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा नौजना छन् । यी दुबै जिल्लामा पहिराले मानवीय क्षति गराएको हो । त्यसपछि पहिरामा परी हुम्ला, धनकुटा र पाँचथरमा छ/छजनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । पहिरामा परेर सबैभन्दा बढी बझाङमा २३ जना बेपत्ता…

Read More

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठकले देशभर बाढी तथा पहिरोका कारण जनधनको क्षति भएपछि पीडितलाई राहत तथा मृतकका परिवारलाई क्षतिपूर्तिबारे आवश्यक निर्णय लिने बताइएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको बैठकमा देशभरको बाढीपहिरोको अवस्थासहित अन्य दैनिक प्रशासनिक कार्य सम्पादनका विषयमा पनि निर्णय हुने बताइएको छ ।

Read More