Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: पोखरामा रहेको पूर्वयुवराज पारस शाहको फ्ल्याटमा चोरी भएको छ । चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौंको मित्रनगरबाट शिव गौतम पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए । उनका अनुसार शाहको निवासमा कामदारका रुपमा कार्यरत गौतम उनको फ्ल्याटमा चोरी गरेर भागेका थिए । उनको निवासबाट क्यामरा, दुई वटा आईप्याण्ड, दुरबिन लगायत चोरी भएको बताइएको छ । चोरीका सामान पनि बरामद भएको प्रहरीले जनाएको छ । उनी मित्रनगरको न्यू राप्ती गेस्टहाउसमा बसिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले बताएको छ । ‘चोरी सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ’ सिंहले भने । काठमाडौं प्रहरीले उपत्यकामा चोरीमा संलग्न २०७ जनालाई पक्राउ गरी…

Read More

काठमाडौँ: नेपाल टेलिकमले दशैंको अवसरमा रिचार्ज गर्दा बोनस र भ्वाइस तथा डाटा प्याकमा विशेष अफर ल्याएको छ। नेपाल टेलिकमले विभिन्न डाटा र भ्वाइस प्याकका साथै रिचार्ज गर्दा बोनस सहितको पर्व अफर उपलब्ध गराउने भएको हो। उक्त अफर दशैंका अवसरमा भोलि (असोज १९ गते) देखि कात्तिक २ गतेसम्म उपलब्ध हुनेछ। यसैगरी महत्वपूर्ण पर्वहरु तिहार,न्हुँदया र छठका अवसरमा यी अफरहरु कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुने कम्पनीले जनाएको छ। डाटा प्याक अन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ। त्यसैगरी १ दिनका लागि अनलिमिटेड डाटा…

Read More

काठमाडौँ: नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेबापत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्ना मानिसका लागि मन्त्री पद माग्नु लोकतन्त्रकै घृणित कार्य भनेका छन्। उनले सोमबार साँझ सामाजिक सञ्जालमा आफ्ना भनाइ राख्दै यस्तो बताएका हुन्। रावलले प्रधानन्यायाधीशले मन्त्री र राजदूत पदमा आफ्ना मानिसको नियुक्ति खोजेको कुरालाई खण्डन नगर्नुले यो कुराको पुष्टि हुन पनि बताएका छन्। ‘प्रधानन्यायाधीशले मन्त्रिपरिषद् र राजदूत पदमा ‘आफ्ना मानिस’ को नियुक्ति खोज्नुभएको र गठबन्धन पार्टीका नेताहरूले त्यो कुरा स्वीकारेको समाचार सत्य हो भने यो संविधान,जनता र लोकतन्त्रविरूद्धको घृणित कार्य हो’, उनले भनेका छन्, ‘सर्वोच्चको वक्तव्यले होइन नभनी असान्दर्भिक,अतिरन्जित र भ्रामक भनेको छ।’…

Read More

काठमाडौँ: शेयर बजारमा निरन्तर गिरावट आएपछि नेपाल इन्भेष्टर फोरमले पाँच बुँदे माग अघि सारेको छ। फोरमले सोमबार विज्ञप्ति जारी गर्दै पाँच बुँदे माग राखेको हो। लानीकर्तामैत्री नीति नियम नभएकै कारण शेयर बजारमा निरन्तर गिरावट आएको भन्दै शेयर बजारमा विश्वसनीयता बढाउनको लागि उक्त मागहरु अघि सारेको फोरमले जनाएको छ। फोरमले केन्द्रीय बैंकले ल्याएको शेयर धितो कर्जाको सीमा खारेज गर्नुपर्ने,नयाँ ब्रोकर थप्नुपर्ने, बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकर कमिशन घटाउनुपर्ने, धितोपत्र बोर्ड र नेप्सेका प्रमुख यथाशीघ्र नियुक्त गर्नुपर्ने लगायतका मागहरु अघि सारेका छन्।

