Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

विराटनगर: सत्तारूढ दल नेकपा एमालेले पनि आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । आफ्ना सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि नेपाली कांग्रेसले बैठक रोक्न माग गरेको थियो । कांग्रेसको तर्फबाट निवेदन परेपछि नेकपा एमालेले पत्र बुझाएको छ । एमालेले कात्तिक १५ पछि बैठक राख्न माग गरेको छ । प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पार्टीको कार्यक्रमहरू रहेका बैठक सार्न माग गरेका छन् । प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्रीले शुक्रबार सदनमा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल र मत विभाजनका लागि आज साढे १२ बजे बैठक बोलाएका थिए । तर दुई पार्टीको निवेदनका कारण बैठक अनिश्चित बनेको छ ।

Read More

भक्तपुर, ७ कात्तिक (रासस): चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बङ्गुरपालन गर्न निषेध गरेको छ । नगरसभाले नगर क्षेत्रमा बङ्गुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो । नगरपालिकाले हालै सूचना जारी गरेर आगामी मङ्सिर ५ गतेभित्र सबै बङ्गुर फार्म हटाउन निर्देशन समेत दिएको छ । फार्मले नगरभित्र फोहर र प्रदूषण बढाएका, प्राकृतिक सौन्दर्यतामा असर पु¥याएको, खोलादेखि स–साना खहरेमा फोहर तथा ढल सिधै हाल्ने गरेको र बस्तीमा प्रदूषण फैलाएको जनाउँदै सञ्चालनमा रोक लगाएको सूचनामा जनाइएको छ । स्थानीय बासिन्दाले फार्मबाट फोहर र प्रदूषण बढेकाले त्यस्ता फार्म बन्द गर्न माग गर्न वडादेखि नगरपालिकासम्म दबाब दिएकाले नगरसभाले नै यस्तो निर्णय…

Read More

काठमाडौ: सरकारको लगानीमा नेपाल विद्युत प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२÷३३ केभीको सबस्टेसन निर्माण गरेको छ । सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरुलाई विद्युत उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन शनिबारबाट सञ्चालनमा ल्याइएको छ । सबस्टेसन शनिबार चार्ज गरिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सञ्चालनमा आएसँगै सर्लाहीको विद्युत आपूर्ति विश्वसनीय हुने र प्राविधिक चुहावट घट्ने बताउनुभयो । ‘सर्लाहीमा अहिले ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत विद्युत आपूर्ति भइरहेको थियो, ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने विद्युत आपूर्तिमासमेत अवरोध हुँदै आएको थियो’, कार्यकारी निर्देशक…

Read More

विराटनगर, ७ कात्तिक (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण विपतमा परेका परिवारलाई राहत उपलब्ध गराइने बताउनुभएको छ । आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उहाँले पीडित परिवारलाई खाना र उचित बासको व्यवस्थापन सरकारले गर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा खटिएका सुरक्षा निकायलाई धन्यवाद पनि दिनुभयो । उहाँले देशभरमा भएको जनधनको क्षति र राहतका निम्ति मन्त्रिपरिषद्को बैठक बसेर निर्णय गरिने उल्लेख गर्दै बाढी र पहिराबाट आगामी वर्षमा हुने जनधनको क्षति रोकथाम र न्यूनीकरण गर्ने दिशातर्फ सरकारले योजना बनाएर काम गर्ने जानकारी दिनुभयो । उहाँले पीडितलाई…

