Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीले भुक्तानी सेवा प्रदायक वा भुक्तानी प्रणाली संचालन गर्न पाउने व्यवस्था गर्दै नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ जारी गरेको छ । राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ खारेज गरी विप्रेषण विनियमावली २०७९ जारी गरेको हो । रेमट्यिान्स कम्पनीहरुले सहायक कम्पनी मार्फत भुक्तानी सेवा प्रदायक वा भुक्तानी प्रणाली सञ्चालक सम्बन्धी कार्य, रेमिटान्स कार्ड जारी गरी विप्रेषणको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न न्यूनतम २५ करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्नेछ । अन्यको हकमा न्यूनतम १० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । विनियमावली लागू हुनु पूर्व इजाजतपत्र लिएका विप्रेषण कम्पनीले २०८५…

Read More

काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक गतिविधि सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । मुलुकमा पछिल्लो समय व्यावसायिक गतिविधि सहज हुन नसकेको भन्दै चेम्बरले आर्थिक र वित्तीय अनुशासनमा जोड दिएको हो । व्यावसायिक कठिनाइका कारण आत्मदाह गर्ने अवस्था आउनु मुलुककै लागि दुर्भाग्य भएको चेम्बरको ठहर छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वित्तीय संस्थामा लामो समयदेखि सृजित समस्याले उद्योगी र व्यावसायिक क्षेत्रमा गम्भिर असर गरेको छ । व्यावसायिक समस्याकै कारण आत्मदाहको अवस्थामा पुग्नु समग्र राष्ट्रका लागि दुःखद घटना हो ।’ मुलुकमा नै केही गर्न खोज्ने युवाका लागि राज्य संयन्त्रबाट नीतिगत झण्झट अन्त्य गर्न र बैंक वित्तीय संस्थाले…

Read More

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन तोलामा ११ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साथै आज चाँदी हिजोकै मूल्य १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Read More

काठमाडौँ: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। बुधबार लामिछाने र सरकारी वकिलको बहस नसकिएकाले ‘हेर्दाहेर्दै’मा राखिएको मुद्दाको सुनुवाइ आजका लागि सारिएको हो। यो मुद्दाको सुनुवाइ कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने अमेरिकाको नागरिकता त्याग गरेको निस्सा नबुझाएको कारण विवादमा तानिएका छन् । उनले निष्क्रिय भइसकेको पुरानो नागरिकता प्रयोग गरी पार्टी दर्ता गरेको, प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनी निर्वाचित भएको भन्दै ती सबै प्रक्रिया र प्राप्त पद खारेज गर्न माग गर्दै उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता…

Read More

काठमाडौँ: महोत्तरीको बर्दिबासमा ट्याक्टर दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। बर्दिबास–३ पाटुमोडमा बिहीबार प्रदेश–२–०२–००१ त २२६४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। सिन्धुलीको लङ्गुरखोला महादेवको दर्शन गरेर फर्किएका २९ जना यात्रु सवार सो ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। मृतक महिलाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते २८ जनामध्ये एकको अवस्था चिन्ताजनक छ। धनुषास्थित औरही नगरपालिका वडा नम्बर–५ का कुमारी मण्डललाई जनकपुरधामस्थित रामजानकी अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले बताएको छ। अन्य घाइतेहरुमा जुलेवी मण्डल, चन्द्रकुमारी मण्डल, रेम्नी…

Read More

काठमाडौँ: विभिन्न कार्यक्रमको आयोजना गरी आज ७१औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ । भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइने बताउनुभयो । भन्सार क्षेत्रमा समस्या के हुन् र त्यसको समाधानका लागि के–कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्नेमा कर्मचारी नै जानकारी रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले इमान्दार भएर काम गर्न निर्देशन दिनुभयो । उच्च सदाचारपूर्वक जनगुनासो नआउने गरी काम गर्न आग्रह गर्दै उहाँले बैध व्यापारको प्रवद्र्धन र चुहावट नियन्त्रणमा प्रतिबद्ध भएर लाग्न भन्सार प्रशासनको ध्यानाकर्षण गराउनुभयो । अर्थमन्त्री पौडेलले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीतिअनुसार काम गर्न लागिपरेको…

Read More

काठमाडौँ: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै माघ १५ गतेका लागि तय गरिएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जानकारी दिए । आम चुनावको समीक्षा, समसामयिक राजनीति र विविध विषय छलफलका एजेण्डा थिए । पुस २२ गतेका लागि बोलाएको बैठक पटक–पटक सर्दै आएको थियो । नेताहरूका अनुसार राष्ट्रपति निर्वाचनअघि अब कांग्रेस बैठक बस्ने सम्भावना छैन । गठबन्धन भत्किएपछि रक्षात्मक अवस्थामा रहेका सभापति शेरबहादुर देउवा केन्द्रीय समिति फेस गर्न डराएको आरोप लाग्दै आएको छ । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका विषयमा पनि कांग्रेसभित्र…

Read More

काठमाडौँ: वसन्त पञ्चमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी आज काठमाडौँको हनुमानढोका दरबारस्थित नासलचोक पुगी वसन्त श्रवण गर्नुभएको छ । बिहान १०ः४७ को शुभ साइतमा हनुमानढोका दरबार हेरचाह अड्डाका पण्डित देवराज अर्यालले महाकवि जयदेव पन्तद्वारा रचित गुरु गोविन्द महाकाव्यको वसन्त राग श्रवण गराउनुभएको थियो । सो अवसरमा वाद्यवादन पनि प्रस्तुत गरिएको थियो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, उपप्रधानमन्त्री, मन्त्रीगण, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधिलगायत उच्चपदस्थ अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमीका दिन हनुमानढोका दरबार क्षेत्रका…

Read More

अमलेखगञ्ज: नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र रुपमा अघि बढेको छ। नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्यांक, ट्रान्समिक्स ट्यांकलगायत संरचना निर्माण थालिएको हो। अमलेखगञ्जस्थित कार्यालयमा बुधबार सञ्चारकर्मीसँग अन्तक्रिया गर्दै कार्यालयका प्रमुख प्रदीपकुमार यादवले आवश्यक सबै तयारी पूरा गरी निर्माण कार्य अघि बढाइएको जानकारी दिए। उक्त योजनाअन्तर्गत ४ हजार १०० किलोलिटर क्षमताका दुई पेट्रोल ट्यांक, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्यांक, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशाला निर्माण गरिने छ। त्यस्तै, फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसीसी कक्ष निर्माणसमेत यही…

Read More

काठमाडौँ: बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको थियो। राष्ट्रपति निर्वाचनलगायत विषयमा उनीहरूबीच कुराकानी भएको बताइएको छ। राष्ट्रपति निर्वाचन मिति निर्वाचन आयोगले तोकिसकेको छैन। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फागुन २९ भित्रै राष्ट्रपति निर्वाचन गरिनुपर्ने बताइरहेको छ।

Read More