Read More

काठमाडौँ: नेपाल बार एसोसिएसनले राज्यका निकायहरू बीचको शक्ति सन्तुलन र नियन्त्रण, शक्ति पृथकीकरणको सिद्धान्त, संवैधानिक सर्वोच्चता, स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाको अवधारण प्रतिकूल हुने क्रियाकलापको सधैँ विरोध र भर्त्सना गर्ने जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मन्त्रिपरिषद विस्तारमा आफ्नो मान्छेलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको भनेर आएको समाचारका सन्दर्भमा सोमबार अपराह्न विज्ञप्ति जारी उक्त चेतावनी दिएको हो । प्रधानन्यायाधीशका बारेका आएको समाचार साँचो हो भने न्यायपालिकाको स्वतन्त्रता, सक्षमता र निष्पक्षतामा गम्भीर संकट उत्पन्न भएको नेपाल बारको ठहर छ । यस्तो अवस्थामा न्यायपालिकाको नेतृत्व र सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने नेपाल बारको चेतावनी छ ।

Read More

काठमाडौँ: बितेको २४ घण्टामा देशभर १०३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै बितेको २४ घण्टामा थप १० जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १७४ पुगेको छ । यस्तै हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा कुल ७ लाख ९८ हजार ४ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९२ हजार २५२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ७० हजार २२४ जना निको भएका छन् । हाल देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको…

Read More

काठमाडौँ: बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको रिटमाथि आगामी कात्तिक १५ गते निर्णय आउने भएको छ। सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा पहिलो नम्बरमै पेशी तोकेर गरिएको सुनुवाइपछि निर्णय मिति तोकिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई प्रधानमन्त्रीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि अधिवक्ता बालकृष्ण न्यौपानेले सरकारी जग्गा व्यक्तिको नाममा गर्ने तत्कालीन मन्त्रिपरिषद्का निर्णयका आधारमा दुवैमाथि कारबाही मागसहित रिट दायर गरेका थिए। अख्तियारले तत्कालीन मन्त्रीहरु विजय गच्छदार र चन्द्रदेव जोशी लगायतविरुद्ध मुद्दा चलाएको थियो। तर दुई प्रधानमन्त्रीलाई मन्त्रिपरिषद्को निर्णयकै आधारमा मुद्दा चलाउनु नपर्ने ठहर अख्तियारले…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो मान्छेलाई मन्त्री बनाउन कोटा मागेको भनेर आएको समाचारको खण्डन गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले सोमबार अपराह्न एक विज्ञप्ति जारी गरेर ‘प्रधानन्यायाधीलाई असान्दर्भिक रूपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रसारण हुनु अत्यन्तै दुःखद र खेदजन्य विषय हो’ भनेको छ । विज्ञप्तिमा सर्वोच्च अदालतको अमूक फैसला समेतका सन्दर्भ जोडी यस प्रकारका समाचार आउनु अदालतप्रतिको जनआस्था एवं नेतृत्वप्रति प्रतिकूल प्रभाव पार्ने दूषित मनसाय बाहेक अरू केही हुन सक्दैन भनिएको छ । विज्ञप्तिमा ‘कुत्सित मनसाय राखेर अदालतको नेतृत्वलाई लाञ्छित गरेको’ तथा ‘समाचार मिथ्यापूर्ण र भ्रामक रहेको’आरोप लगाइएको छ । यसै…

Read More

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकभर आजै मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । माओवादी केन्द्र केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सकभर आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा गठबन्धन रहेको बताएका हुन् । उनले मन्त्रिपरिषद विस्तार गर्न नसके पनि मन्त्रालयको भागबण्डा टुंग्याउने बताएका हुन् । ‘सकेसम्म आजै क्याविनेट विस्तार गरेर सपथ ग्रहण गराउने नभएपनि मिल्न बाँकी विषय टुंग्याउने भन्नेछ’, प्रचण्डको भनाइ छ ।

Read More

काठमाडौँ: नेकपा एमालेले आज काठमाडौँमा जनप्रतिनिधिको राष्ट्रिय भेला आयोजना गरेको छ । राष्ट्रियसभा गृहमा आज दिनभर चल्ने भेलाले पार्टी विभाजनपछिको समीक्षाका साथै आगामी चुनावी रणनीति तय हुने एमाले स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिए । भेलामा देशभर एमालेले जितेका ६२७ पालिकाका प्रमुख,उपप्रमुख तथा ७३ जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख सहभागी हुनेछन् । पार्टी विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र अब लिनु पर्ने रणनीतिका बारेमा सहभागीहरुले रिर्पोटिङ गरेपछि अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे सम्बोधन गर्ने दाहालले जानकारी दिए ।

Read More