Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । हरितालिका तीज २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले तीज पर्वले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताउनुभयो । उहाँले तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेकामा जोड दिनुभएको छ । “सांस्कृतिक र धार्मिक पर्वका रूपमा हरितालिका तीजको नेपाली समाजमा महत्त्वपूर्ण स्थान रहेको छ, भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयाका…
हेटौँडा, २३ भदौ: बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्तार गर्नुभएको मन्त्रिमण्डलका मन्त्रीले आज प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनियताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री एवं भौतिक पूर्वाधार विकासमन्त्री रहेका केशवराज पाण्डेलाई भौतिक पूर्वाधारमन्त्री, रचना खड्कालाई आर्थिक मामिला तथा योजनामन्त्री, विजय सुवेदीलाई सामाजिक विकासमन्त्री, शान्तिप्रसाद पौडेललाई उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री, प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्यमन्त्री, डा अजय क्रान्ति शाहीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, चन्द्र लामालाई भूमि व्यवस्था, कृषि सहकारीमन्त्री, जीवन खड्कालाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, जुनेली श्रेष्ठलाई सामाजिक विकास राज्यमन्त्री, सरस्वती बाटीलाई…
काठमाडौँ: सर्वोच्च अदालतमा नेकपा (एमाले) का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गराउन माग गर्दै रिट निवेदन दायर गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले आफूहरु एकीकृत समाजवादी पार्टीमा जान चाहेको तर निर्वाचन आयोगले सनाखत नगरेको रिट निवेदनमा छ । रिट निवेदनमा उक्त विवाद किनारा नलागेसम्म नेकपा (एमाले)ले गर्न सक्ने कारबाही रोक्न आदेशको माग गरिएको छ ।
संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा हत्या गरिएका एकै परिवारका छ जनाको इटहरीमा दाहसंस्कार गरिएको छ। गत सोमबार विहान मृत भेटिएका तेजबहादुर कार्कीसहित छ जनाको इटहरीस्थित बूढीगंगा मुक्तिघाटमा दाहसंस्कार गरिएको हाे। धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम सकिएपछी बुधबार साँझ शव इटहरी लगेर दाहसंस्कार गरिएको हो। अन्त्येष्टिका क्रममा सयौंको संख्यामा स्थानीय भेला भएका थिए। अन्त्येष्टिका लागि तेजबहादुर कार्कीका कान्छा छोरा रमेश कार्की आइपुगेका छन्। दुबईबाट बुधबार बिहान उनी धरान आइपुगेका हुन्। आइतबार राति कार्की परिवारका ६ जनाको हत्या भएको थियो। परिवारका ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११…
काठमाडौं : ग्लोबल आईएमई बैंकको कर्जा जोखिम न्यून रहेको देखिएको छ । नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङमा बैंकको स्तरवृद्धि देखिएको छ । इक्रा नेपालले जारी कर्ता रेटिङलाई (आईसीआरएएनपी–आईआर) ए माइनसबाट (आईसीआरएएनपी–आईआर) ए तथा हाल विद्यमान ऋणपत्रको रेटिङमा पनि आईसीआरएएनपी एलए माइनसबाट एलएमा स्तर बृद्धि गरेको हो । यस रेटिङले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पुरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ । बैंकको पर्याप्त तरलता तथा पुँजीकोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय संजाल, स्वस्थ ब्याज आम्दानी तथा आय विवरण, संचालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो…
काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका बीच सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिनिधि सभामा टेबुल गरिएको छ । बुधवार प्रतिनिधि सभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को नाराबाजीकाबीच गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) अध्यादेश, २०७८ प्रतिनिधि सभासमक्ष टेबुल गरेका हुन् । प्रतिनिधि सभाको अर्को बैठक भदौ २५ गते शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
काठमाडौं: गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाबारे संसदलाई जानकारी दिने भएका छन् । आजदेखि सुरु हुने संसदको अधिवेशनकाे पहिलो बैठकमा दार्चुला घटनाका विषयमा गृहमन्त्री खाँणले जानकारी गराउन लागेका हुन् । जानकारीका क्रममा खाँणले घटना कसरी घट्यो, त्यसपछि सरकारले गरेका कामबारे जानकारी दिने तयारी गरेका छन् । “घटनापछि सरकारले के–के काम गरेको छ भन्ने विषयमा गृहमन्त्रीले संसदलाई जानकारी गराउनुहुनेछ,” कांग्रेस सचेतक पुष्पा भुसालले भनिन्, “सरकारले भारतलाई पठाएको कुटनीतिक नोटमा के भनिएको छ, परिवारलाई सरकारले के गरेको छ भन्ने सबैकुरा गृहमन्त्रीले संसदमा राख्नुहुने छ ।” सरकारले घटनाको लामो समयसम्म कुटनीतिक नोट नपठाएको, भारतीय पक्षबाट घटना घटाएको विषयमा बोल्नसमेत डराएको भन्दै आजै प्रतिपक्षी दल…
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेतृत्वको दाबीमा रहेका नेता शेखर कोइरालाले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस राखे–नेपाली कांग्रेस डडेलधुराको क्रियाशील सदस्यता सम्बन्धमा : नेपाली कांग्रेस डडेलधुराबाट वडादेखि जिल्लासम्म कुनै विवाद नभई केन्द्रमा पठाईएका ४ सय ६० जनाको क्रियाशील सदस्यता हटाई जिल्लाका कुनै निकायमा थाहा नै नभएका ३ सय १२ जनाको नाम थपिनु गलत हो । यो लोकतान्त्रिक प्रकृया हुनै सक्दैन । यसले पार्टी कसरी चलाईंदैछ भन्ने प्रमाण दिन्छ । यस सम्बन्धमा जिल्ला कार्यसमितिले केन्द्रबाट खटिइएका निर्वाचन अधिकृतको रोहवरमा ती क्रियाशील सदस्यता नसच्याई वडा अधिवेशन अघि नबढ्ने बताउँदा पनि निर्वाचन अधिकृतवाट आगामी २५ गतेका लागि वडा अधिवेशन आह्वान…
काठमाडौँ, २३ भदौ: नेपालमा पनि भर्चुअल र अन्य माध्यमबाट आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । ‘मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ मनाइने दिवसमा कोभिड–१९ का कारण भौतिक उपस्थितिका कार्यक्रम राखिएको छैन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दिवसका अवसरमा आज भक्तपुरमा वृक्षरोपण कार्यक्रम तय गरेको छ । हाल १५ वर्षभन्दा माथिको उमेर समूहको साक्षरता ६७ दशमलव नौ प्रतिशत छ । सोही समूहका पुरुषको साक्षरता प्रतिशत ७८ दशमलव छ प्रतिशत र महिलाको साक्षरता प्रतिशत ५९ दशमलव सात प्रतिशत रहेको छ । मुलुकका ५४ जिल्ला साक्षर घोषित भइसकेका छन् । कूल २३ जिल्ला र…
फुङ्लिङ, २३ भदौ (रासस): ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु गरिएको छ । जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिका भई बग्ने काबेली खोलाबाट उक्त जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको हो । सिरिजङ्घा–७ खेबाङ र वडा नं ८ याम्फुदिनको सिमाना भई बग्ने काबेली खोलाबाट १३.५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्नेगरी स्नो रिभर्स प्रालिले सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी थालेको हो । आयोजना निर्माणको तयारी थालेसँगै स्नो रिभर्स प्रालिले तयार पारेको आयोजनाको वातावरणीय प्रभाव मूल्यकाङ्कन (इआइए) प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत असार पहिलो सातामा स्वीकृत पनि गरिसकेको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत् १३२ केभीको…
