Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: मनसुन वर्षाको प्रभाव देशभरि नै रहेकाले अझै तीन दिनसम्म देशका अधिकांश भेगमा बदली र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे आज विज्ञप्ति जारी गर्दै देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । आज दिउँसो देशभरि नै बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ भने रातिको समयमा देशभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । भोलि (शनिबार) पनि दिउँसोको समयमा देशभर बदली रही देशको मध्य र पश्चिमी भेगका…

Read More

इस्लामाबाद: पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ शुक्रवार बेलायतबाट स्वदेश फर्किएका छन् । उनी अवुधाबी विमानस्थल हुँदै लाहोरतर्फ जाँदैछन् । उनी लाहोर ओर्लिएपछि भ्रष्टाचार निरोधी संस्था नेशनल एकाउन्टेबिलिटी ब्यूरो (न्याब) ले उनको गिरफ्तारीका लागि १० हजार भन्दा धेरै सिपाही तैनाथ गरेर राखेको छ । शरीफलाई भ्रष्टाचारको मामिलामा १० वर्षको जेल सजाय सुनाइएको छ । नवाजसँगै उनकी छोरी मरियम पनि पाकिस्तान फर्किँदैछिन् । उनलाई पनि भ्रष्टाचारको मामिलामा ७ वर्षको जेल सजाय तोकिएको छ । न्याबले बिहीबार मात्रै नवाज र मरियमलाई एयरपोर्टबाटै सीधा रावलपिन्डीको अदियाला जेल लैजाने जनाएको थियो । लण्डनबाट अबुधाबी तर्फ जानुअघि नवाजले एक भिडियो म्यासेज जारी गर्दै भनेका थिए, ‘जो…

Read More

दमौली, तनहुँ: प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हरेक तहको निर्वाचनका लागि मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोेगलाई दिइनुपर्ने बताएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँको नवनिर्मित भवनको आज दमौलीमा उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनको मिति कानूनमा उल्लेख गरी सो अधिकार आयोगलाई दिइनुपर्छ भने । अझै पनि त्यो अधिकार मन्त्रिपरिषद्ले आफँैसँग राखेको भन्दै उनले आयोगले खुलेर काम गर्न नपाएको बताए । त्यस्तो अधिकार सरकारले नै राख्दा आयोगले समयमै निर्वाचन गर्न पाएको छैन भने । आगामी दिनमा १२० दिनमा होइन, ६० दिनमै निर्वाचन गर्ने क्षमता आयोगसँग रहेको दाबी उनले भने । अहिले पनि आयोगले संगठनात्मक संरचना तयार पार्ने,…

Read More

जाजरकोट: पाँच महिनादेखि तलबभत्ता नपाएको भन्दै काम गर्न छोडेका जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीले आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् । लामो समयदेखि रोकिएको तलब अर्थमन्त्रालयले स्वीकृत गरेपछि आन्दोलनरत अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मी काममा फर्किएका हुन् । जिल्ला अस्पतालका प्रमुख डा राजेन्द्र लामाले तलब निकासा हुने निश्चित भएकाले आन्दोलनका सबै कार्यक्रम स्थगित गरी काममा फर्किएको बताए । भेरी नगरपालिकाले अर्थमन्त्रालयबाट तलब निकासा दिन स्वीकृति दिएको जानकारी गराएपछि आन्दोलन फिर्ता लिन आग्रह भएको हो । नगरपालिकाले तलब र भत्ता गरी रु एक करोड ३२ लाख माग गरेकामा हाललाई रु ९५ लाख स्वीकृति भएको नगरप्रमुख घर्तीले बताए । अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलनका कारण सयाँै बिरामीले सास्ती…

Read More

काठमाडौँ: देशभर लगभग ४३ दशमलब २८ प्रतिशत खेतमा धान रोपाई भएको छ । कृषि, भुमि ब्यबस्थापन तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म ६ लाख ७१ हजार ९१४ हेक्टर जमिनमा रोपाई भएको जनाएको छ । नेपालमा १५ लाख ५२ हजार ४६९ हेक्टर जमिनमा धन खेति हुनेगरेको छ । समयमा देशभर मनसून सुरु भएकोले रोपाई सन्तोषजनक भएको मन्त्रालयका सह प्रबक्ता शंकर सापकोटाले बताए । उनले भने- देशभर रोपाई राम्रै संगै चलिरहेको छ । किसानहरु रोपाईमा ब्यस्त भएका छन् । यो वर्ष गतवर्षको भन्दा राम्रो रोपाई हुने अनुमान गरिएको छ । यो वर्ष ९५ प्रतिशत भन्दा बढी धानखेती हुने जमिनमा रोपाई हुने मन्त्रालयले अपेक्षा…