Read More

काठमाडौँ: बेमौसमी वर्षापछि आएको बाढी पहिरोका कारण भएका क्षति अवलोकनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज आइतबार बिहानै प्रदेश १ मा आइपुगेका छन्। सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र ऊर्जामन्त्री पम्फा भुसालसहित प्रधानमन्त्री देउवाको टोली ​देउवासहितकाे टाेली आज बिहा​न ८ बजे हवाईजहाजमार्फत काठमाडाैँबाट प्रदेश १ आइपुगेकाे हाे। साथमा स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ पनि छन्। शसस्त्र प्रहरी बल प्रदेश कार्यालय (पकली) प्रधानमन्त्री देउवाले प्रदेश १ मा बाढीपहिराेका कारण भएको क्षतिको जानकारी लिने कार्यक्रम छ। प्रधानमन्त्रीकाे टाेली अहिले सुनसरीमा छ। मनसुन बाहिरिइसकेपछि पनि केही दिनअघि भएको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी प्रदेश १ मात्रै ७२ जनाको मृत्यु भएको छ।

Read More

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा प्रस्थान गरेका छन् । बिर्तामोडको साई प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रमका लागि अध्यक्ष ओलीसहित नेताहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र अग्नि खरेललगायत छन् । ‘अध्यक्षसहित म पनि जाँदैछु, उहाँहरु केही दिन बस्नुहुन्छ होला म त आज साँझै फर्किन्छु’ भट्टले खबरहबसँग भने, ‘नेम्वाङजी गइसक्नुभयो रे हामी जाँदैछौ, १० बजेको उडान हो केहि डिले भयो।’ एमाले जिल्ला कमिटी झापाले बिर्तामोडमा १२ बजे आयोजना गरेको कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली काठमाडौँबाट यती एयरलाइन्सको जहाजमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् । ओलीले आफ्ना बुबालाई पनि भेट्ने छन्। भोलि गौरीगञ्जमा क्षेत्र नं. ५ को कार्यक्रममा सम्बोधन…

Read More

विराटनगर: प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । नेकपा (एमाले) विभाजनको दोस्रो दिन गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए । प्रस्तावमाथि छलफल र मतविभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज साढे १२ बजे नवौं तथा हिउँदे अधिवेशनको चौथो बैठक बोलाएका छन् । एमाले विभाजन भएका कारण अल्पमतमा रहेका आचार्यले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना छैन । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता पक्ष एमालेसँग सभामुखसहित ४१ सांसद छन् । एमालेकी सांसद गुलेफुन…

Read More

काठमाडौँ: देशभर आज र भोलि (आइतबार र सोमबार) ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइनेछ । सरकारले देशभरका प्रत्येक वडामा तोकिएका खोप केन्द्रमा आफ्ना बालबालिकालाई लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ । सरकारले प्रत्येक वर्ष ३ र ४ कात्तिकमा भिटामिन ‘ए’ खुवाउँदै आएकोमा यसवर्ष दसैँ परेकाले ७ र ८ कात्तिकमा खुवाउन लागिएको हो ।

Read More

काठमाडौँ: जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार हाल मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली छ भने बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का/फाटफुट वर्षा भइरहेको छ। मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। सबै प्रदेशका थोरै-थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। बुलेटिनमा अगाडि भनिएको छ : साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने बागमती र प्रदेश नं १ का थोरै स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई…

Read More

काठमाडौँ: बाढीपहिरो र डुबान प्रभावित क्षेत्र निरीक्षणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश नम्बर १ का जिल्लाहरूमा जाने भएका छन्। बाढीपहिरो तथा डुबानले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज इलामलगायत प्रदेश नम्बर १ भित्रका जिल्लाहरू जाने कार्यक्रम छ। प्रधानमन्त्री सुनसरी, मोरङ, इलाम र पाँचथरलगायत ठाउँ पुगेर बाढीपहिरो तथा डुवान प्रभावितहरूसँग भेट्ने कार्यक्रम छ। आज बिहान ८ बजे बाढी प्रभावित क्षेत्र गएर आजै साँझ काठमाडौं फर्किने कार्यक्रम छ। प्रधानमन्त्रीसँगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाललगायत मन्त्रीहरू पनि प्रदेश नम्बर १ को बाढीपहिरो तथा डुवान क्षेत्रको निरीक्षणका लागि जाने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जनाएको छ। प्रधानमन्त्री देउवा बिहीबार…

Read More