Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: दसैँपछि कारोबार भएको पहिलो दिन आइतबार दोहोरो अंकले वृद्धि भएको शेयर बजार दोस्रो दिन सोमबार फेरि ओरालो लागेको छ । सोमबार बजार मापक नेप्से परिसूचक ६९ दशमलव ५१ अंकले घटेर २ हजार ५ सय ८७ दशमलव ४५ अंकमा झरेको छ । सेन्सेटिभ परिसूचक पनि १२ दशमलव ४३ अंकले घटेको छ । सोमबार कारोबार रकममा पनि गिरावट आएको छ । ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपैयाँको मात्र भएको छ । बैंकहरुले ब्याजदर बढाएपछि शेयर बजारमा त्यसको नकरात्मक असर परेको बुझिएको छ । तरलता…

Read More

काठमाडौँ: नेपाली फुटबलको राष्ट्रिय टोलि साफ च्याम्पियनशिपको उपविजेता भएर आज स्वदेश फर्किएको छ । उनीहरुको त्रिवि अन्तर्राष्ट्रिय विमान स्थलमा भब्य स्वागत गरिएको छ।

Read More

काठमाडौँ: नेकपा एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ। कात्तिक ६ गते देशभरका ६ हजार ७ सय ४५ वडामा एकै दिन वडा अधिवेशन गर्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ। वडा अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल गर्ने कार्यक्रम छ। बढीमा ५ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनको उद्घाटन तथा शुभकामना सन्देश दिनेगरी तयारी गरिएको छ। एमालेको १० औँ महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुँदैछ। कात्तिक ६ मा वडा अधिवेशनपछि ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुने एमालेले जनाएको छ। एमालेको विधान अनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी…

Read More

काठमाडौँ: हिन्दी फिल्म छायाङ्कनका लागि अमिताभ बच्चन नेपाल आउने भएका छन्। बलिउड फिल्म ‘उचाइ’ को सुटिङका लागि अमिताभ नेपाल आउन लागेका हुन्। उक्त फिल्म सुटिङका लागि अनुपम खेर, बोमन इरानी र परिणीति चोपडा अघिल्लै हप्ता नेपाल आएका छन्। नेपाल आएर उनीहरु हेलिकप्टरमा नाम्चे पुगेका छन्। अनुपम खेरले नेपाल आएको भोलिपल्टै काठमाडौंमा पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए। अहिले नाम्चे पुगेर उनले नेपाल अति नै सुन्दर रहेको बताएका छन्। उनले आफूले अहिले देखिरहेको नेपाली भूभाग अभूतपूर्व रहेको समेत उल्लेख गरेका छन्। उचाइको सुटिङ लुक्ला,लाङटाङ, मनाङ,मुस्ताङलगायत अधिकांश उच्च हिमाली भूभागमा हुने बताइएको छ। फिल्मका निर्देशक सुरज बडजात्या हुन् भने फिल्म सुटिङका लागि अमिताभ…

Read More

काठमाडौँ: ग्लोबल आईएमई बैंक लिमिटेडले ३ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। यी ३ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २६० पुगेको छ। बैंकले इलाम जिल्लाको देउमाई नगरपालिका वडा नं. ७, पञ्चमी बजार, पाल्पा जिल्लाको रैनादेवी छहरा गाँउपालिका वडा नं. २, सरदेवा र मोरङ जिल्लाको कटहरी गाँउपालिका वडा नं. ४, नयाँबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। पञ्चमी बजारमा खोलिएको सेवाको लागि उमाकान्त खनाल, सरदेवामा खोलिएको सेवाको लागि बिमला टण्डन र नयाँबजारमा खोलिएको सेवाको लागि दिपेन्द्र कुमार सर्दारलाई प्रतिनिधि…

Read More

बंगालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण केही दिन नेपालको मौसम प्रभावित हुने देखिएको मौसमविद्ले बताएका छन्। यसका कारण देशभर वर्षा, हिमपात र हावाहुरीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। ‘आज दिउँसो र राति पनि वेदर (मौसम) डिस्टर्ब (गडबड) नै हुन्छ’, मौसमविद् बासीले सोमबार भनिन्, ‘विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, प्रदेश १ र २ का धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ, साथै यी प्रदेशका…

Read More

काठमाडौँ: दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको छ । यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना यही २६ गते मुगुमा भएको छ । नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छायाँनाथ रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटना हुँदा ३२ को मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए । यो दुर्घटनामा मृत्यु हुनेमध्ये छायाँनाथ रारा नगरपालिकाकामात्रै २९ जना थिए । जुन दुर्घटनाले सो नगरपालिका पूरै शोक डुब्यो । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार सुर्खेतमा भएका नौवटा दुर्घटनामा तीनको मृत्यु तथा…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)  अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । दम रोग पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पु-याइएको हो । केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन् । आइतबार उनको छातीको परीक्षण गरिएको छ ।

Read More

काठमाडौँ: वर्षाको समय बाढी वा पहिरोका कारण अवरुद्ध भएका १३१ सडक अझै पूर्णरूपले सञ्चालनमा आइसकेका छैनन् । सडक नै ठप्प हुँदा तत्काल एकातर्फको अवरोध हटाएर चालु गरिएकामा आगामी दिनमा दुवै तर्फबाट चालु हुने गरी निर्माण गरिने सडक विभागले जनाएको छ । सडक अवरुद्ध हुँदा त्यहाँको जनजीवन नै प्रभावित हुने भएकाले एकतर्फी खुलाउनु पहिलो प्राथमिकता हुने विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए । उनका अनुसार हतारमा एकातर्फ खुलाइएको सडकमा दुवैतर्फ खुलाउने र आवश्यक स्थानमा मर्मत र कालोपत्रेको काम अब गरिनेछ । अहिले एकातर्फबाट मात्रै सञ्चालनमा रहेका सडकमा ‘स्पेसिफिक’ काम गर्नुपर्ने भएकाले त्यो काम ठेक्का लगाएर सम्बन्धित डिभिजन सडक कार्यालयले गर्ने विभागले…

Read More