Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाली राष्ट्रियतालाई चुनौति दिँदै भारतले पश्चिम नवलपरासीको सुस्तामा नेपाली भूमिमै प्रवेश गरेर ड्रोन उडाएको छ। अन्तर्राष्ट्रिय कानुन विपरित आइतबार दिउँसो भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपालको ‘एयर स्पेस’ भित्र प्रवेश गरेर ड्रोन उडाएको हो। बिनाअनुमति अर्को देशको एयर स्पेसमा पसेर हेलिकोप्टर, ड्रोन वा अरू कुनै हवाइ उडान गर्न नपाइने अन्तर्राष्ट्रिय नियम छ। एसएसबीले नवलपरासी (बर्दघाट पश्चिम) मा पर्ने सुस्ता गाउँपालिका–५ स्थित गण्डक ब्यारेज क्षेत्रको नेपाली भूभागमाथिको आकाशमा ड्रोन उडाएर तस्बिरहरु लिएपछि स्थानीय प्रशासनले पनि आपत्ति जनाएको छ। गएको साउन १५ गते एसएसबीका जबानले तुइनको डोरी छिनाइदिँदा दार्चुलाको मालघाटस्थित महाकाली नदीमा बगेर बेपत्ता भएका नेपाली युवा जयसिंह धामीको…
काठमाडौँ: नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका सदस्य कुमार थापालाई पत्नी गुमाएको १२ दिनमा पुत्रीशोक परेको छ। राष्ट्र बैंकमा कार्यरत ३० वर्षीया छोरी कृति थापा राजभण्डारीको यही कात्तिक १५ गते उपचारका क्रममा निधन भएको एमाले जिल्ला सचिवालय सदस्य नारायण भट्टराईले जानकारी दिए। यसअघि ४ मात्र थापाकी ४२ वर्षीया पत्नी खुमा बुढामगरको निधन भएको थियो। खुमा कृतिकी कान्छी आमा हुन्। जेठी श्रीमती अन्जुको २०६६ सालमा निधन भएपछि केही वर्ष अघि मात्रै थापाले खुमासँग विवाह गरेका थिए। हाल परराष्ट्र मन्त्रालयमा अधिकृतको रुपमा कार्यरत रवीन्द्र राजभण्डारीसँग कृतिको ११ महिना अघि मात्रै विवाह भएको थियो । रवीन्द्र यसै साता ब्राजिल जाने तयारीमा थिए। आठ…
काठमाडौँ: बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज संसद्बाट विश्वासको मत लिने भएका छन् । गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले सोमबार ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ । नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेतासमेत रहेका पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि आज बस्ने प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ । पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको समर्थन छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठका अनुसार बैठकमा समय रहेसम्म…
सोल,दक्षिण कोरिया: दक्षिण कोरियाली सरकारले कोरोना महामारीका कारण २० महिनादेखि रोकिइरहेका रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतका कामदारलाई नोभेम्बरको अन्तिम सातादेखि लैजाने भएको छ । यहाँको श्रम मन्त्रालयले शुक्रबार जारी गरेको नयाँ निर्णय अनुसार ईपीएसमार्फत कोरिया आउने १६ वटै देशबाट कामदार ल्याउन लागिएको हो । लामो समयदेखि कोरियामा ईपीएस अन्तर्गत नयाँ कामदार आएका छैनन् । नेपाल लगायतका केही देशबाट कमिटेड कामदार नगन्य मात्रामा आएको भएपनि लामो समयदेखि विदेशी कामदार नआउँदा यहाँको कृषि र उत्पादनमूलक क्षेत्रमा कामदारको अभाव रहँदै आएको छ । प्रत्येक वर्ष ५० हजारभन्दा बढी ईपीएस प्रणाली अन्तर्गत नयाँ तथा कमिटेड कामदार आउने कोरियामा कोरोना संक्रमण बढेसँगै विदेशी कामदार…
नयाँ दिल्ली: भारतको दिल्ली क्षेत्रमा भएको प्रदूषणले बालबालिका बढी प्रभावित भएको पाइएको छ । विज्ञ तथा सरोकारवालाले प्रदूषणबाट बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । वायु प्रदूषणको असर बालबालिकामा अहिलेभन्दा पछि बढी देखिने सर गङ्गाराम अस्पतालका डा. धीरेन गुप्ताको भनाइ छ । बालबालिकामा प्रदूषणको असर अहिले के देखिएको छ र ? त्योभन्दा बढी असर त पछि देखिन्छ, त्यसैले यो धेरै गम्भीर र दुरगामी समस्या हो,’ उनले भने । पटकाकाे धुवाँले दिल्लीमा घातक वायु प्रदूषण बालबालिकामा यसले पार्ने असरका बारेमा चिन्ता, चासो र गाम्भीर्यता अधिकांशमा नदेखिनु अर्को चिन्ताको विषय भएको उनको टिप्पणी छ । विशेष गरेर बालबालिकामा श्वासप्रश्वाससँगै मानसिक…
