Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेकपा (माओवादी केन्द्र)ले पार्टीका तल्ला निकायको सम्मेलनको कार्यतालिका हेरफेर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान बसेको बैठकले प्रदेश, पालिका, वडा र टोल सम्मेलनको कार्यतालिका परिमार्जन गरेको हो । बैठकले टोल सम्मेलन अगामी कात्तिक २७ गतेसम्म, वडा सम्मेलन आगामी मङ्सिर ४ गतेसम्म, पालिका सम्मेलन मङ्सिर ११ गतेसम्म र प्रदेश सम्मेलन मङ्सिर २५ गतेसम्म सम्पन्न गर्ने गरी म्याद थप गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । यसअघि टोल सम्मेलन ६ कात्तिक, वडा सम्मेलन १३ कात्तिक, पालिका सम्मेलन ४ मङ्सिरमा सम्पन्न गर्ने तालिका बनाइएको थियो । तोकिएको समयभित्र सम्बन्धित निकायका सम्मेलन सम्पन्न गर्न समयाभाव भएपछि माओवादीले कार्यतालिका हेरफेर…

Read More

काठमाडौँ: ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको खुसिबुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ। यसैगरि बैंकले आजैबाट मोरङ जिल्ला सुनवर्षी नगरपालिका–२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ। नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ। अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने छ। ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ। ग्लोबल आईएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा २८१ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ सेवा, ४८…

Read More

काठमाडौं: देशभर आज पनि निरन्तर वर्षा हुने भएको छ । पहाडी र हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका अधिकांश भू-भागमा सामान्य बदलीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ । त्यसैगरी देशका उच्च पहाडी तथा हिमाली भूभागमा पनि हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम र प्रदेश १ का केही स्थान र प्रदेश २, लुम्बिनी…

Read More

काठमाडौँ: अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन भएको छ। ८४ वर्षीय पावेलको कोरोना संक्रमणका कारण निधन भएको हो । सन् २००० मा जर्ज डब्ल्यू बुसको नेतृत्वको सरकारमा पावेल अमेरिकाको विदेशमन्त्रीको जिम्मेवारीमा रहेका थिए । सोमबार एक विज्ञप्ति जारी गर्दै पावेलको परिवारले निधनको पुष्टि गरेको छ । पावेलले सन् २००२ को जनवरीमा नेपालको भ्रमण गरेका थिए । उनी नेपाल भ्रमणमा आउने एकमात्र बहालवाला अमेरिकी विदेशमन्त्री हुन्।

Read More

काठमाडौँ: नेकपा माओवादी केन्द्रले प्रभावकारी सरकार सञ्चालनका लागि पार्टीभित्र छुट्टै कमिटी बनाउने भएको छ । जारी स्थायी कमिटी बैठकले त्यस्तो कमिटी बनाउने तयारी गरेको माओवादी केन्द्रका नेताहरूले बताएका छन् । उक्त कमिटीको सुझावका आधारमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले काम गर्नुपर्नेछ । उक्त कमिटीले मन्त्रीका कामको अनुगमन, मूल्याङ्कन गर्नुका साथै जनपक्षीय काम गर्न प्रोत्साहन गर्नेछ । गठबन्धन सरकारमा माओवादी केन्द्रका तर्फबाट ६ जना मन्त्री बनेका छन् । ‘सोमबारको बैठकमा सरकार सञ्चालनका लागि कमिटी बनाउने प्रस्ताव नआएपनि मंगलबारको बैठकमा आउने र निर्णय गर्ने सम्भावना रहेको छ’, सो पार्टीका स्थायी कमिटी सदस्य गणेश साहले भने, ‘तीनदेखि पाँच सदस्यीय बन्ने सम्भावना छ ।’…

Read More

काठमाडौँ: नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदाका…

Read More

काठमाडौँ: आज सरकारले मुस्लिम समुदायका नागरिकलाई सार्वजनिक बिदा दिएको छ । आज इस्लाम धर्मका मुख्य प्रवर्तक मोहम्मद पैगम्बरको १४९६ औं जन्म जयन्ती हो।

Read More

काठमाडौँ: मन्त्रिपरिषद्को बैठकले साफ खेलेर फर्किएका नेपाली फुटबल टोलीका खेलाडीहरूलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरूलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो । त्यस्तै बैठकले फुटबल टोलीको प्रशिक्षकहरूलाई प्रतिव्यक्ति ३ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय समेत गरेको छ । बैठकले आर्थिक कार्यविधि तथा वित्तीय…

Read More

काठमाडौं: धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत आपूर्ति गर्ने स्वीचिङ स्टेसन सञ्चालनमा आएको छ। मर्स्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६मा निर्माण गरिएको स्वीचिङ स्टेसनलाई शुक्रबार चार्ज गरी सञ्चालनमा ल्याइएको छ। योसँगै हुवासिन संचालनमा आउन बाटो खुलेको छ। तिहार अगाडि यो उद्योग संचालनमा आउनेछ। तनहुँस्थित तल्लो मस्र्याङदी विद्युत गृहबाट आएको प्रसारण लाइन स्वीचिङ स्टेसनमा भित्रने(लुप इन) र बाहिरिने (लुप आउट) छ। प्रसारण लाइनलाई स्वीचिङ स्टेसनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत आपूर्ति दिइने छ। हुवासिन सिमेन्टले २० मेगावाट विद्युत लिने छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दसैंको वेलामा विद्युतको माग कम हुने मौका पारेर स्वीचिङ स्टेसनलाई…

Read More

काठमाडौ‌: नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ६५४ जनाको पीसीआर परीक्षणमा ५२३ र २ हजार ४३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ९३७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९७ दशमलब १ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Read More