Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ:पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९७४६ जनामा गरिएको नमुना परीक्षणमा ५४९ जनामा संक्रमण पुष्टि भएको हो । सो समयावधिमा ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ५६९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । अहिले देशभर १०१५१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाणलाई दिएका छन्। गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता खाणलाई प्रधानमन्त्री देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्। प्रधानमन्त्री देउवा आज बेलायत जाँदैछन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा कात्तिक १८ गते स्वदेश फर्कने कार्यक्रम छ। प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री वा सिनियर मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्री दिने चलन छ।
काठमाडौँ: मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) आज (शुक्रबार) बिहान बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको हो । आईपीओ खरिदका लागि २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए। जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएको छ । बाँकी २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएको थियो । मध्य भोटेकोशी जलविद्युत कम्पनीले २० असोजदेखि २५ असोजसम्मको लागि सर्वसाधारणमा आईपीओ निष्काशनमा ल्याएको थियो । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न…
काठमाडौं: बिहीबार बसेको स्थायी कमिटी बैठकले चितवनमा हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएसँगै शुक्रबार नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै छ । बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बैठकले स्थायी कमिटीले पास गरेको राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । आजको केन्द्रीय कमिटी बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा पनि हुने कार्यालय सचिव तामाङले जानकारी दिए । नेकपा एमालेको वडा अधिवेशन कात्तिक ६ गते र पालिका अधिवेशन कात्तिक ९ गते भएका थिए । कतिपय वडा र पालिकामा भने अधिवेशन हुन अझै बाँकी छ ।
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत जाँदै छन्। त्यहाँको ग्लासगो सहरमा आउँदो नोभेम्बर १–२ मा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ जान लागेका हुन्। सुरुमा प्रधानमन्त्री देउवा भोलि कात्तिक १३ (अक्टोबर ३०) मा अल पार्टी पार्लियामेन्टरी ग्रुप फर नेपाल (एपीपीजी–एन) र यूके–नेपाल ट्रेड एन्ड इन्भेस्टमेन्ट फोरमले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि उनी कात्तिक १४ गते लन्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। साथै गोर्खा भेटेरान्स संगठनका सदस्य, बेलायती सांसद र नेपाली डायस्पोराका अन्य सदस्यसँग भेटघाट गर्नेछन्। त्यसपछि प्रधानमन्त्री देउवाले कात्तिक १५ (नोभेम्बर १) मा सम्मेलन…
काठमाडौँ: आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ ।दुबईमा बिहीबार राति भएको खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित निकालेको हो । श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । समूह १ को आफ्नो दोस्रो खेलमा अस्ट्रेलियाका ओपनर डेभिड वार्नर चम्किँदा श्रीलंका ७ विकेटले पराजित भयो। वार्नरले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान आरोन फिन्चले ३७ रन जोड्दा ग्लेन म्याक्सवेल ५ रनमा आउट भए । स्टिभ स्मिथ २८ रनमा…
काठमाडौँ: आज (शुक्रबार) देशका पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना रहेको छ । राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । शनिबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले आँकलन गरेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
काठमाडौँ: करिब ६ महिनापछि खुलेको सवारी चालक अनुमतिपत्र आवेदन पुनः बन्द भएको छ। कोभिड १९ महामारीको कारण वैशाख १६ देखि बन्द भएको सेवा यही कात्तिक ९ गतेबाट सुरु भएको थियो। यातायात व्यवस्था विभागले अनलाइन आवेदन प्रणालीमा केही प्राविधिक समस्या देखिएकोले बन्द भएको जनाएको छ। ‘प्रणालीमा केही प्राविधिक समस्या देखिएको हुनाले मर्मतका लागि बन्द गरिएको छ’, विभागले सूचना जारी गर्दै भनेको छ, ‘प्रणाली मर्मतको कार्य भइरहेकोले छ।’
काठमाडौँ: सरकारले वर्षाका कारण धानबालीमा क्षति बेहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बढीमा १० कट्ठासम्म वा सो बराबरको जग्गामा लगाएको धानको पूर्ण क्षति बेहोरेका किसानलाई क्षतिको अधिकतम ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय गरेको जानकारी दिए । उनका अनुसार मध्यम किसान (१० कठ्ठादेखि तीन बिघा वा सो बराबरको जग्गा) मा क्षति बेहोरेका किसानलाई ३० प्रतिशत र तीन बिघाभन्दा बढी वा आंशिक…
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघले विद्युत महशुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने विद्युत नियमन आयोगले गरेको निर्णयको स्वागत गरेको छ। बिहिबार एक विज्ञप्ती जारी गर्दै महासंघले कोभिडको संकटमा रहेको उद्योग व्यवसायलाई राहत पुग्ने भन्दै स्वागत गरेको हो। विद्युत डिमाण्ड शुल्क वृद्धि गर्न नहुने भन्दै महासंघले अनुरोध गर्दै आएको थियो। असोज १२ गते उर्जा मन्त्री पम्फा भुसाललाई भेटी सुझाव समेत दिएको थियो। महासंघको सुझाव अनुसार नै डिमाण्ड शुल्क वृद्धि नगर्ने निर्णयबाट निजी क्षेत्र उत्साहित भएको विज्ञप्तिमा उल्लेख छ। ‘यो निर्णयबाट आर्थिक गतिविधि विस्तारमा केही मात्रामा भएपनि सहयोग पुग्ने हाम्रो विश्वास छ’, विज्ञप्तिमा भनिएको छ,’ महासंघले प्रतिस्पर्धि उत्पादन र रोजगारी…