एजेन्सी: भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध आन्दोलनरत केही किसानले पन्जाबको होसियारपुरमा अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ प्रदर्शनमा रोक लगाएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार प्रदर्शनकारीले त्यहाँका पाँच फिल्म हलमा टाँसिएका ‘सूर्यवंशी’का पोस्टर च्यात्दै याे चलचित्र प्रदर्शन गर्न नदिएका हुन्। आफ्नो आन्दोलनलाई समर्थन नगरेको भन्दै आन्दोलित किसानले अभिनेता अक्षय कुमारको विरोध गरेको बताइएको छ। भारतीय किसान युनियन (कादियान) का कार्यकर्ताले संगठनका जिल्ला एकाइ अध्यक्ष स्वर्ण ढुग्गाको नेतृत्वमा विरोध प्रदर्शन गरेका थिए। चलचित्र ‘सूर्यवंशी’को विरोधमा संगठनका कार्यकर्ताले सहरको सहिद उधमसिंह पार्कदेखि स्वर्ण सिनेमा हलसम्म र्यालीसमेत निकालेका थिए। प्रदर्शनकारीले फिल्म हल सञ्चालकलाई ‘सूर्यवंशी’ देखाउन प्रतिबन्ध लगाएका छन्। आन्दोलित किसानले जबसम्म भारतको केन्द्रीय सरकारले कृषि…
काठमाडौँ: नेकपा माओवादी केन्द्रले प्रदेश २ को पार्टी जिल्ला समन्वय समितिको संयोजक र केही जिल्लामा सह इन्चार्ज तोकिएको छ । माओवादी केन्द्र प्रदेश २ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेको आठवटै जिल्लाको संयोजक तथा दुईवटा जिल्लाको सह इन्चार्ज तोकेको हो । धनुषाको प्रदेश पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सप्तरीको संयोजकमा उमेश कुमार यादव, सिरहाको संयोजकमा रामकुमार यादव, धनुषाको संयोजकमा दीपक यादव, महोत्तरीको संयोजकमा तुलसी ढुंगाना, सर्लाहीको संयोजकमा कमल बुढाथोकी, रौतहटको संयोजकमा देवेन्द्र पटेल, बाराको संयोजकमा अनिल श्रेष्ठ र पर्साको संयोजकमा रामदरेश कुशवाहलाई तोकेको छ । पर्सा जिल्लाको हकमा पूर्व पदाधिकारी (सचिव) इन्चार्ज भएकाले जिल्ला नेतृत्वसँग परामर्श गरी रामदरेश कुशवाहलाई संयोजक तोकिएको…
एजेन्सी: विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारीहरूले युरोपमा गत महिनामा कोरोनाभाइरस सङ्क्रमण ५० प्रतिशत भन्दा बढी बढेको बताएका छन् । यसले खोपहरूको पर्याप्त आपूर्तिको बाबजुद युरोप महामारीको केन्द्रबिन्दु बनेको टिप्पणी गरेका छन्। “त्यहाँ प्रशस्त खोप उपलब्ध हुन सक्छ, तर खोपको खपत बराबर हुन सकेको छैन जसले समस्या निम्त्याएको छ,” डब्लुएचओका आपतकालिन प्रमुख डा. माइकल रायनले बिहीबार पत्रकार सम्मेलनमा भनेका छन्। उनले युरोपेली अधिकारीहरूलाई खोपहरूमा “अन्तर बन्द” गर्न आग्रह गरे। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससका अनुसार आफ्नो जनसंख्याको ४०% भन्दा बढी खोप लगाएका देशहरूले रोक्नु पर्छ र यसको सट्टा विकासोन्मुख देशहरूलाई उनीहरूसँग रहेको खोप प्रदान गर्नुपर्दछ । “इम्युनो-सम्झौता भएका मानिसहरूलाई बाहेक अरू…
एजेन्सी: दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा इंग्ल्याण्डलाई १० रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा १ सय ८९ रन बनायो । रेसी भान डेर डुसेनले सर्वाधिक ९४ रन बनाए भने एडेन मार्करमले नट आउट रहँदै ५२ रन बनाए । जीतका लागि १ सय ९० पछ्याएको इंग्ल्याण्डले ८ विकेटको क्षतिमा १ सय ७९ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा इंग्ल्याण्डलाई जीतका लागि १४ रन आवश्यक थियो । तर कागिसो राबाडाले इंग्ल्याण्डलाई रोक्न सफल रहे । पहिलो बलमा क्रिस वोक्स, दोस्रो बलमा इयोन मोर्गन र तेस्रो बला क्रिस जोर्डनलाई आउट गर्दै उनले ह्याट्रिक पुरा…
काठमाडौँ: मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बाँसका सामग्री खरिद समेत गरिन्छ…
