Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ, १८ कात्तिक (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री देउवा सो सम्मेलनमा भाग लिन यही कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष…
काठमाडौँ: काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पटाकासहित एक पक्राउ परेका छन्। शनी कस्मेटिक पसलका सञ्चालक भारत मोतिहारीका ४८ वर्षीय जागाप्रसाद जैसवाललाई पटाकासहित प्रहरीले पक्राउ गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार उनको पसलबाट करिब २३ किलो कोब्रा पटाकासमेत बरामद गरिएको छ। उनलाई बुधबार पक्राउ गरिएको हो। हाल उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ: आन्तरिक उडानतर्फ हवाई भाडा वृद्धि भएको छ । हवाई इन्धनमा खर्च (फ्यूल सजचार्ज) बढ्दा हवाई भाडा पनि बढेको हो । वायुसेवा सञ्चालक संघले बुधबार एक सूचना जारी गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ । आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ४४० रुपैयाँसम्म भाडा बढेको संघले जानकारी दिएको छ । काठमाडौं–धनगढी हवाई भाडा सबैभन्दा बढी ४४० रुपैयाँ बढेको छ । यो रुटमा यसअघि फ्युल सजचार्ज ३८ सय रुपैयाँ रहेकोमा पछिल्लो पटक चार हजार २४० रुपैयाँ पुगेको छ । अन्यत्र भन्दा डोटी–साफेबगर उडानमा कम अर्थात ४५ रुपैयाँ भाडा बढेको छ । यसअघि यो रुटमा ३५५ रुपैयाँ इन्धन खर्च रहेकोमा अहिले ४००…
काठमाडौँ: यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो ।…
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्य (बेलायत) को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिई आज बिहान स्वदेश फर्कँदैछन्। यही नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही कात्तिक १२ गते लण्डन प्रस्थान गरेका थिए। प्रधानमन्त्री नेतृत्वको टोली इडेनवर्गबाट कतार एयरवेजको उडानमा दोहा हुँदै काडमाडौं आउन लागेको हो। वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप–२६ मा सहभागी रहेकाले उनीबाहेक भ्रमण टोलीमा रहेका अन्य सबैजना स्वदेश फर्किंदैछन्। स्वदेश फर्कनुअघि प्रधानमन्त्री देउवाले स्कटल्याण्डको इडेनवर्गस्थित रोयल बोटानिकल गार्डेनको अवलोकन गरी उनको सम्मानमा आयोजित स्वागत समारोहलाई सम्बोधन गरेका…
काठमाडौं: वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए) को अध्यक्षमा अनिल कुमार उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । उनी बुधबार उनी संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । संघका अध्यक्ष भुवन दाहालको दुई वर्षे कार्यकाल सकिए पछि आगामी साधारण सभाले नयाँ नेतृत्व चयन गर्न लागेको थियो । संघको अध्यक्ष पदमा उपाध्यायको मात्र उम्मेदवारी परेकाले साधारण सभाका दिन उपाध्यायलाई संघको नयाँ अध्यक्ष घोषणा गरिने संघको सचिवालयले जनाएको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका उनी यसअघि संघको उपाध्यक्ष थिए । अध्यक्षको औपचारिक घोषणा भने कात्तिक २३ गते गर्ने बताइको छ । संघको उपाध्यक्ष र सदस्यहरुको…
काठमाडौँ: तिहारअघिको अन्तिम दिनको शेयर कारोबार हरियो भएर बन्द भएको छ । बुधबार नेप्से सुरुवातदेखि नै बढेपछि तीव्र बिक्री चापको दबाब परेकाे थियाे । साढे २ बजेको समयमा बजार ऋणात्मक भएपनि अन्तिम समयमा आएर ५.२२ अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से बढेर २८४८ दशमलव ८४ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स भने ०.५२ अंकले घटेर ५३० दशमलव ८९ बिन्दुमा पुगेको हो । दिनभरमा कूल २२९ वटा कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता शेयर ६१ ह्जार ७४५ वटा कारोबारमा खरिद बिक्री भएका छन् । उक्त शेयर…
काठमाडौं, कार्तिक १७: चितवनको भरतपुर क्षेत्रमा विद्युत आपूर्तिमा समस्या परेपछि बुधबार मध्यान्ह नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चितवनको (भरतपुर) बसेनी सबस्टेसन पुगे । उनलाई हिजो दिउँसोदेखि नै सबस्टेसनमा धमाधम पुरानो ट्रान्सर्फमर हटाएर नयाँ राख्न काम भइरहेको रिपोर्टिङ थियो । तिहारको मुखमा सबस्टेसन नै बन्द भएपछि घिसिङले सबैखालको प्रयास गर्न निर्देशन दिएका थिए । तर, उनी भरतपुर पुग्दा जसरी काम भइरहेको देखे, उनलाई चित्त बुझाएनन् । सबस्टेसनमा ४-५ जना मात्रै प्राविधिकले काम गरिरहेको देखेपछि घिसिङले असन्तोष व्यक्त गरे । उनले कर्मचारीहरुलाई गम्भीरतापूर्वक काम नभएको भन्दै गति बढाउन आग्रह गरे । तिहारजस्तो उज्यालो पर्वमा ग्राहकलाई बिजुली दिन नसक्ने बिडम्बनापूर्ण अवस्थाको…
काठमाडौं, कार्तिक १७: चीनले नेपाललाई १६ लाख डाेज साइनाेफार्म खाेप सहयाेग गरेकाे छ । स्वास्थ्य मन्त्रालयमा बुधबार चिनियाँ राजदूत हाेउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विराेध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेकी हुन्। चीनबाट हालसम्म पटक-पटक गरी ३४ लाख डाेज खाेप अनुदानमा आएकाे छ भने काेभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डाेज खरिद गरेकाे छ । जसमध्ये १० लाख २० हजार डाेज खाेप आइसकेकाे छ भने अरूआउने प्रक्रियामा रहेकाे स्वास्थ सचिव राेशन पाेखरेलले जानकारी गराए । त्यसैगरी काेभ्याक्स कस्ट सेयरिङ अन्तर्गत अन्य खाेप खरीद गर्न काेभ्याक्सलाई आवेदन दिएकाे स्वास्थ्यमन्त्री खतिवडाले बताए। राजदूत यान्छीले चीनकाे खाेप सहयाेगले महामारी नियन्त्रणमा सहयाेगी हुने समेत…
ग्लास्गो: संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औं सम्मेलन (कोप–२६) अन्तर्गत दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन आइगुगेका प्रधानमन्त्री शेरबहादुर देउवासँग बेलायतका रक्षामन्त्री बेन वालेसले साइडलाइन बैठक गरेका थिए । सम्मेलनको दोस्रो दिन नोभेम्बर २ मा भएको भेटमा रक्षामन्त्री वालेसले प्रधानमन्त्री देउवासँग बेलायती गोर्खा सैनिकको गुनासो र हितका साथै नेपाललाई कोरोना विरुद्धको भ्याक्सिनमा बेलायतको सहयोगका विषयमा पनि छलफल भएको भेटमा सहभागी परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए। यसअघि प्रधानमन्त्री देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसन र स्कटल्याण्डका प्रथम मन्त्रीले सीमित राज्य र सरकार प्रमुखहरूको स्वागत समारोहमा सहभागी भएका थिए। सो अवसरमा प्रधानमन्त्री देउवाले वन तथा…
