Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले भारतसहित तीन महत्वपूर्ण देशमा राजदूत सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफरिस गरेको हो। मन्त्रिपरिषदले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्यलाई बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको एक मन्त्रीले बताए। प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा सरकारले तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो।

Read More

काठमाडौँ: बागमती प्रदेशका तीन मन्त्रीले पनि शपथ लिएका छन् । गठबन्धनमा सम्मिलित काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट क्रमशः कृष्णलाल भँडेल, कुमारी मोक्तान र कृष्णप्रसाद खनालले सपथ लिएका हुन् । मोक्तानले सामाजिक विकास मन्त्रालय, भडेलले भौतिक पूर्वाधार विकास मन्त्रालय र खनालले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्रीहरुले सपथ लिनुअघि नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको पदको सपथ लिएका थिए ।

Read More

काठमाडौँ: बिहीबारसम्म देशभर १० हजार २३६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६६४ जना संक्रमण मुक्त भएका छन् । यस्तै सोही अवधिमा २ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ११ हजार ४०७ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ३६९ जना पुगेको छ । यस्तै हालसम्म संक्रमितमध्ये ७ लाख ८९ हजार ७८९ जना निको भएका छन् । हाल देशभर कोरोना निको हुनेदर ९७.३ प्रतिशत रहेको छ ।

Read More

काठमाडौँ: बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार अपरान्ह प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् । मुख्यमन्त्री पाण्डेसँग काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको शपथ लिएका छन् । मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेश सभामा नेकपा एमालेले बहुमत गुमाएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन् । एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नवगठित एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेको छन् । उनलाई…

Read More

काठमाडौँ: साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज १३ दशमलव चार अंकले बढेर दुई हजार सात सय ८२ दशमलब १६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । बुधबार नेप्से १८ दशमलव ६ अंकले बढेर दुई हजार सात सय ६९ दशमलब १३ विन्दुमा पुगेको थियो । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । आज जम्मा पाँच अर्ब ३९ करोड ५२ लाख बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ६ अर्ब ६१ करोड २६ लाख बराबरको कारोबार भएको थियो । आज सबैभन्दा धेरै कारोबार गर्नेमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड रहेको…

Read More

काठमाडौँ: विवेकशील साझा पार्टीको दुई तिहाइले संघीयता खारेजको प्रस्ताव पारित गरेको छ । त्यस्तै धर्मनिरपेक्षतामा जनमत संग्रह गर्ने अध्यक्ष रवीन्द्र मिश्रको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ । विवेकशील साझा पार्टीको केन्द्रीय समितिले अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्तावेज ‘मार्ग परिवर्तन: विचारभन्दा माथि देश’ लाई अङ्गीकार गर्ने निर्णय गरेको छ। केन्द्रीय कमिटीको जुम बैठकमा दुई-तिहाइभन्दा बढी मतले यो दस्तावेज पारित गरेको प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मिश्रले केही दिनअघि स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै दस्तावेज सार्वजनिक गरेका थिए। उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित…

Read More

काठमाडौँ; शेयर बजारका लगानीकर्ता भन्दा कारोबारीहरु सक्रिय हुँदा नेप्से सूचकसँगै कारोबार रकममा गिरावट आएको छ । गत साताका तीन र यो साताको आइतबार समेत गरेको चार कारोबार दिनमा २३२ अंकले बढेको बजारमा नाफा बुक गर्नेहरु सक्रिय हुँदा सोमबार झण्डै ७० अंकले घटेको थियो । मंगलबार पनि गत साता नाफा बुकिङ्ग गर्नेहरु नै हाबी हुँदा सेयर बिक्रीको चाप पर्यो । जसले गर्दा नेप्से सूचकसँगै कारोबारमा रकममा गिरावट आयो। मंगलबार नेप्से सूचक २.६६ अंकले ओरालो लागेको छ । दिनभरी उतारचढाबपूर्ण रहेको बजार बन्द हुनेसमयसम्म आईपुग्दा २.६६ अंकले घटेर २५१८.९९ अंकमा झरेको छ । २३० कम्पनीको कारोबार भएको बजारमा ३ अर्ब १२ करोड…

Read More

काठमाडौं: शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् । नेकपा एकीकृत समाजवादीकी सचिवसमेत रहेकी मन्त्री झाँक्रीको स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ वीर अस्पताल भर्ना भएकी हुन् । ‘दुई दिनदेखि ज्वरोसँगै निमोनियाको लक्षण देखिएपछि हिजो साँझ अस्पताल भर्ना हुनुभएको हो,’ मन्त्री झाँक्रीका स्वकीय सचिव फुर्वा तामाङले भने, ‘अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।’ मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार आइरहेको स्वकीय सचिव तामाङले बताए ।

Read More

काठमाडौँ: बिहीबार छापावाला सुनको मूल्यमा ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको तुलनामा आज बिहीबार सुन तोलामा ४०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ४०० रुपैयाँ पुगेको हो । गत बुधबार सुन तोलामा अधिकतम ६०० रुपैयाँले सस्तिँदै ९२ हजार रुपैयाँमा झरेको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै वृद्धि हुँदै ९१ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । तर, यता चाँदीको मूल्य भने गत बुधबार कै मूल्य कायम हुँदै आज प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौँ: बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेसँग तीन मन्त्रीले शपथ लिने भएका छन् । गठबन्धनमा सम्मिलित काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट एक एक जना मन्त्री बन्ने भएका हुन् । पाण्डे नेतृत्वको सरकारमा एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल, काँग्रेसका कृष्णलाल भँडेल र माओवादी केन्द्रबाट कुमारी मोक्तानले शपथ लिने भएका हुन् । उनीहरुले पाउने मन्त्रालयबारे भने गठबन्धनबीच छलफल जारी रहेकाले सपथ ग्रहणका बेलासम्म टुंगो लाग्ने बुझिएको छ । काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले पनि मन्त्रालय भागबण्डाबारे गठबन्धनबीच छलफल जारी रहेको बताए । पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल गठन गर्ने सहमति भएको उनको भनाइ छ ।…

Read More