Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई भेटी बधाई ज्ञापन गरेको छ । अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री शर्मालाई बधाई ज्ञापन गर्दै समग्र मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले चाल्नुपर्ने कदमहरूको बारेमा सुझाव समेत दिएको छ । सो अवसरमा चेम्बरले कोभिड–१९ पछिको मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने भन्दै पहिलो प्राथमिकता सोही क्षेत्रलाई दिन अर्थमन्त्रीलाई आग्रह गरेको छ । मुलुकको अर्थतन्त्र पहिलेकै लयमा ल्याउन पनि निजी क्षेत्र गतिशीलता अनिवार्य भएको भन्दै चेम्बरका अध्यक्ष मल्लले प्राथमिकताका आधारमा निजी क्षेत्रलाई कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप तत्काल उपलब्ध गराउन शर्मासँग आग्रह गरे ।…

Read More

काठमाडौँ: शुक्रबार थप २ हजार ९७७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६९८ नमूना पिसिआर परीक्षण गर्दा १ हजार ९८२ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार ६१० गर्दा ९९५ मा संक्रमण देखिएको छ। कुल १७ हजार ३०८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। थप १८ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १ हजार ६७८ जना कोरोनाबाट मुक्त भएका छन्।

Read More

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुले वार्षिक बिदा लिँदा कम्तिमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी विदा लिनुपर्ने व्यवस्था बैंकले गरेको छ । कोभिड महामारीको अवस्थाले बिदेशी पर्यटकहरुको आवत जावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो । यस्तो परिस्थितिमा थोरै भएपनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले वार्षिक तलबी बिदा लिने कर्मचारीहरुले अनिवार्यरुपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । कोभिड–१९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरुको खाँचो रहेको र त्यसलाई सहयोग गर्न यस्तो योजना ल्याएको बैंकले जनाएको…

Read More

काठमाडौँ: निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता भएको छ । प्रधानमन्त्रीबाट हटेको दुई साता नपुग्दै राष्ट्रपति भण्डारी र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच शुक्रबार बिहान ११ः४० देखि दिउँसो १ः४० सम्म भेटवार्ता भएको उच्च सुरक्षास्रोतले जनाएको छ । राष्ट्रपति कार्यालय शीलतनिवासमा भएको भेटवार्ता के विषयमा केन्द्रित थियो भन्ने खुलेको छैन । यसअघि प्रधानमन्त्री रहेका बेला ओली र राष्ट्रपति भण्डारीबीचको मिलेमतोमा प्रतिनिधि सभा विघटन गर्नेदेखि विभिन्न अध्यादेश ल्याइएको भन्दै चर्को आलोचना भएको थियो । ओली गत असार २८ को सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्रीबाट हटिसकेका छन्…

Read More

धादिङको नीलकण्ठ नगरपालिकामा अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको जानसेन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ । परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाका अनुसार खोप लगाएर घर फर्किएका ती वृद्धको केही समयपछि मृत्यु भएको हो । यद्यपि, उनको खोप लगाएकै कारण वा अन्य कारणले मृत्यु भएको हो भन्ने चाहिँ अझै खुल्न सकेको छैन । यसबारे अध्ययन गर्न महाशाखाले एउटा टोली घटनास्थलमा पठाइसकेको छ । शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘खोप लगाएका एक वृद्धको मृत्यु भएको खबर आएको छ । तर, खोप लगाएर नै उनको मृत्यु भएको हो या होइन भन्ने अहिले भन्न सकिन्न । यसका लागि…

Read More

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई महाराजधिराजको संज्ञा दिएका छन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक’ प्रवचन कार्यक्रममा बोल्दै ओली अझै परिवर्तन नभएको बताए । नेता नेपालले भने, “हिजो महामहिम श्री ५ बडामहाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायत माननीय सदस्यहरूमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरूलाई आम माफी दिइन्छ, एम्नेस्टी इज ग्रान्टेड, अनि हामी गद्गद् भयौँ, महाराजाधिराज, हामी गद्गद् भयौँ, वाह वाह वाह, महाराजाधिराज खुसी हुनुभएछ, हामीलाई आममाफी मिलेछ, नाच्नु पर्ने भयो, खुसी हुनु पर्ने भयो, यही हो कम्युनिस्ट पद्धति…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाले संसदीय व्यवस्थालाई भ्रष्टाचारी व्यवस्थाको संज्ञा दिएका छन्। पुष्पलाल स्मृति दिवसको अवसरमा आज तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले वर्तमान राजनीतिक प्रणाली नेपाली जनताको हितमा नरहेको बताएका हुन्। ‘संसदीय व्यवस्थाका कारण यो सबै भयो। नेपाली राजनीतिक प्रणाली नेपाली जनताको हातमा रहेन। यो भ्रष्टचारी व्यवस्था हो। – यस्तो ढाँट व्यवस्था लोकतान्त्रिक हुन्छ?’ उनले भने। आफूलाई मन्त्रीको अफर पाएको भएपनि त्यसलाई अस्वीकार गरेको भन्दै उनले भ्रष्टाचार नगरेकै कारण जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले निर्वाचन नतिजेको बताए। उनले अहिले सबै विचार पैसाले निर्धारण हुने गरेको समेत बताए। ‘यस्तो विचार केवल पैसाले निर्धारण गर्छ’ उनले भने। बास्तोलाले राजनीति लाभ…

Read More

पोखरा: गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीहरुले शपथ लिएका छन् । उनीहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ गराएकी हुन् । कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिएका छन्। यस्तै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले शपथ लिएका छन् । यस्तै माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू-संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्‍यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका छन् । यस्तै आफूहरुसँग भएको सहमति उलंघन भएको भन्दै जनता…

Read More

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिएका छन् । उनले शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । उनी अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेता हुन् ।

Read More

काठमाडौँ: सरकारले बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम दुई महिनापछि सुरु गर्ने कार्ययोजना तयार परेको छ। मेलम्ची खानेपानी विकास समितिले बाढीपहिरोले क्षतिग्रस्त पहुँचमार्ग तयार भएको खण्डमा असोज दोस्रो सातादेखि मेलम्चीको हेडवक्र्स क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा माटो लगायत गेग्रान हटाउने काम सुरु गर्ने तयारी गरेको छ। अहिले मेलम्ची नदीको बहावमा कमी नआएको र आयोजनाको हेडवक्र्स अम्बाथानसम्म जाने पहुँचमार्ग समेत नहुँदा यो आयोजनाको भविष्य नै अन्योलमा धकेलिएको छ। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठ बाढीपहिरोले मेलम्चीको आठ किलोमिटर पहुँचमार्ग र पाँचवटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएकाले पहुँचमार्ग निर्माण नगरेसम्म हेडवक्र्स पुग्नै नसकिने बताउँछन्। ‘बाढीपहिरोले मेलम्चीको आठ किलोमिटर पहुँचमार्ग क्षतविक्षत…

Read More