Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउन सुरु भएको छ ।उज्यालो पोखरा अभियान अन्तर्गत पोखराका मुख्य मुख्य चोकहरुमा हाइमास्ट र सडकमा बत्ति राखी झिलिमिलि बनाउने काम भइरहेको छ । पोखरा महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकहरुमा १६ मिटर अग्लो पोलमा २३ वटा हाइमास्ट लाइट जडान भइरहेको छ । चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाइमास्ट लाइट जडान भइरहेको हो । अहिलेसम्म ८ वटा हाइमास्ट लाइट जडान गरिएको छ । महानगरभित्रको ५० किलोमिटर मुख्य सडकमा एक हजार ६ सय २४ वटा सडक बत्ति जडान गरिने छ । जसमध्ये…

Read More

काठमाडौं: आजदेखि दर्ता नभएका मोबाइल नचल्ने भएका छन् । ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ प्रणालीमा दर्ता नभएका मोबाइल शुक्रबारदेखि नचल्ने भएका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गते शुक्रबारदेखि एमडीएमएस प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याएको हो । एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइललाई अवैध घोषणा गरेर मोबाइल नेटवर्क प्रयोग गर्न नमिल्ने बनाइने भएको हो । प्राधिकरणले गत सातादेखि सार्वजनिक सूचना जारी गरेर शुक्रबारदेखि दर्ताबिनाका कुनै पनि मोबाइल प्रयोगमा रोक लगाइने बताएको थियो । अबदेखि व्यावसायिक वा व्यक्तिगत रूपमा ल्याइएका मोबाइल यो प्रणालीमा अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ । भन्सार छलेर अवैध रूपमा भित्रिएका मोबाइलको प्रयोग निरुत्साहित गर्ने उद्देश्यसहित उक्त प्रणाली सञ्चालनमा…

Read More

काठमाडौँ: महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि क्यान्सरसँग संघर्षरत थिए। इन्स्टाग्राममा उनकी छोरी केली न्यासिमेन्टोले पेलेको निधनको पुष्टि गरिन्। ‘हामी अहिले जे छौँ, त्यो सबै तपाईंको कारण सम्भव भएको हो। हामी तपाईंलाई धेरै माया गर्छौँ। हार्दिक श्रद्धाञ्जली!’ पेलेले आफ्नो देश ब्राजिलका लागि तीन पटक सन् १९५८, १९६२ र १९७० मा विश्वकप फुटबलको उपाधि जिताउन सफल भएका थिए। पेलेले जम्मा ४ वटा विश्वकप खेले। जसका तीनवटाको उपाधि उचाले। उनी तीन पटक विश्वकप जित्ने एक्ला खेलाडी हुन्। उनले सन् १९७१ मा ब्राजिल राष्ट्रिय टिमबाट सन्यास लिएका थिए। पेलेले आफ्नो फुटबल करिअरमा जम्मा १३ सय ६३…

Read More

काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसँग बिहीबार भेटवार्ता गरी चालु पूँजीकर्जा सम्वन्धी मार्गदर्शन स्थगन गर्न आग्रह गरेको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको टोलीले अर्थमन्त्री पौडेलसँग आर्थिक र वित्तीय अवस्था सुधारका लागि चेम्बरका तर्फबाट बिभिन्न ८ बुँदामा सुझाव समेत दिएको छ । पूँजीगत खर्चमा सुधार, भन्सार सहजीकरण, चालु पुँजी कर्जा सम्बन्धी मार्ग निर्देशनको स्थगन लगायतका विषयमा चेम्बरले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको थियो । भन्सारको सहजीकरण गरेर राजश्वको दायरा फराकिलो बनाउनुपर्ने भन्दै अध्यक्ष मल्लले बस्तुहरुको आयात निर्यातमा कारोबार मुल्यलाई मान्यता दिनुपर्ने बताए । उनले भने, ‘भन्सार प्रक्रीयामा सन्र्दभ मुल्य कायम हुँदा यसले राजश्व प्रभावित भएको छ…

Read More

काठमाडौं: बिहीबारको सेयर बजार ५६.८८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बिहीबार सेयर बजार बढ्दा २०२.०३ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार यसरी बजार बढ्दा १० कम्पनीको सेयर सकारात्मक सर्किट लागेकाे छ । सर्किट लाग्ने कम्पनीहरु क्रमश: हुर्जा, सानिमा लाइफ इन्स्योरेन्स, सृजनशिल लघुवित्त, धौलागिरी लघुवित्त, अजोड इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, स्वेत गंगा हाइड्रोपावर, रिलायन्स लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र छ्याङ्दी हाइड्रोपावर रहेको छ । आज ८० लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । यस्तै, आज हिमालयन डिस्टिलरिले सबैभन्दा बढी १२ करोडको कारोबार गरेर छ ।

