Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगमा केपी शर्मा ओलीमाथि कारवाही गर्नुपर्नाको ८ बुँदे कारण पेश गरेको छ । सो पक्षले मंगलबार पार्टी आधिकारिकताको दावीसहित आयोगमा पेश गरेको निवेदनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तत्कालीन अध्यक्षसमेत रहेका ओलीलाई कारवाही गर्नुपर्नाको कारण खुलाउँदै आफ्नो पक्षलाई आधिकारिकता दिनुपर्ने जिकिर गरेको हो । प्रधानमन्त्री ओलीले पार्टीको राजनीतिक विचारधारा, पार्टीको अन्तरिम विधान, नियमावली तथा एकताका सम्बन्धमा भएका सम्झौता तथा सहमतिका विरुद्ध अनुशासनहीन, गैरजिम्मेवारी र गैर राजनीतिक प्रवृत्ति देखाउन थालेको प्रचण्ड–माधव पक्षले पेश गरेको निवेदनमा उल्लेख छ । ओलीलाई पार्टीबाट कारवाही गर्नुको ८ बुँदे कारणको पहिलो बुँदामा लेखिएको छ, ‘पार्टीको केन्द्रीय कमिटी, स्थायी…

Read More

काठमाडौँ: कीर्तिपुर नगरपालिकाले आफ्ना सम्पूर्ण बैंकिङ्ग कारोवारहरु कृषि विकास बैंक लि. मार्फत गर्ने गरी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र कीर्तिपुर नगरपालिकाको तर्फबाट नगर प्रमुख रमेश महर्जनले सम्झौतामा हस्ताक्षर गरे । देशको पुरानो बैंक र राजनैतिक तथा प्रशासनिक महत्व राख्ने पुरानो नगरपालिका विच बैंकिङ्ग कारोवार गर्ने संझौताले नगरपालिकाको बैंकिङ्ग कारोवारमा सहजता हुनुका साथै स्थानीय आम जनसमुदायलाई बैंकिङ्ग कारोबार गर्न थप सुविधा पुग्ने छ । उक्त सम्झौता कार्यक्रमाका सिलसिलामा पाँच बर्षे सम्झौता पत्र आदन प्रदान गदै नगर प्रमुख रमेश महर्जनले भन्नु भयो–सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको छ, यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्छ । बैंकका प्रमुख कार्यकारी…

Read More

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको छ । प्राधिकरणको उच्च व्यवस्थापनले सोमबार प्रदेश नं २ को प्रादेशिक कार्यालय जनकपुर अन्तर्गतका २३ वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको हो । प्राधिकरणका सञ्चालकहरु विश्वप्रकाश गौतम, राजेन्द्रबहादुर क्षेत्री (सफल),भक्तबहादुर पुन, कपिल आचार्यको उपस्थितीमा सोमबार कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग प्रादेशिक कार्यालय प्रमुख मनोजकुमार सिंहले कार्यसम्पादन सम्झौता गरेका हुन । वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखहरुले सम्झौता गरे ।२०७४बाट सुरु भएको कार्यसम्पादन सम्झौता चालु आर्थिक वर्ष (आव) २०७७/७८…

Read More

काठमाडौँ: निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आर्थिक व्यवस्थापनलगायत विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ । सरकारले वैशाख १७ र २७ गते दुई चरणमा हुने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति करिब डेढ महिनाअघि नै घोषणा गरिसकेको छ। सो अवसरमा अर्थमन्त्री पौडेलले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगबाट भइरहेको तयारी सकारात्मक रहेको बताए । उनले भने, “स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनका लागि आवश्यक बजेट सरकारले उपलब्ध गराउने, बजेटको कुनै अभाव नहुने तथा सरकारको नीतिअनुसार वैदेशिक सहायताका सन्दर्भमा समेत अर्थ मन्त्रालयबाट पूर्ण सहयोग हुनेछ ।” साथै…

Read More

काठमाडौँ: दुई दिनको करेक्शन पश्चात सुधारको लयमा देखिएको शेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार २.७२ प्रतिशतले बढेको नेप्से सूचक २५ सय विन्दु नजिक पुगेको छ । मंगलबार नेप्से सूचक ६५.४९ अंकले बढेर २४७३.७३ अंकमा उक्लिएको छ। ८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा २ सय कम्पनीको १ करोड ५३ लाख २५ हजारभन्दा बढी कित्ता शेयर किनबेच भए। होटल बाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएका छन् । यसदिन इन्स्योरेन्स तथा लघुवित्त समुहमा विशेष आर्कषण देखिएको छ । तीन कम्पनीको शेयर मूल्य दश प्रतिशतले बढ्दा दुई दर्जन बढी कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ…