Read More

काठमाडौँ: मेगा बैंक नेपाल लिमिटेडको ७ औं वार्षिक साधारण सभा अहिले राजधानीको राष्ट्रिय सभा गृहमा सुरु हुदैछ। सभा बिहान ११ बजेबाट सुरु हुँदैछ । सभाले आज कूल चुक्ता पुंजीको १०.७५ प्रतिशत लाभांश ( ९९ करोड ८६ लाख रुपैयाँ) दिने प्रस्ताव पारित गर्दैछ यस्तै, बैंकले आजै संचालक समितिलाई ११ अर्व ५० करोड बराबरको आधिकारिक पुंजी वृद्धिको लागि अधिकार दिनेबारे पनि प्रस्ताव पारित हुनेछ । सभाले आर्थिक वर्ष २०७३/७४ को लेखा परीक्षण पास गर्ने कार्यक्रम रहेको छ ।यस्तै मेगा बैंकका लेखा परीक्षक र पूर्व टुरिजम विकास बैंकका लेखा परीक्षक तलव मान स्वीकृत गर्नेछ । यसरी नै सभाले आज प्रमोटर र साधारण सेयर…

Read More

बाजुरा: यहाँ आज बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ । भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गरे । भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए ।

Read More

काठमाडौं: अनशनरत डा गोविन्द केसीको समर्थनमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु शुक्रबारबाट हडतालमा उत्रेका छन् । केसी हाल जुम्ला अस्पतालमा १४ दिनदेखि आमरण अनशनमा बसिरहेका छन् । सरकारले बुधबार उनलाई काठमाडौं ल्याउने प्रयास गरे पनि त्यो असफल भएको थियो । यहीबीच, त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) ले आजबाट आकस्मिकबाहेकका सबै सेवा ठप्प परेका हुन् । एनआरडीएले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारी रवैयाले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने कठोर बाटो रोजेको जनाएको छ । ‘१३ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले हामीलाई स्तब्ध बनाएको छ’, एनआरडीएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कालोपट्टी…

Read More

काठमाडौँ: सिन्धुपाल्चोक थाङकपाल गाउँपालिका ४ सल्लेडाँडास्थित मेलम्ची मानेखर्क सडकमा हिजो राती बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना गम्भिर घाइते भएका छन् । तितेपानीबाट मानेखर्क जाँदै गरेको लु १ ख ९९९ नम्बरको बोलेरो ४ सय मिटर तल खस्दा ५ जनाको मृत्य भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको एसपी मोहन पोखरेले जनाएका छन् । मृत्यु हुनेहरुमा सिन्धुपाल्चोककै नानी तामाङ, जयरानी तामाङ, भीमबहादुर तामाङ, होम तामाङ र सुनमाया तामाङ रहेको प्रहरीले जनाएका छन् । घाईते हुनेहरुमा चालक रामबहादुर लामा, अश्मि श्रेष्ठ, मनमाया तामाङ, खुशि तामाङ, सुस्मिता वाईबा, शिर्षानी वाईवा , जिमी तामाङ र भिमजुनी तामाङ रहेका छन । दुर्घटनामा…

Read More

भक्तपुर: चाँगुनारायण नगरपालिका–७ मझुवामा बिहीबार बिहान आएको पहिराले टहरा पुरेर मृत्यु भएको लामा परिवारलाई तत्काल रु एक लाख राहत दिइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रकोपपीडित उद्धार र राहतसम्बन्धी मापदण्ड (छैटौँ संशोधन) २०७४ बमोजिम लामा परिवारलाई रु एक लाख राहत दिने निर्णय गरेको हो । टहरा पुरिँदा एकै परिवारका ७० वर्षीय हीरा लामा, ६५ वर्षीया पानमाया र साढे दुई वर्षीया सम्पदा गरी तीन जनाको मृत्यु भएको थियो । समितिको बैठकले डुबानका कारण विस्थापितलाई खाद्यान्न, स्वच्छ खानेपानी, लत्ताकपडालगायत राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित स्थानीय तहको संयोजनमा अन्य सरोकारा भएका निकाय तथा संघसंस्थाको समन्वयमा एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने निर्णयसमेत…

Read More