Read More

काठमाडौं: रासायनिक मल नल्याउने ५ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सिल्क मार्केट, सिनोमायक, विध म्यानेजमेन्ट, ग्लोबल म्याक्ट्रिक्स र सिल्क मार्केटसहित २४ वटा कम्पनीलाई कालो सूची सिफारिस गरेको हो । अब यी कम्पनीले तीन वर्षका लागि कुनै पनि सार्वजनिक खरिदमा भाग लिन पाउने छैनन् । कृषि सामग्री कम्पनी लिमिटेड प्रधान कार्यालयको सिफारिसमा अन्तर्राष्ट्रिय कम्पनी सिल्क मार्केट र यसका मुख्य व्यक्ति अजय थापा, सिनोम्याक(एचआई सांघाई इन्टरनेश्नल ट्रेड कम्पनी र यसका मुख्य व्यक्ति वीफेङ्ग, ग्लोबल म्याक्ट्रिक्स ट्रेडिङ र यसका मूख्य व्यक्ति नवीन तुलाधर, विध म्यानेजमेन्ट कुपोन्डोल र यसका मुख्य व्यक्ति भीमकान्त भण्डारी र…

Read More

काठमाडौँ: यसवर्ष धान उत्पादन बढेको छ । गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन ७ प्रतिशतले बढेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, यस वर्ष ५४ लाख ८६ हजार ५७२ टन उत्पादन भएको हो। गत वर्ष कुल ५० लाख ५७ हजार ५ टन धान उत्पादन भएको थियो । यस्तै, यसवर्ष धानको उत्पादकत्व पनि बढेको छ । पोहोरको तुलनामा यस आर्थिक वर्षमा धानको समग्र क्षेत्रफल २ प्रतिशत कमी आएको मन्त्रालयले जनाएको छ । समग्र उत्पादकत्वमा भने ९.१२ प्रतिशतले वृद्धि भएको छ । पोहोर प्रतिहेक्टर क्षेत्रफलमा ३.४१ टन धान उत्पादन भएकोमा अहिले ३.७९ टन उत्पादन भएको छ । मन्त्रालयका…

Read More

काठमाडौँ: सुरक्षा निकायका पदाधिकारीहरूले अबदेखि राजनीतिक पार्टीका नेताहरूलाई भेट्नु परे स्वीकृति लिनुपर्ने भएको छ। कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने गृहले बताएको हो। गृहका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले कसैलाई भेट्नुपर्ने भए विभागीय स्वीकृति लिएर मात्र भेट्न आग्रह गर्दै विज्ञप्ति जारी गरेका छन्। निर्देशनविपरीत कसैले पूर्वस्वीकृतिबिना नै भेटघाट गरेको पाइएमा कानुनअनुसार कारबाही हुने पनि उनले बताएका छन्।

Read More

काठमाडौं: नेपाल र जनवादी गणतन्त्र चीनबीचको रसुवा-केरुङ बन्दरगाह दुईतर्फी व्यापारका लागि औपचारिक रुपमा बुधबारदेखि पुनः सुरु भएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । जनगणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्रको वाणिज्य विभागले बन्दरगाहको उद्घाटन अवलोकन गर्न बुधबार केरुङमा एक औपचारिक समारोहको आयोजना गरेको छ । त्यस्तै, हिल्सा-पुराङ बन्दरगाह पनि २६ डिसेम्बर २०२२ देखि एकतर्फी व्यापारका लागि खुला गरिएको विज्ञप्तिमा जनाइएको छ । बन्दरगाह सुचारु भएपछि नेपाल र चीनबीचको द्विपक्षीय व्यापारमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

Read More

काठमाडौँ: प्रमुख सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेर नागरिकको अपेक्षाअनुसारको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सरकारको न्यूनतम कार्यक्रम तय गर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको संयोजत्कवमा एक कार्यदल गठन गरेको छ । कार्यदलले पाँच दिनभित्र सरकारको न्यूनतम नीति तथा कार्यक्रम तयार पार्ने उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो । कार्यदललमा सत्ता साझेदार दलका तर्फबाट एक–एक जना सदस्य रहनेछन् । वर्तमान सरकार जनताको अपेक्षा पूरा गर्न गठन भएकाले पनि केही न केही नयाँ कामको सुरुआत गर्नैपर्छ भन्ने मनसायका साथ आजको बैठकमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहनुभएका…

Read More