Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको हो । स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । २०७४ वैशाख ३१ मा चुनाव भएको ७ दिनदेखि गणना गर्दा कार्यकाल जेठ ५ गते सकिने देखिएको आयोगको भनाइ छ । कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानमा लेखिएपनि निर्वाचनसम्बन्धी कानुनमा म्याद सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने भन्ने भएकाले जेठ ५ अघि नै चुनाव गर्नुपर्ने देखिएकाले सोहीअनुसार सिफारिस भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी…

Read More

काठमाडौँ: कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बसेको बारको बैठकले न्यायपालिकाको गरिमा बचाउनका लागि प्रधानन्यायाधीशले ‘निकास’ दिनुपर्ने निष्कर्ष निकालेको हो । सोमबार बसेको बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर निकास दिनुपर्ने निष्कर्ष निकालिएको बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले बताए । बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएमात्रै न्यायालयको गतिरोध अन्त्य हुने सुझाव दिएका थिए । तर यस सम्बन्धमा बारले सल्लाहकार समितिको बैठक राखेर मात्रै औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । बारले मंगलबारका लागि सल्लाहकार समितिको बैठक आव्हान गरेको छ । बारको सल्लाहकार समितिमा पूर्वअध्यक्षहरू, उपत्यका बारका पदाधिकारी र नेपाल…

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको भदौ महिनासम्ममा मुलुकको शोधनान्तर स्थिति करिब एक खर्ब घाटामा पुग्न लागेको छ । रेमिट्यान्स आप्रवाहमा कमी तथा उच्च आयातका कारण शोधनान्तर घाटा क्रमिक रुपमा बढ्दै गएको हो । कोरोना भाइरसको खोप प्रयोग बढेसंगै आर्थिक गतिविधिमा भएको विस्तारले आयात बढाएपछि चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँ घाटामा पुगेको थियो । चालु आवको दोस्रो महिना भदौमा पनि शोधनान्तर घाटा झनै बढेर ८३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको दोस्र्रो महिनासम्ममा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा रहेको थियो । चालु आवको भदौसम्ममा चालु खाता १०६…

Read More

काठमाडौँ: नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरवाओले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन । सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरे । लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको भन्दै मन्त्री शर्माले त्यसको लागि सहजीकरण गरिदिन राजदुत बौरवाओलाई आग्रह गरे । कोभिड महामारीको असर कम हुन नपाउदै नेपालमा बमौसमी वर्षाले ठूलो क्षति पु¥याएकोले त्यसको पुननिर्माण र क्षतिपूतिको लागि आवश्यक सहयोग जुटाउने सकारात्मक कुराकानी भएको छ । साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको छ ।

Read More

काठमाडौँ: सरकारले अरुण नदीमा पहिचान भएको ४९०.२ मेगावाटको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजनाको सर्भेक्षण अनुमतिपत्र नेपाल विद्युत प्राधिकरणलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले संखुवासभाको भोटखोला र मकालु गाउँपालिकामा पर्ने आयोजनाको लाइसेन्स प्राधिकरणलाई दिने निर्णय गरेको हो । विद्युत विकास विभागले आयोजनाको विस्तृत डिजाइन तथा अध्ययन गरिसकेको छ । प्राधिकरणले आयोजनाको लाइसेन्सका लागि विद्युत विभागमा गत २९ भदौमा आवेदन दिएको थियो । प्राधिकरणले आयोजनाको लाइसेन्स सोमबार प्राप्त गरेको छ । अरुण–४ प्राधिकरणले निर्माण गर्न लागेको निर्माण गर्न लागेको १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको विद्युतगृहभन्दा तल्लो भागमा पर्दछ । अरुण–४ को लाइसेन्स पाएसँगै अरुण नदीमा प्राधिकरणले १ हजार…

Read More

काठमाडौँ: साताको पहिलो कारोबार दिन बढेर बन्द भएको नेप्सेले दोस्रो कारोबार दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ। अर्थात, यस दिन पनि नेप्से परिसूचक बढेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक ८७.६३ अंक बढेर २६७२.२५ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १३.६१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ६.२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७२ अंक बढेको छ। नेप्सेको वृद्धिलाई यस दिन भोल्यूमले पनि साथ दिएको छ। यस दिन नेप्सेमा २२९ कम्पनीको ५३ हजार ७९२ पटकको कारोबारमा ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार रुपैयाँ बराबरको ८३ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस…

Read More

काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिट बीच शिष्टाचार भेट भएको छ । आज मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको बताइएको छ । भेटमा सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा तथा बाढीपहिराले पु¥याएको जनधन र पूर्वाधार क्षतिका सम्बन्धमा समेत कुराकानी भएको मन्त्रालयले जनाएको छ । उनीहरुबीच पुनःस्थापना, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधारको निर्माणका लागि आवश्यक सहयोग सम्बन्धमा सकारात्मक कुराकानी भएको छ । सो अवसरमा मन्त्री शर्माले अन्तर्राष्ट्रिय विकास साझेदारको ध्यानाकर्षण समेत गराएका थिए । यस्तै भेटमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन २०२१ (कोप २६) मा जलवायु परिवर्तनका कारण प्रभावित बनेका…

Read More

दाङ: दाङमा यात्रु बाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । तुलसीपुर–घोराही सडक खण्डको मोतीपुरमा भएको बस दुर्घटनामा परी बसका सहचालक प्रेम परियारको मृत्यु भएको हो । दाङ सदरमुकाम घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रु बाहक बस आइतबार साँझ दुर्घटना परेको छ । दुर्घटनामा परेर २८ वर्षकाका घोराही(१० घर भएका सहचालक परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले बताए । गाडीमा सवार अन्य २१ जना जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना६ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका ६ मोतीपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ । मोतीपुरको…

Read More

काठमाडौँ: बितेका २४ घण्टामा देशभर ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८७७ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा रहेका स्वास्थ्य संस्था र प्रयोगशालामा सात हजार ६२५ जनाको परीक्षण गर्दा ५५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। छ हजार ६१ जनाको ‘पीसीआर’ परीक्षण गर्दा ५२२ र एक हजार ५६४ जनाको ‘एन्टिजेन’ विधिबाट परीक्षण गर्दा ३५ जना संक्रमित भेटिएका हुन्। देशभर १० हजार २०१ जना सक्रिय संक्रमित रहेका, २२० जना क्वारेन्टिनमा रहेका तथा पछिल्लो २४ घण्टामा देशभर सात हजार ५७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका उक्त मन्त्रालयले जनाएको छ। सोही अवधिमा तीनजना…

Read More

काठमाडौं: साताको पहिलो दिन शेयर कारोबार मापक नेप्सुे परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७ दशमलव ५१ अंकले बढेर २ हजार ५ सय ८४ दशमलव ५२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव २४ अंकले बढेको छ । कारोबार रकममा भने उल्लास देखिएन । दिनभर भएका ३८ हजार १४७ कारोबारबाट ५८ लाख १८ हजार २५ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ७७ करोड ३४ लाख २० हजार १३५ रुपैयाँ पुगेको छ । नेप्सेमा कारोबार हुने व्यापार समूह ३२ दशमलव ४७ अंकले घट्दा बाँकी सबै समहूगत…

Read More