Read More

काठमाडौं : कलाकार सुष्मा कार्कीले आफूमाथि हातपात भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । आज मंगलबार दिउँसो उनले काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा आफू पबमा कुटिएको भन्दै उजुरी दिएकी हुन् । सुष्माले कलाकार स्वेता खड्काकी बहिनी आरती खड्का र रंगपत्रकार उत्सव रसाइलीले आफूविरुद्ध गालीगलौज र कुटपिट गरेको भन्दै उजुरी दिएकी हुन् । सोमबार साँझ श्वेता, उनका श्रीमान् विजयन्द्र सिंह रावत, स्वेताकी बहिनी आरती र रंगपत्रकार उत्सव रसाइली लण्डन पब पुगेका थिए । सोही पबमा सुष्मा पनि आफ्ना साथीहरूसँग पुगेकी थिइन् । पबमा यी दुईबीच कुराकानीका क्रममा झगडा भएको थियो । उजुरीमा सुष्माले आफूमाथि कुटपिट भएको उल्लेख…

Read More

काठमाडौँ : भोली बुधबारका लागि डाकिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रतिनिधिसभा विघटन भएसँगै संवैधानिक निकायहरूमा नियुक्तिका लागि सिफारिस गरिएका पदाधिकारीले सुनुवाइ बिनै कार्यभार सम्हाल्न लागेका बेला परिषदको बैठक डाकिएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार डाकेको बैठकमा नियुक्ति सिफारिस गरिएका व्यक्तिलाई राष्ट्रपतिबाट सिधै नियुक्ति गर्नअघि कानुनी प्रकिया लगायतका विषयमा छलफल गर्न लागेका थिए । तर बुधबारको बैठक स्थगित भएको सूचना सदस्यहरूलाई पठाइएको छ । बैठक किन स्थगित गरियो भन्नेबारे केही खुलाइएको छैन । गत मंसिर ३० प्रधानमन्त्री ओलीले कायम रहेका सदस्य संख्याको बहुमतले निर्णय गर्न सक्ने परिषद सम्बन्धि अध्यादेश ल्याउँदै विभिन्न संवैधानिक निकायमा नियुक्ति…

Read More

काठमाडौं : प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजनीतिक दलसम्बन्धी नयाँ दफाअनुसार आफूहरु नै नेकपाको आधिकारिक पार्टी भएको निर्वाचन आयोगमा दाबी गरेको छ। अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालसहितको टोली टिर्वाचन मंगलबार आयोग पुगेर नेकपाको नाम, झण्डा र चुनाव चिन्हमाथि आधिकारिकताको दावी गरेका हुन्। सो समूहले दल विभाजन भएको र सोको निरुपणका लागि राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार आधिकारिकता दावी गरेको बताएका छन्। सो समूहले सोमबार आकस्मिक रुपमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा उपस्थित रहेका २ सय ७५ जना नेताहरुको उपस्थितिको विवरण पनि निर्वाचन आयोगमा बुझाएको छ। अध्यक्ष…

Read More

काठमाडौं : दुई दिनको करेक्शन पश्चात सुधारको लयमा देखिएको शेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार २.७२ प्रतिशतले बढेको नेप्से सूचक २५ सय विन्दु नजिक पुगेको छ । मंगलबार नेप्से सूचक ६५.४९ अंकले बढेर २४७३.७३ अंकमा उक्लिएको छ। ८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा २ सय कम्पनीको १ करोड ५३ लाख २५ हजारभन्दा बढी कित्ता शेयर किनबेच भए। होटल बाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएका छन् । यसदिन इन्स्योरेन्स तथा लघुवित्त समुहमा विशेष आर्कषण देखिएको छ । तीन कम्पनीको शेयर मूल्य दश प्रतिशतले बढ्दा दुई दर्जन बढी कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको…

Read More

काठमाडौँ: राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका प्रतिस्पर्धा गर्दैछन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजे सुरू हुनेछ । वालिङ र चन्द्रपुर दुबै टोली दोस्रो जितको खोजीमा छन् । विदेशी खेलाडीको साथ पाएको वालिङ जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ । उसको पाँच खेलमा पाँच अंक छ । ५ खेलमा ३ अंक जोडेर छैटौँ स्थानमा रहेको चन्द्रपुर पनि आजको खेल जित्दै अंक तालिका सुधारको लक्ष्यमा हुनेछ ।

Read More